ट्रेंडिंग:

>> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण

६.४० प्रतिशतले बढ्यो सल्यानको राजस्व सङ्कलन

१७ श्रावण २०८२, शनिबार
१७ श्रावण २०८२, शनिबार

सल्यान, १७ साउन ।

सल्यानमा ६.४० प्रतिशतले राजस्व वृद्धि भएको छ । करदाता सेवा कार्यालय सल्यानले आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा ६.४० प्रतिशत बढी राजस्व सङ्कलन गर्न सफल भएको हो ।

गत आ.व. मा कार्यालयले ५० करोड ७५ लाख १८ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ६२ करोड ७९ लाख १६ हजार रुपियाँ लक्ष्य रहेकोमा ४७ करोड ७० लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो ।

सल्यान, रुकुम पश्चिम र रुकुम पूर्वी गरेर तीन जिल्ला सेवा क्षेत्र रहेको करदाता सेवा कार्यालय सल्यानले आन्तरिक राजस्व विभागबाट प्राप्त लक्ष्य भन्दा करिब २० प्रतिशत कम तर अघिल्लो आर्थिक वर्षभन्दा ६.४० प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो ।

कार्यालयका प्रमुख नवीनकुमार वलीका अनुसार आर्थिक वर्ष २०८१/०८२ का लागि ६३ करोड ३१ लाख ३९ हजार रुपियाँ राजस्व उठाउने लक्ष्य थियो । लक्ष्य भन्दा १९.८३ प्रतिशत कम राजस्व उठेको उनको भनाई छ ।

आर्थिक वर्ष २०८१/०८२ मा आयकर तर्फ २९ करोड ८८ लाख ४२ हजार, मूल्य अभिवृद्धि कर तर्फ १७ करोड ६९ लाख ७३ हजार रुपियाँ सङ्कलन भएको छ । कार्यालयका अनुसार स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने भएकाले बहाल कर बर्सेनि घट्दो क्रममा छ ।

एक करोड ३७ लाख ९४ हजार रुपियाँ बहाल कर सङ्कलन भएकोमा अन्तःशुल्क कर तर्फ एक करोड ३० लाख १७ हजार रुपियाँ तथा ब्याज कर बापत ४८ लाख ७५ हजार र शैक्षिक करबाट १६ हजार रुपियाँ मात्रै सङ्कलन भएको कार्यालय प्रमुख वलीले जानकारी दिए ।

“राजस्व सङ्कलनको लक्ष्य नै बढी हुने, राजस्व सङ्कलनको मुख्य लक्ष्य आयकर र मूल्य अभिवृद्धि कर भएकाले सरकारी रकम नै बढी खर्च नभएमा राजस्व सङ्कलन कम हुन्छ”, उनले भने । गत आर्थिक वर्षमा केही मुख्य ठुला आयोजनाहरूको भुक्तानी नहुँदा मूल्य अभिवृद्धि करको रकम कम उठेको कार्यालय प्रमुख वलीको भनाई छ ।

“विजक प्रणालीमा पनि चुहावट देखिन्छ, सामान बिक्री गर्दा विजक लिने दिने नहुँदा तथा दर्ता नगरेर नै मदिरा बिक्री वितरण हुने र हाम्रो देशमा ४९ प्रतिशत अनौपचारिक अर्थतन्त्र भएकाले पनि राजस्व कम उठ्ने गरेको छ”, उनले भने ।

करदाता सेवा कार्यालय अन्तर्गत व्यवसाय गर्ने जम्मा २० हजार १४४ करदाताहरू रहेका छन् । राजस्व सङ्कलन वृद्धिका लागि कर शिक्षा तथा सचेतना एवं बजार अनुगमन, कर छुट सम्बन्धी जानकारी प्रदान गर्ने गरिएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा करिब ३२० पसलको बजार अनुगमन गरिएको थियो ।

आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङको मातहतमा रहने गरी सल्यान, रुकुम पश्चिम र रुकुम पूर्वका करदाताहरूलाई सेवा प्रवाह गर्ने गरी २०७७ मा करदाता सेवा कार्यालयको स्थापना भएको थियो । कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कसम्बन्धी नीतिहरूको कार्यान्वयन र सेवा प्रवाह गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?