ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

विश्व स्तनपान सप्ताह

१६ श्रावण २०८२, शुक्रबार
१६ श्रावण २०८२, शुक्रबार

आज विश्व स्तनपान सप्ताह । हरेक वर्षको अगस्त १ देखि ७ अगस्तसम्म विश्व स्तनपान सप्ताह मनाउने गरिएको छ । पछिल्लो समय विश्व स्तनपान सप्ताहको महत्त्व बिस्तारै बढ्दै गएको कुरा विश्वका १२० भन्दा बढी देशहरूले यो दिवस मनाउने गरेकोबाट नै पुष्टि हुन्छ ।

हरेक आमाले आफ्नो बच्चालाई जन्मिएको एक घण्टाभित्र वा त्यसमा पनि जतिसक्दो चाँडो स्तनपान गराउनुपर्दछ । जन्मिएको ६ महिनासम्म नवजात शिशुलाई आमाको दुधमात्र खुवाउने र त्यसपछि कम्तीमा दुई वर्षसम्म अन्य खानेकुरा सँगसँगै आमाको दुध पनि पर्याप्त मात्रामा खुवाउने गर्दा बच्चाको शारीरिक अवस्था सुदृढ बन्छ भन्ने मान्यता छ ।

त्यसैले भन्ने गरिएको छ– आमाको दुध अमृत समान हुन्छ । नवजात शिशुका लागि आमाको दुध कति पोषणयुक्त हुन्छ भन्ने नजान्दा विश्वमा धेरै नावालक वालबालिकाको मृत्यु हुने गरेको पनि प्रशस्तै उदाहरण छन् ।

आमाको पोषिलो दुध खान नपाएको बच्चा कुपोषणग्रस्त हुन्छ । नेपालकै सन्दर्भमा समेत स्तनपानको महत्त्व नवुझ्दा धेरै शिशुहरु आमाको दुध पिउन पाउने अधिकारबाट बञ्चित हुँदै आएका छन् । जसका कारण शिशुहरुमा कुपोषण लगायतका थुप्रै स्वास्थ्य समस्या देखापर्दै आएको छ ।

पछिल्लो समय आधुनिकताका नाममा बच्चालाई स्तनपान गराए कुरुप भईन्छ भन्ने अन्धविश्वासका कारण स्तनपान नगराउने आधुनिक आमाहरुको संख्या बढ्दै गएको छ । यो चिन्ताको कुरा हो । यसरी नवजात शिशुको आमाको दुध पिउन पाउने अधिकारको जानेर वा नजानेर हनन् भैरहेको छ ।

जसका कारण धेरै शिशु अकालमा मृत्युको मुखमा पुग्न विवस भएका छन् ।  आमाको दुध शिशुको लागि सर्बोत्तम आहार हो भन्ने कुरामा दुई मत छैन् । आमाको दुधले शिशुको रोगसंग लड्न सक्ने क्षमता बढाउँछ भने स्तनपानले महिलाहरुमा स्तन क्यान्सर र पाठेघरको क्यान्सर हुने जोखिमलाई कम गर्ने अनुसन्धानले देखाएको छ ।

स्तनपानमा आमाको महत्वपूर्ण भूमिका भएतापनि यसमा परिवारका हरेक सदस्यको जिम्मेवारी पनि त्यत्तिकै महŒवपूर्ण रहने कुरा स्वयंसिद्ध छ । हरेक परिवारका सदस्यहरुले स्तनपानमा सुत्केरी आमालाई प्रोत्साहित नगरेमा कुनैपनि अवस्थामा शिशुले स्तनपानको भरपूर लाभ लिन सक्दैन् । जसका कारण बच्चा ठूलो हुँदै जाँदा अनेक प्रकारका रोगले ग्रस्त बन्छ ।

एक तथ्याँक अनुसार शिशुलाई ६ महिनासम्म आमाको दुध चुसाउने आमाको संख्या ६८ प्रतिशत र शिशुलाई दुई बर्ष भित्र निरन्तर स्तनपान गराउने आमाको संख्या जम्मा ९४ प्रतिशत रहेको छ । यसले के देखाउँछ भने अझैपनि शिशुहरु आमाको दुध खान पाउने अधिकारबाट बञ्चित छन् । जसका कारण शिशुहरु विभिन्न रोगको शिकार बन्न बाध्य भएका छन् ।

पछिल्लो समय नवजात शिशुलाई पोषणको नाममा विभिन्न किसिमका बजारीया दुध खुवाउने क्रम बढ्दो छ ।  त्यस्ता पाउडर दुधले एकातिर शिशुको स्वास्थ्यमा असर पुगिरहेको हुन्छ भने अर्कोतिर त्यसका कारण अनेकथरि रोगको शिकार समेत हुने गरेको धेरै उदाहरण छन् ।

शिशुका लागि आमाको दुध नै सर्वोत्तम हुने भएपनि त्यसको विषयमा धेरै जानकारी नहुँदा आधुनिकताका नाममा आमाहरुले शिशुहरुलाई रोगी र कमजोर वनाउँदै लगेका छन् । जन्मिँदा वित्तिकै जतिसक्दो छिटो स्तनपान गराएमा त्यो अमृत समान हुने स्वास्थ्यकर्मीहरूले पुष्टि गरेकोले आमाहरुले त्यस विषयमा ध्यान दिनु जरुरी छ ।

आमाको बिगौती दुध बच्चाको लागि रोगसंग लड्न प्रतिरोधी क्षमता बढाउने खोप हो भन्दा फरक पर्दैन । चिकित्सकहरुले स्तनपान गराउँदा २४ घन्टामा कम्तीमा १० देखि १२ पटकसम्म गराउन सुझाव दिने गरेका छन् ।

कम्तीमा त्यति स्तनपान गराउने र आवश्यक परेमा त्यो भन्दा धेरै स्तनपान गराउँदा बच्चाको स्वास्थ्यमा राम्रो नै गर्दछ । अर्कोतर्फ बच्चालाई दुधको मात्रा पु¥याउन क्याल्सियमयुक्त खानेकुराहरु पनि दिनुपर्ने जरुरी छ ।

जेहोस स्तनपान सप्ताहको यो अवसरमा नेपालमा पनि आमाहरुले आफ्ना शिशुहरुलाई सहीरुपमा स्तनपान गराएर शिशुको स्वास्थ्यमा ध्यान दिनुपर्दछ । त्यसका लागि फेरिपनि स्तनपानको महत्वका विषयमा ग्रामिण क्षेत्रदेखि शहरसम्म महिलाहरुमा सचेतना बढाउनु आवश्यक छ ।

अवको दिनमा स्तनपानलाई औपचारिक बनाउनेभन्दा पनि व्यवहारिक बनाउनेतर्फ ध्यान दिनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?