© २०२३
बुटवल, १७ साउन ।
बुटवलको देगिनगरस्थित भूतपूर्व सैनिक भवनमा शनिबार फ्री योग साधनाको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा योग साधनामा सक्रिय सहभागीहरुलाई लक्षित गर्दै योग र जुम्बाको महत्वबारे जानकारी दिइएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सांसद गिरधारीलाल न्यौपानेले मानव जीवनमा योग र व्यायामको भूमिका महत्वपूर्ण रहेको भन्दै ब्यायामबाट उच्च रक्तचाप नियन्त्रण गर्न सफल भएको बताए । ‘नियमित योग र व्यायाम जीवनको सहजता र स्वास्थ्यका लागि अनिवार्य छ ।’– उनले भने ।
कार्यक्रममा शुभ विहानी जुम्बा क्लास भलुहीका प्रशिक्षकहरू मनु बुढाथोकी, प्रकाश कार्की, रिता केसीलाई लुम्बिनी प्रदेशसभा सांसद गिरधारीलाल न्यौपानेले सम्मान गरेका छन ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका–११ का वडा अध्यक्ष रामचन्द्र खनाल क्षेत्री, वडा नं. ३ का अध्यक्ष विष्णु ढकाल, कार्यक्रम संयोजक विष्णु उपाध्याय चापागाईं, जनक कुमार श्रेष्ठले योगसाधना र जुम्बा सबै उमेर समुहलाई स्वास्थ्यका हिसाबबाट जरुरी रहेको र पछिल्लोसमय आर्कषण रहेको बताए ।
कार्यक्रममा योग प्रशिक्षक विष्णु माया श्रेष्ठले शहरी जिवनशैलीमा योग र जुम्बा कक्षाको आवश्यकताका बारेमा स्पष्ट पारिन ।