ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

नेतृत्व र व्यक्तित्व बिकास गर्दै दाङका युवा

१६ श्रावण २०८२, शुक्रबार
१६ श्रावण २०८२, शुक्रबार

दाङ,१६ साउन ।

तुलसीपुर उपमहानगरपालिका–१५ की अन्जना चौधरी हाल कक्षा १२ को परीक्षा दिएर बसेकी छिन्। उनी सृजनशील युवा क्लबकी अध्यक्ष पनि हुन्। पहिले कसैसँग खुलस्त बोल्न नसक्ने अन्जना अहिले आत्मविश्वासका साथ क्लबको नेतृत्व गरिरहेकी छन्।

“पहिले म केवल किताबका पन्नामा सीमित थिएँ, अब समाज बुझ्न, जान्न र कुराकानी गर्न सक्ने भएकी छु,” उनले भनिन्। क्लबमा आबद्ध भएपछि विभिन्न तालिम र कार्यक्रममार्फत सामाजिक ज्ञान तथा व्यवहारिक सीप सिक्ने अवसर पाएको उनी बताउँछिन्।

त्यसैगरी, तुलसीपुर–१६ लक्ष्मीपुरकी सर्मिला चौधरी नवगठित नवजागरण युवा क्लबकी सदस्य हुन्। कक्षा ११ मा अध्ययनरत सर्मिला क्लबमा आवद्ध भएपछि बैठक सञ्चालन, सामाजिक नाटकमार्फत जनचेतना फैलाउने जस्ता सीप सिकेकी छिन्। उनले बालविवाहको रोकथाममा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्। “बालविवाहले महिलाको स्वास्थ्यमा पर्ने असरबारे जनतालाई जानकारी दिन थालेकी छु,” उनले भनिन्।

लमही नगरपालिका–४ गुर्जिहवाकी अनुपा चौधरी गुर्जिहवा युवा क्लबकी उप–सचिव हुन्। उनले युवालाई देशको खम्बा मान्छिन्। “हामीले देशको नीति बुझ्नुपर्छ, त्यसमा सहभागी हुनुपर्छ,” उनी भन्छिन्। क्लबमार्फत उनले बालविवाह, दाइजो प्रथा, बोक्सी प्रथा लगायत सामाजिक कु प्रथाविरुद्ध खुलेर आवाज उठाइरहेकी छिन्। प्रत्येक महिना गाउँ–टोल सरसफाइ गर्ने अभियान क्लबमार्फत सञ्चालन गरिरहेको उनले जानकारी दिइन्।

यस्तै, घोराही उपमहानगरपालिका–१२ हापुरकी स्मृति भण्डारी पनि नेतृत्व विकासमा अग्रणी बनिरहेकी छन्। कक्षा १२ मा अध्ययनरत स्मृति हापुर मावि युवा क्लबकी सदस्य हुन्। “क्लबमा आबद्ध भएपछि आत्मविश्वास बढेको छ, अब देश र समाजका लागि केही गर्न सक्छु भन्ने विश्वास आइसकेको छ,” उनले भनिन्। क्लबमार्फत उनले बालविवाह रोकथाम लगायत सामाजिक मुद्दामा काम गरिरहेकी छन्।

युवाहरूको यस्तो सक्रियतालाई सशक्त बनाउने उद्देश्यले मुक्त कमलरी विकास मञ्चले ‘मुक्त कमलरी सशक्तिकरण परियोजना’ मार्फत नेतृत्व विकासमा विभिन्न कार्यक्रम गर्दै आएको छ। घोराही, तुलसीपुर र लमही नगरपालिकाका विभिन्न वडामा युवा क्लब गठन गरी युवालाई अधिकारको पैरवी गर्न सिकाएको मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले बताइन ।

किशोर–किशोरीलाई क्लबमा सहभागी गराई नेतृत्व विकासका कार्यक्रमहरू सञ्चालन गरिएको मञ्चले जनाएको छ। युवा नै देशका कर्णधार भएकाले उनीहरूको क्षमता विकास बिना समृद्धि सम्भव नभएको चौधरीले स्पष्ट पारिन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?