ट्रेंडिंग:

>> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म

युसीएमएस भैरहवाको दिक्षान्त समारोह : ११४ जना विद्यार्थी दिक्षित

१८ श्रावण २०८२, आइतबार
१८ श्रावण २०८२, आइतबार

भैरहवा, १८ साउन ।

युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज (युसीएमएस) शिक्षण अस्पताल, भैरहवाकोे ‘दिक्षान्त समारोह २०२५’ सम्पन्न भएको छ । कार्यक्रम युसीएमएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस. को प्रमुख आतिथ्यतामा समन्न भएको थियो ।

समारोहमा प्रमुख अतिथि पि.एस.ले आजका चिकित्सकहरु भोलिका लागि राष्ट्रका गहना भएको, मानव जीवनमा चिकित्सकलाई ईश्वरको अर्को रुपमा व्याख्या गरिने भएकोले व्यवसायिक मात्र नभएर व्यवहारिक, मानवीय र सामाजिक हुन पनि आग्रह गरे ।

युसीएमएस शिक्षण अस्पतालमा अध्ययनरत २१ औं ब्याज एम.बी.बी.एस. र १८ औं ब्याज बी.डी.एस. का गरी ११४ जना विद्यार्थीहरु सो समारोहमा दिक्षित भएका थिए ।

समारोहमा युसीएमएसका प्राचार्य प्रा.डा.लक्ष्मी पाठकले विद्यार्थीहरुलाई सपथ गराएकी थिइन् । विद्यार्थीहरुले आफ्नो जीवन चिकित्सकीय पेशामा पूर्ण रुपमा निष्ठापूर्वक जिम्मेवार भएर समर्पित रहने भन्दै सपथ खाएका थिए ।

कार्यक्रममा युसीएमएसका सह–प्राचार्य प्रा.डा.हेमन्त हलुवाई, मेडिकल सुपरीन्टेण्डेण्ट प्रा.डा.साधन मुखी, इन्टर्नसीप कोअर्डिनेटर सह–प्रा.डा.रमेशराज विष्ट, प्रा.सन्जित कर, प्रा.डा.दीपक यादव, डा.जिज्ञाशा सुवेदी, प्रमुख वित्त अधिकृत सुरज पौडेल, सहायक प्रशासक प्रेमा गुरुङ्ग, प्रशासन संयोजक तेज कुमार के.सी. लगायत अभिभावकहरुको उपस्थिति थियो ।

समारोहमा दिक्षित विधार्थीहरुलाई प्राचार्य प्रा.डा.लक्ष्मी पाठक, सह–प्राचार्य प्रा.डा.हेमन्त हलुवाई, मेडिकल सुपरिन्टेण्डेण्ट प्रा.डा.साधन मुखीले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा दिक्षा थडराई, अनिमेष चौधरी, खुशी तिवारी र फिजा रानाले पनि आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रममार्फत उपस्थितिलाई भरपुर मनोरञ्जन गराएका थिए ।

वि.सं.२०५४ मा स्थापित युसीएमएस शिक्षण अस्पतालले आर्थिक वर्ष २०८०÷०८१ को तथ्यांक अनुरुप हालसम्म एम.बी.बी.एस.मा २ हजार १ सय ६३ जना र बी.डी.एस.मा ७ सय १३ जना गरी २ हजार ८ सय ७६ जना चिकित्सकहरु दिक्षित गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?