ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

पारिवारिक स्वास्थ्य सूचना मोबाइल एपमार्फत उपलब्ध गराउने योजना

१७ श्रावण २०८२, शनिबार
१७ श्रावण २०८२, शनिबार

समाचार सारांश


  • लुम्बिनी प्रदेश सरकारले पश्चिम नवलपरासीमा सबै परिवारको स्वास्थ्य विवरण समेटेर मोबाइल एप्लिकेशनमा पारिवारिक स्वास्थ्य प्रोफाइल बनाउने काम सुरु गर्यो।

  • मातृ मृत्युदर घटाउने, कुपोषण न्यूनीकरण गर्ने, खोप कार्यक्रम अभिवृद्धि गर्ने र स्वास्थ्य सेवा सहज बनाउने लक्ष्य राखिएको छ।

  • स्वास्थ्य प्रोफाइल मार्फत खोप, गर्भ परीक्षण लगायतका स्वास्थ्य सेवा सम्बन्धी सूचना मोबाइल एसएमएसमार्फत आम नागरिकलाई दिने व्यवस्था गरिनेछ।


 

सुनवल, १७ साउन ।

लुम्बिनी प्रदेश सरकारले पश्चिम नवलपरासीमा समुदाय स्तरमा पारिवारिक स्वास्थ्य प्रोफाइल बनाउने काम सुरु गरेको छ ।

जिल्लाभरका सबै परिवारको स्वास्थ्यसँग सम्बन्धित विस्तृत विवरण मोबाइल एप्लिकेशनमा समाविष्ट गरेर स्वास्थ्य सम्बन्धी जानकारी दिने र प्रविधिको उपयोग गरी सहज सेवा प्रदानका लागि उक्त प्रोफाइल निर्माण थालिएको हो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य प्रोफाइल निर्माण कार्यक्रमको शुभारम्भ गर्दे मातृ मृत्युदर घटाउन, कुपोषण न्यूनीकरण, खोप कार्यक्रम अभिवृद्धि गर्ने लगायतका कार्यका लागि पारिवारिक स्वास्थ्य प्रोफाईलले सहयोग पुग्ने बताए ।

अझै पनि आधारभूत तहको स्वास्थ्य सेवा सुनिश्चित हुन नसकिरहेको अवस्थामा प्रदेश सरकारले समुदाय लक्षित र दिगो विकासको लक्ष्य पुरा गर्ने अठोटका साथ काम गरिरहेको मन्त्री सारुको भनाइ छ ।

उनले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताउँदै प्रदेशका सबै मन्त्रालय मध्ये सबैभन्दा बढी वित्तीय प्रगति गर्न सफल भएको पनि उल्लेख गरे ।

साथै जिल्ला अस्पताल र आधारभूत अस्पताल सम्म चिकित्सक पठाउने र दरबन्दी अनुसारको स्वास्थ्यकर्मी खटाउने गरी काम भइरहेको मन्त्री सारुले बताए ।

सो क्रममा नवलपरासीका स्थानीय तहका प्रमुखहरूले स्वास्थ्य सेवालाई प्रविधिमैत्री बनाउने कार्यले स्वास्थ्यमा पहुँच अभिवृद्धि गर्न सहयोग पुग्ने बताए । बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले चिकित्सकको आवश्यक स्थानीय स्तरमा परिपूर्ति गर्न प्रदेश सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

नगरपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर बजेट व्यवस्थापन गरेको भए पनि माथिल्ला तहका सरकारले पर्याप्त सहयोग गर्नुपर्नेमा जोड दिए ।प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले पालिका तहमा निर्माण भएका आधारभूत अस्पताल सञ्चालनमा ध्यान दिन ध्यानाकर्षण गराए ।

भवन मात्र बनाएर अस्पताल सञ्चालन गर्न नसकिने यादवको भनाइ थियो । सो क्रममा रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरी, स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरी, युनिसेफ फिल्ड कार्यालय प्रमुख रिद्धि शर्मा, स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अंगद बहादुर शाही, खोप अधिकृत भेषराज शर्मा लगायतले अभियानका सन्दर्भमा धारणा राखेका थिए ।

पारिवारिक स्वास्थ्य प्रोफाइलका निर्माणका लागि स्थानीय स्वास्थ्य संस्थाका कर्मचारी, महिला स्वास्थ्यस्वंयसेविका लगायतलाई अभिमुखीकरण प्रदान गरेर घर–घरमा पुगेर परिवारिक अवस्था समेटेर स्वास्थ्य प्रोफाइल तयार गरिने छ ।

उक्त प्रोफाइलका आधारमा खोप लगाउने, गर्भ जाँच गर्ने लगायतका स्वास्थ्य सम्बन्धी सम्पूर्ण क्रियाकलाप मोबाइल एसएमएसबाटै आम नागरिकलाई जानकारी गराउन सकिने स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठले बताइन । लुम्बिनी प्रदेशका पाल्पा, बाँके र अर्घाखाँचीमा यो कार्यक्रम यसअघि नै लागू भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?