© २०२३
बुटवल, १८ साउन ।
पणेना अर्घाखाँची–रुपन्देही सम्पर्क समाजको प्रथम साधारण सभा तथा अधिवेशनबाट कृष्ण प्रसाद पोख्रेलको अध्यक्षतामा १७ सदस्यीय नया कार्यसमिति सर्वसम्मत चयन भएका छन । जसको उपाध्यक्ष (खुल्ला) जीवनाथ गौतम, उपाध्यक्ष (महिला) पार्वता भण्डारी पोखरेल, सचिव मदन पोखरेल सुमन, कोषाध्यक्ष अर्जुन पोखरेल, सह–सचिव विकास भट्टराई, सह – कोषाध्यक्षः माधवराज पोखरेल तथा सदस्यहरु लक्ष्मण पोखरेल, नन्दराम पोखरेल, भिमकान्त पोखरेल, शिवराज पोखरेल, सुमित्रा भट्टराई, फर्सुराम पोखरेल, तारा प्रसाद गौतम, सुमित्रा बिक सर्वसम्मत चयन भएका छन ।
यसैगरि लेखा समिति संयोजक योगराज पोखरेल, सदस्य सागर पोखरेल, योगेन्द्र पोखरेल निर्वाचित भएको निवार्चन समितिका संयोजक पुष्कर भट्टराईले बताए ।
एक समारोहका बिच कार्यक्रमको शनिबार बुटवल उपमहानगरपालिका पूर्व मेयर पुनराम पोखरेलले उद्घाटन गर्दै समाजहरु संस्कृति संरक्षणमा अग्रसर रहेको बताए । विभिन्न कारणबाट बसाई सराई गरि रुपन्देही झरेपनि आफनो संस्कार, संस्कृतिलाई अप्नाउदै नया पुस्तामा सिकाउने काममा समाजहरुको योगदान रहेको उनको दाबी छ ।
कार्यक्रममा समाजसेवी विष्णु पोखरेल, कमलप्रसाद पोखरेल, गोपाल पोख्रेल, धनराज पोख्रेल, दिनेश कुमार भारद्वाजले नया कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए ।
तदर्थ समिति गठन गरि समाजमा गोलबद्ध हुदै पछिल्लोसमय दर्ता प्रक्रियामार्फत संस्थागत गर्ने काम सम्पन्न भएको समाजका कोषाध्यक्ष अर्जुन पोखरेलले बताए । आगामी दिनमा सामाजिक हितका काममा समाज अग्रसर रहने उनले बताए ।