© २०२३
बुटवल, १६ साउन ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि एरिया ३ को रिजन ६ अन्तर्गतका ५ क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।
लायन्स क्लब अफ बुटवल संसार, एलसी क्लब अफ फुलबारी, एलसी बुटवल तिलोत्तमा, एलसी तिलोत्तमा मायादेवी, एलसी तिलोत्तमा बुद्धज्योति क्लबहरूको संयुक्त पदस्थापन भएको हो ।कार्यक्रमको उद्घाटन गर्दै लायन्स डिष्ट्रिक ३२५ पि का डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले लायन्स क्लबहरू समाजमा परिवर्तन ल्याउने महत्वपूर्ण संयन्त्र भएको बताए । क्लबहरुलाई पारदर्शिता र उत्तरदायित्वका साथ काम गर्नुपर्नेमा उनले जोड दिए ।
लायन्स ईन्टरनेश्नलको ‘खुशी मन, सहयोगी हातहरु’ भन्ने मुल नारासहित सामाजिक कार्यमा अग्रसर रहेको क्लबहरु सामाजिक सेवा, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण र सिग्नेचर प्रोजेक्टमार्फत स्थायी परियोजनाहरू संचालन गर्ने प्रतिबद्धता हुनुपर्ने उनले बताए ।
सिग्नेचर प्रोजेक्ट अन्तरगत एलसी बुटवल संसारले उज्यालो शिक्षा अभियानमा काम गर्दै आएको छ भने यो वर्ष मानसिक स्वास्थ्य सचेतनाको क्षेत्रमा काम गर्ने क्लबका अध्यक्ष गोबिन्द पाण्डेले प्रतिवद्धता जनाए ।
कार्यक्रममा एलसी तिलोत्तमा र तिलोत्तमा मायादेवीले निरन्तर पाठेघरको मुखको क्यान्सर र वातावरण सरोकारका कार्यक्रम चलाउने क्लबका अध्यक्ष चिरन्जिवी श्रेष्ठले बताए ।
यसैगरि एलसी बुद्धज्योति क्लबले गो ग्रिन परियोजनाअन्तर्गत ३० लाख लागतमा दुई वटा पार्क निर्माण गरेको तथा एलसी फुलबारीले बाल स्वास्थ्यमा केन्द्रीत कार्यक्रमलाई निरन्तरता दिने क्लबका अध्यक्षहरुले प्रतिवद्धता जनाए ।

कार्यक्रममा निवर्तमान डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले लायन्स नेपालमै २४ भन्दा बढी नयाँ क्लब गठन गरिसकेको र २ लाख ५० हजार सदस्य थपिएको जानकारी दिए । उनले बुटवलमा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापना गर्ने योजना अघि बढेको बताए ।
कार्यक्रममा पूर्व डिष्ट्रिक गभर्नर अर्जुनमान सैजूले लायन्सको निरन्तर बिस्तार सेवा भावनाको उदाहरण भएको बताए । उनले लायन्सलाई “नेपाली नागरिकबाट अन्तर्राष्ट्रिय योगदान दिने प्लेटफर्म” को रूपमा परिभाषित गरे ।
कार्यक्रममा एरिया चिफ कोर्डिनेटर कृष्णप्रसाद पाण्डे, रिजन चेयरपर्सन नविन प्रसाद श्रेष्ठ, जोन चेयरपर्सन देव बहादुर कुँवर र धिरजमान श्रेष्ठले क्लबहरुबाट प्रस्तुत गरिएका योजनाहरू सहकार्यमा अघि बढाउन सुझाव दिए ।