ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

साउने मेलामा रेसुङ्गा बन्यो भक्तजनको मुख्य गन्तव्य

१८ श्रावण २०८२, आइतबार
१८ श्रावण २०८२, आइतबार

गुल्मी, १८ साउन ।

गुल्मीको प्रसिद्ध धार्मिक स्थल रेसुङ्गामा सुरु भएको साउने मेलामा यति बेला श्रद्धालुहरूको घुइँचो बढ्दै गएको छ । साउन महिनाभर लाग्ने बिशेष मेलामा रेसुङ्गा स्थित महापोखरी र यज्ञ शालामा स्नान र पूजाआजाका लागि टाढा टाढाबाट भक्तजनहरू यहाँ आउने प्रचलन छ ।

विगतका वर्षहरूमा जस्तै यस पटक पनि साउने मेला सुरु भएसँगै रेसुङ्गा धार्मिक पर्यटनका लागि मुख्य गन्तव्य स्थल बनेको छ । धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिने तपो भूमि रेसुङ्गा पोखरीमा स्नान गरेमा सम्पूर्ण पापहरू नष्ट भएर पुण्य तथा समृद्धि प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ ।

रेसुङ्गा पोखरीमा चारधामबाट ल्याएको जल मिसाइएकाले उक्त पोखरीमा स्नान गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए ।

विविध धार्मिक कार्यक्रमहरू सहित सुरु भएको साउने मेलाको अवसरमा रेसुङ्गा संरक्षण समितिले शनिबार भक्ति सङ्गीत प्रतियोगिता आयोजना समेत गरेको थियो । प्रतियोगितामा रातामाट भजन समूह प्रथम, मदाने भजन समूह द्वितीय र छत्रकोट भजन समूह तृतीय बनेका थिए ।

प्रतियोगितामा प्रेम भजन समूह, राधा माधव समिति, सृजनशील महिला समूह, ठूलापोखरा भजन समूह, अर्खले भजन समूह, शिवशक्ति भजन समूह, चन्द्रकोट चक्रेश्वर भजन समूह, बडिगाड भजन समूह वाग्लुङ र रुरुक्षेत्र भजन समूहको सहभागिता रहेको थियो ।

भक्ति सङ्गीत प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहहरूले क्रमशः ३० हजार २५ हजार र २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा सहभागिता जनाएका समूहलाई सहभागिता स्वरूप पाँच/पाँच हजार रुपैयाँ प्रदान गरिएको थियो ।

साउने मेला अवधिभर रेसुङ्गामा प्रवचन, सामूहिक रुद्री, वेद पाठपरायण, भक्ति सङ्गीत एवं तिज गीत प्रतियोगिता, ग्रहजप, प्रलिगायतका विशेष कार्यक्रम समेत गरिदैं आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?