ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

जीसी नेतृत्वमा लोकतान्त्रिक खेलकुद संघको नयाँ कार्यसमिति

१६ श्रावण २०८२, शुक्रबार
१६ श्रावण २०८२, शुक्रबार

भैरहवा, १६ साउन ।

लोकतान्त्रिक खेलकुद संघ, रूपन्देहीको नयाँ कार्यसमिति चयन भएको छ।

भैरहवामा आयोजित अधिवेशनबाट कमल जीसीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको संघले जनाएको छ। यसअघि क्रियाशील तदर्थ समितिका अधिकांश सदस्यहरू नै नयाँ कार्यसमितिमा दोहोरिएका छन्।

नयाँ कार्यसमितिमा रूपन्देही जिल्लाका अनुभवी तथा कीर्तिमानधारी खेलाडीहरूलाई समेटिएको छ। संघको उपाध्यक्षमा मुकेश कुंवर र खुश्बु चौधरी, सचिवमा दीपक काफ्ले, कोषाध्यक्षमा प्रियबन्धु न्यौपाने र सह–सचिवमा अर्जुन कुंवर चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा मोतिकला गुरुङ, सरस्वती लामगादे, नारायण थापा, रमेश पन्त, कपिल गौतम, बुद्ध महर्जन, रामप्रसाद कहार, सन्देश पोखरेल, विकास नारायण श्रेष्ठ, नीरज नारायण श्रेष्ठ र प्रभात गुरुङ निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष कमल जीसीले कार्यसमितिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरिसकेका खेलाडीहरू समावेश भएकाले यसले संघलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। “हामीले भैरहवामा विगतमा आयोजना गरिएका तर हाल हराएका खेल प्रतियोगिताहरूलाई पुनः सक्रिय बनाउनेछौं,” अध्यक्ष जीसीले भने, “प्रतिस्पर्धात्मक खेल संस्कृति विकासका लागि यो समितिको प्राथमिकता हुनेछ।”

कार्यक्रमका प्रमुख अतिथि तथा तरुण दल जिल्ला सभापति एवं सिद्धार्थनगर नगरपालिका–१३ का वडाध्यक्ष सोमबहादुर गुरुङले संघको कार्यसमिति उत्कृष्ट ढंगले चयन भएको उल्लेख गर्दै खेलकुदमार्फत युवाहरूलाई एकजुट गरेर समाज रूपान्तरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

नेपाली कांग्रेसका नगर सभापति कोशिसबहादुर खड्काले आफू विगत ३० वर्षदेखि खेलकुदसँग आबद्ध रहेको जानकारी दिँदै लोकतान्त्रिक खेलकुद संघसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए। उनले जिल्लाका ख्यातिप्राप्त खेलाडीहरूको सहभागिता रहेको समितिले खेल विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरे।

अधिवेशनमा बोल्दै दीपेन्द्र बुढापृथीले पद प्राप्त गर्नु मात्र पर्याप्त नरहेको उल्लेख गर्दै आ–आफ्नो जिम्मेवारी पूरा गर्दै संघको विकासमा सक्रिय योगदान पुर्‍याउन सबैलाई आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?