ट्रेंडिंग:

>> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस

बजारको अभावले खेतमै सड्दै कागती

१८ श्रावण २०८२, आइतबार
१८ श्रावण २०८२, आइतबार

समाचार सारांश


  • देउखुरी क्षेत्र (लमही, गढवा, राजपुर, राप्ती, शितलपुर) का किसानहरूले पछिल्ला  ५ वर्षदेखि बाँझो जमिनमा कागती खेती गर्न थालेका छन्।

  • लुम्बिनी प्रदेश सरकारले हर्दवा क्षेत्रलाई ‘कागती जोन’ बनाउने घोषणा गरेको थियो।

  • विगत ५ वर्षदेखि केही सहयोग भए पनि बजारीकरण र संरचना निर्माणमा प्रभावकारी काम हुन नसकेको किसानहरूको गुनासो।

  • २ रोपनीमा उत्पादन भएको कागती ५० रुपैयाँ प्रतिकिलोको सट्टा १०–१५ मा पनि बिकेन।


लमही, १८ साउन ।

देउखुरीका किसानहरूले व्यावसायिक रूपमा सुरु गरेको कागतीको उत्पादनले बजार पाउन सकेको छैन । बजार अभावका कारण किसानहरू निराश बनेका छन् ।

उत्पादन भएको कागती बिक्री गर्न नपाउँदा खेतमै कुहिन थालेको लमही नगरपालिका–९ हर्दवाका कृषक अगुवा अमर कुवरले बताए । हर्दवालाई लुम्बिनी प्रदेश सरकारले कागती जोन बनाउने घोषण सहित विगत ५ वर्षदेखि कागती खेतीका लागि सहयोग गर्दै आएको छ ।

किसानले कागती उत्पादन गरे पनि बजार नपाउँदा घरमै कुहिने अवस्थामा रहेको छ । लमहीको हर्दवा लगायत देउखुरी विभिन्न स्थानमा कागती उत्पादन हुन थालेको छ ।

लमही, गढवा, राजपुर, राप्ती र शितलपुर क्षेत्रका किसानहरूले विगत ३–५ वर्षदेखि बाँझो र सिँचाइ नभएको बाँझो जमिन तथा बगैँचामा कागती खेतीलाई प्राथमिकता दिँदै आएका छन् ।

मौसम अनुकूल, लगानी कम र उत्पादन राम्रो हुने देखेर कागतीतर्फ आकर्षण बढेको हो । तर अहिले बिचौलियाको निर्भरता, बजारको सुनिश्चितता नभएको र प्रशोधन संयन्त्रको अभावले गर्दा किसानले फाइदा लिन सकेका छैनन् ।

गढवा गाउँपालिका–५ का किसान रामबहादुर चौधरी भन्छन्, “हामीले २ रोपनी खेतमा कागती लगाएका थियौँ । उत्पादन त भयो, तर बजार नपाएर गह्रौँ भयो । बजारमा ५० रुपैयाँ किलो पर्ने कागती १०–१५ रुपैयाँमा पनि बिक्री भएन । त्यसैले धेरै फल कुहिएर फाल्नुप¥यो ।”

किसानहरूले माग गरेअनुसार कृषि सेवा केन्द्र तथा पालिकाबाट कुनै पनि सहयोग प्राप्त नभएको उनले गुनासो गरेका छन् । कृषि ज्ञान केन्द्र दाङका अनुसार दाङमा कागती खेती ३ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको छ ।

तर नियमित बजारीकरण, भण्डारण र प्रशोधन केन्द्रको अभाव हुँदा उत्पादनको मूल्य दिन नसकिएको अधिकारीहरूको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था सहकारी मन्त्रालयका सचिव एमनारायण देबकोटाले प्रदेश सरकारले उत्पादनलाई प्रोत्साहन गर्दै आए पनि त्यसको बजारीकरण स्थानीय पालिकाले गर्नु पर्ने बताए ।

कृषि अर्थतन्त्र प्रवर्द्धन गर्न सरकारले मूल्य बजारीकरण गर्नुपर्ने किसानहरूको माग छ । त्यसका लागि सहकारी, निजी क्षेत्र, प्रदेश तथा सङ्घ सरकारको समन्वय आवश्यक रहेको कृषि विज्ञहरू बताउँछन् ।

स्थानीय तहले बजारीकरणको पहल नगरे, किसानको मेहनत र लगानी दुवै बर्बाद हुने खतरा बढ्दै गएको किसानहरूको गुनासो रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?