ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

सनातनी मन्दिर बागेश्वरीको सगरामा फोहोरको चाङ, श्रद्धालु आक्रोशित

१७ श्रावण २०८२, शनिबार
१७ श्रावण २०८२, शनिबार

‎बाँके, १६ साउन ।

‎धार्मिक आस्था र सांस्कृतिक विरासतको केन्द्र मानिने बाँकेको बागेश्वरी मन्दिर अहिले दुर्गन्धित र फोहोरले भरिएको सगराका कारण आलोचित बनेको छ। मन्दिर परिसरभित्र रहेको ऐतिहासिक सगरामा फोहोरको चाङ लागेको, नालाको पानी मिसिएको र ढलको निकास सिधै त्यहीँ छाडिएको स्थानीयको गुनासो छ।

‎‎नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर २ मा अवस्थित बागेश्वरी मन्दिरलाई सनातनी हिन्दू धर्मावलम्बीहरू अत्यन्तै पवित्र स्थलका रूपमा लिन्छन्। हजारौं श्रद्धालुहरू यहाँ दैनिक पूजाआजा, स्नान, दर्शन र नित्यकर्मका लागि आउने गर्छन्। तर हाल मन्दिर परिसरभित्रको सगरामा दुर्गन्ध, फोहोर र अपवित्रता फैलिएको छ। जसको कारण श्रद्धालुहरू आक्रोशित छन् र धार्मिक भावनामा गम्भीर चोट पुगेको महसुस गरिरहेका छन्।

‎‎धार्मिक स्थलमै ढलको निकासस्थानीय वासिन्दा प्रमोद शर्मा भन्छन्, “यो त पवित्र स्थल हो, हामी यहीं नुहाएर मात्र दर्शन गर्छौं। तर अहिले त सगरामै नुहाउने अवस्था छैन। वरिपरिका घरहरूले शौचालय र धाराको फोहोर पानी सिधै यहीँ झार्ने व्यवस्था मिलाएका छन्।”

‎‎उनका अनुसार केही वर्षअगाडि पनि यस्तै समस्या देखिएको थियो, तर स्थानीयको आवाज उठेपछि तत्कालीन मन्दिर व्यवस्थापन समितिले केही उपाय अपनाएको थियो। तर अहिले स्थिति पहिलेभन्दा पनि बिग्रेको छ। “न त नगरपालिका सुन्छ, न त मन्दिर समितिको ध्यान पुगेको देखिन्छ,” शर्मा भन्छन्, “शायद हामीले आवाज उठाउन छोडेकै कारण यस्तो भयो।”

‎‎हरेक दिन बिहान मन्दिरमा आउने भक्तजन मधु देवकोटाले आफू २० वर्षदेखि यहाँ पूजा गर्न आउने गरेको बताइन्। “हामी सनातनी परम्परा अनुसार सगरामा नुहाएर मात्र मन्दिर प्रवेश गर्छौं। तर अहिले सगराको हालत देख्दा लाग्छ, धर्मलाई नै लत्याइएको छ,” उनले भनिन्।

‎‎उनका अनुसार सगराबाट अहिले दुर्गन्ध आउँछ। थाेरै पनि छ त्याे पनि फोहोर पानी स्थिर भएको छ, वरिपरिका झारजंगल बढेको छ र प्लास्टिकको थुप्रो देखिन्छ। “धार्मिकस्थलमा यस्तो हुन दिनु आफैंमा अपराध हो। हामी श्रद्धा लिएर आउँछौं, यहाँ आस्थाको अपमान भइरहेको छ,” देवकोटाको भनाइ छ।

‎‎नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर १ निवासी र सेवानिवृत्त शिक्षक रामकृष्ण उपाध्याय बागेश्वरी मन्दिरमा नियमित पूजा गर्ने भक्त हुन्। उनले भने, “धार्मिक स्थलहरू हाम्रो पहिचान हुन्। बागेश्वरी मन्दिर नेपालको प्रसिद्ध शक्ति पीठमध्ये एक हो। त्यहाँको सगरामै ढल मिसाउने काम गर्नु भनेको परम्पराको अपमान हो।”

‎‎मन्दिरकाे याे अव्था देख्दा धेरै जसाे भक्तालु रिसाएकाे देखिन्छ । मन शान्ति र सुख प्राप्तिका लागि भक्तजन अाएका हुन्छन तर यश तर्फ ध्यान कसैकाे गएकाे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?