ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

मल अभावले बाँकेमा किसान आक्रोशित, साझा सहकारीको गेट तोड्दै नाराबाजी

१८ श्रावण २०८२, आइतबार
१८ श्रावण २०८२, आइतबार

समाचार सारांश


  • मल नपाउँदा किसानहरू आक्रोशित हुँदै कोहलपुर–११ स्थित साझा सहकारीको मुख्य गेट तोडे।

  • बिहान ५ बजेदेखि लाइनमा बसेका किसानहरूलाई १० बजेसम्म पनि मल नपाउँदा धकेलाधकेल र नाराबाजी भयो।

  • कोहलपुरमा पाँचवटा वितरण केन्द्र भए पनि सहुलियत दरमा मल दिने संस्था साझा सहकारी मात्र हो, जसले भीड बढाएको छ।

  • कतिपय किसान ३–४ दिनदेखि पालोमा बसे पनि मल नपाएको गुनासो गरेका छन्।


 

नेपालगन्ज, १८ साउन ।

बाँके जिल्लामा मल अभाव चरम स्तरमा पुगेपछि किसानहरू आक्रोशित भएका छन् ।

कोहलपुर नगरपालिका–११ स्थित सहकारी संस्था लिमिटेड (साझा) मा मल लिन बिहान ५ बजेदेखि लाइनमा बसेका किसानहरू १० बजेसम्म पनि मल नपाएपछि आक्रोशित हुँदै मुख्य गेट तोडेका छन् । सयौँ किसानहरू मलको आसमा सहकारी कार्यालय अगाडि लामबद्ध थिए ।

तर, सीमित किसानलाई मात्र प्रवेश दिइएपछि भीड उग्र बन्न पुगेको थियो । नाराबाजीका बिच केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो । प्रहरीले भीड नियन्त्रणका लागि उपस्थित जनाए पनि किसानहरू आफैँ सहकारीको सटर खोल्न खोज्दा धकेलाधकेल समेत भएको थियो ।

कतिपय किसानहरूले आफू चार दिनदेखि पालो पर्खिरहेको भए पनि मल पाउन नसकेको गुनासो गरे । वर्षाको समयमै मल नपाउँदा जेनतेन रोपेको धान बाली मलबिना उत्पादन नहुने किसानहरूको चिन्ता छ ।

सहकारीका व्यवस्थापक जुल्फीकार अलीका अनुसार, आइतबार १ हजारभन्दा बढी किसान मलका लागि लाइनमा उभिएकोमा सहकारीसँग जम्मा २ सय बोरा मात्र मल रहेको थियो । ‘मलको माग अत्यधिक छ, तर आपूर्ति निकै सीमित,’ उनले भने, ‘कोहलपुरका सबै वडा र छिमेकी क्षेत्रका किसान पनि सहुलियत मूल्यको आसमा यहीँ आउँछन् ।’

कोहलपुर नगरपालिका भित्र मल वितरण गर्ने पाँच वटा संस्था भए पनि सहुलियत दरमा साझा सहकारीले मात्र मल दिँदै आएको छ । आइतबारको तनावपूर्ण परिस्थितिका बिच करिब २ सय ५० जना किसानलाई मल वितरण गरिएको व्यवस्थापक अलीले जानकारी दिए ।

नगरपालिकाले तोकेको मूल्य अनुसार प्रतिबोरा ९ सय ८३  मा युरिया, २ हार ४ सय ३३ मा डिएपी र एक हजार ८ सय ३३ रुपैयाँमा पोटास वितरण गर्दै अएको उनको भनाई छ । कोहलपुर नगरपालिकाको कृषि शाखाबाट उपलब्ध हुने युरिया मलको कोटा घटाइएको कारणले पनि सहकारीले पर्याप्त मल वितरण गर्न नसकेको बताइएको छ ।

सहकारीका पदाधिकारीहरूका अनुसार, बजारमा कतिपय स्थानमा महँगो मूल्यमा मनपरी ढङ्गले मल बिक्री भइरहेको छ, जसका कारण किसानहरू बाध्यतावश उच्च मूल्य तिर्न तयार छन् ।

पर्याप्त वर्षा नहुँदा मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरू मल नपाउँदा दोहोरो सङ्कटमा परेका छन् । केही किसानहरूले भने, ‘खेती त ग¥यौं, अब मल नपाए भने उत्पादनै घट्छ ।’

कृषि सामग्री कम्पनी लिमिटेड, बाँकेका शाखा प्रबन्धक पुष्पराज श्रेष्ठका अनुसार, आर्थिक वर्ष २०८१/०८२ मा वितरणका लागि ८ हजार ८ सय मेट्रिक टन मल आवश्यक भए पनि प्राप्त मात्रा निकै कम छ ।

शाखा प्रबन्धक श्रेष्ठले आर्थिक वर्ष २०८१ , ०८२ मा ६ हजार मेट्रिक टन  युरिया, दुई हजार पाँच सय मेट्रिक टन डिएपी, तीन सय मेट्रिक टन पोटास गरी जम्मा आठ हजार आठ सय मेट्रिक टन मल वितरण गर्ने लक्ष्य रहेकोमा सो अनुसारको मल प्राप्त नभएको बताए । जिल्लामा माग अनुसार रासायनिक मल नआएपछि किसानलाई समस्या भएको उनको भनाई छ ।

आर्थिक वर्ष २०८१, ०८२ मा युरिया ४ हजार ८ सय ४५ मेट्रिक टन र २ हजार ९ सय ८ टन डिएपी मल आएको थियो भने सोही अवधिमा २ सय ७१ मेट्रिक टन पोटास मात्र प्राप्त भएको थियो । मल अभाव हुनुको मुख्य कारण माग अनुसारको मल नपाउनु नै रहेको कृषि सामाग्री कम्पनी लिमिटेड बाँकेले जनाएको छ ।

कृषि उत्पादनको मेरुदण्ड मानिने मलमा यस्तो चरम अभाव हुँदा पनि दीर्घकालीन समाधानबारे स्थानीय निकाय र सम्बन्धित निकायहरू मौन छन् । किसानहरू मलका लागि सङ्घर्ष गरिरहेका छन्, तर नीति निर्माण तहमा ठोस योजना र कार्यान्वयनको खाँचो अझै देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?