© २०२३
बर्दिया, १६ श्रावण ।
बर्दियामा लागु औषध सहित एक युवक पक्राउ परेका छन् ।
मधुवन नगरपालिका वडा नम्वर ८ लालिबजारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने ५ सय ९० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्वर १ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले नेपालगंजबाट कैलालीतर्फ जाँदै गरेका भे.६ प ६२२८ नम्बरको स्कुटरमा सवार उनलाई चेक जाँच गर्दा उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बरामद लागूऔषधसहित किशोरलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।