ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

वर्षाले भत्किएका सडकमा यात्रुको सास्ती 

१८ श्रावण २०८२, आइतबार
१८ श्रावण २०८२, आइतबार

यो वर्ष मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा पर्याप्त पानी नपरे पनि पहाडी क्षेत्रमा भने भारी वर्षा हुँदै आएको छ । पहाडी क्षेत्रमा पानी पर्दा समयमै मर्मत नगरिएका सडकमा दुर्घटनाको जोखिम बढेको छ । एकातिर मर्मत नगरिएका सडकले जोखिम बढाएका छन् भने मर्मत गरिएका सडक पनि गुणस्तरहीन हुँदा थप जोखिम बढेको छ ।

अर्कोतर्फ भारी वर्षा हुँदा सडक माथिबाट आउने पहिरोले समेत सडक क्षतविक्षत भइरहेको छ । पहाड र हिमाली भेगमा पहिरोले सडक कामै नलाग्नेगरि भत्काएको छ । केही स्थानमा वर्षाको भेलले समेत सडक ध्वस्त बनाएको छ । जसका कारण पहाडी क्षेत्रको यातायात कतिखेर बन्द हुन्छ भन्ने कुनै निश्चित हुँदैन । खासगरि पहाडी भेगमा अहिले यातायात सञ्चालन भए पनि यात्रुहरू जोखिम लिएर यात्रा गर्न बाध्य छन् ।

सुगम पहाडी क्षेत्रमा त जोखिम छ भने दुर्गम क्षेत्रका पहाडी सडकको अवस्था त दर्दनाक छ । पहिरोको कारण सडक मर्मत गरेर सञ्चालन गर्ने अवस्था पनि छैन । नेपालीको चाडपर्व सुरु भैसकेका छन् । नेपाली महिलाहरूको सबैभन्दा ठुलो पर्व हाम्रो सम्मुख छ । तर, तीजमा चेलीबेटी माइत जाने अवस्था छैन । यातायात चले पनि जोखिम लिएर यात्रा गर्न बाध्य भइरहेका छन् ।

पहाडी भेगका सडक तत्काल मर्मत गरेर यातायात सञ्चालन गर्ने वातावरण मिलाउनेतर्फ सम्बन्धित निकायको ध्यान जानै पर्दछ । भारी वर्षाका कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा यातायात सेवा अवरुद्ध समाचार दिनहुँ जसो सार्वजनिक भइरहेको छ । भत्किएका सडक तत्काल बनाउनेतर्फ पहल हुनु जरुरी छ ।

अर्को विडम्बना के छ भने मर्मत गरिएका सडक समेत ठुलो भेल र वर्षाले थप क्षति गरेको अवस्था छ । अहिले सडक मात्र होइन वर्षाको पानीले धेरै क्षेत्र प्रभावित भएको अवस्था छ । बाढी र पहिरोका कारण विस्थापित हुनेहरूको अवस्था पनि गम्भीर छ ।

सरकारले विस्थापित परिवारलाई राहतको कुनै प्याकेज घोषणा गरेको अवस्था छैन । पहाडी क्षेत्रमा सडक भत्किएकै कारण दुर्गम क्षेत्रमा खाद्यान्न लगायतका सामान पु¥याउन नसकेको अवस्था छ । विपद्कै कारण विशेष गरी लुम्बिनी, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका विभिन्न जिल्ला प्रभावित भई खाद्यान्न अभाव हुन थालेको छ ।

ती जिल्लाहरूमा खाद्यान्न अभाव भई मूल्य वृद्धि हुन थालेपछि चाडपर्व मनाउन समेत समस्या हुने अवस्था देखिएको छ । यसै गरी खाद्यान्न लगायत अन्य दैनिक आवश्यक पर्ने वस्तुको अभाव भएपछि जनजीवन प्रभावित बन्दै गएको छ । बाढी र पहिरोमा परि दर्जनौँ घर परिवार विस्थापित भएका छन् ।

सङ्घीय र प्रदेश सरकार मात्रै होइन पालिकाहरूले समेत सम्पर्क विच्छेद हुने गरी बाढी र पहिरोले पु¥याएको क्षतिको अहिलेसम्म कुनै खोज तथा अध्ययन गरेको अवस्था छैन । बिरामीलाई सवारी साधनबाट होइन, डोकोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ ।

बाटो बन्द हुँदा ठूला ठूला सवारी साधन भित्रिन नपाएपछि खाद्यान्नमात्रै होइन, इन्धनको पनि अभाव भएको छ । एकातिर गाउँ गाउँबाट शहरमा भित्रिने तरकारी सवारी साधन नचल्दा शहरसम्म ढुवानी गर्न समस्या उत्पन्न भएको छ ।

बाटोघाटो बिग्रिएर सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दा आक्रोशित हुनु स्वभाविकै हो । अब राज्यका तीनै तहले बाढी पहिरोले विग्रेको तत्काल मर्मत गरि सञ्चालको वातावरण वनाउनेतर्फ पहल गरोस् । यस विषयमा सङ्घीय र प्रदेश सरकार मात्रै होइन, पालिकाहरूको समेत ध्यान जाओस् ।

नेपाली महिलाहरूको सबैभन्दा ठुलो पर्व तीज नजिक आउँदै गर्दा चेलीबेटीको सहज र सुरक्षित यात्रा गर्न पाउने अधिकार सुनिश्चित गर्ने सवाल नजरअन्दाज नगरियोस् ।

पालिकाहरूले समेत आ–आफ्नो क्षेत्रमा भत्किएका सडक मर्मत गरेर यातायात संचालनको व्यवस्था गर्न पहल गर्नु जरुरी छ । वर्षा अझै आउनै बाँकी रहेकोले अवको दिनमा विपदको समस्या समाधान गर्नेतर्फ पहल गरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?