Butwal Today

राजीनामा घोषणा पश्चात बागमतीका मुख्यमन्त्री लामा काठमाडौँ प्रस्थान

१८ श्रावण २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा घोषणा गरेपश्चात काठमाडौँ हानिएका छन् ।

राजीनामा घोषणा गरेपश्चात उनी प्रमुख स्वकीय सचिव छत्रबहादुर लामालाई राजीनामा पत्र बुझाउने जिम्मा छाडेर काठमाडौँ हिँडेका हुन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका उनले प्रमुख  स्वकीय सचिव लामालाई राजीनामा बुझाउने जिम्मा दिएको बताए । प्रमुख स्वकीय सचिव लामाले भोलि मात्रै प्रदेश प्रमुख दीपक देवकोटालाई राजीनामा बुझाउने लामाले बताए ।

‘मैले राजीनामा पत्रमा हस्ताक्षर गरिसकेको छु । सार्वजनिक रूपमा घोषणा पनि गरिसके । आज नै बुझाउने भनेको प्रदेश प्रमुख ज्यू उपचारमा रहनु भएकाले भोली मात्र बुझाउने काम हुन्छ,’ उनले भने, ‘उहाँ हेटौँडा भएको भए आजै बुझाउने थिए । उहाँ भोली आउने भएकाले स्वकीय सचिवलाई जिम्मा छाडेको छु । उहाँ आउनुभए भेटेर दिने अन्यथा कार्यालयमा दर्ता गरेर छाड्ने गरी निर्देशन गरेको छु ।’

प्रदेश प्रमुख देवकोटा स्वास्थ्य उपचारपछि आज मात्रै अस्पतालबाट डिस्चार्ज भएका छन् ।