ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

निजी अस्पताल पन्छिएपछि भेरी अस्पतालमा संकटै संकट

१६ श्रावण २०८२, शुक्रबार
१६ श्रावण २०८२, शुक्रबार

नेपालगञ्ज, १६ साउन ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा सुत्केरी हुन आउने महिलाको संख्या करिब दोब्बर पुगेको छ। कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजले साउन १ गतेदेखि ‘आमा सुरक्षा कार्यक्रम’ बन्द गरेपछि सरकारी भेरी अस्पतालमा चाप एक्कासी बढेको हो। वेड अभावका कारण नवजात शिशु र आमालाई भुइँमा राख्नुपर्ने बाध्यात्मक अवस्था देखिएको छ।

अस्पतालको प्रसूति कक्ष (पीएनसी) भरिएपछि शल्यक्रियापछि राखिने पोष्ट–अपरेटिभ वार्डमा समेत वेडको अभाव भएको छ। वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीका अनुसार, पहिले एक दिनमा औसत ६ जना महिलाको सिजेरियन शल्यक्रिया हुने भेरी अस्पतालमा अहिले १२ जनासम्मको शल्यक्रिया भइरहेको छ।

चिकित्सकीय निगरानीमा कम्तीमा ७२ घण्टा राख्नुपर्ने सुत्केरीलाई वेड नपुग्दा ५–६ घण्टामै डिस्चार्ज गर्नुपर्ने अवस्थाले अस्पतालमा चाप कति बढेको हो भन्ने स्पष्ट देखिन्छ। नेपालगञ्ज मेडिकल कलेज र सञ्जिवनी कलेजजस्ता ठूला निजी अस्पतालहरूले आमा सुरक्षा कार्यक्रम रोकेपछि भेरी अस्पताल सेवाग्राहीहरूको प्रमुख आश्रय बनेको छ।

अस्पताल प्रमुख डा. निराजन सुवेदी भन्छन्, “हामीले सकेको सेवा दिइरहेका छौँ, तर यो अवस्था दीर्घकालीन समाधानबिना सम्भव छैन।” उनले सम्बन्धित सरोकारवालाहरूले गम्भीर रूपमा चासो लिनुपर्ने अवस्था आएको बताए।

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले साउनदेखि सुत्केरीको चाप तीव्र रूपमा बढेको र यो समस्या समाधान गर्नका लागि केन्द्र सरकारसँग आवश्यक सहयोग माग्ने तयारी भइरहेको जानकारी दिए।

अस्पतालका तथ्यांकअनुसार, मेडिकल कलेजमा कार्यक्रम बन्द भएपछि पछिल्ला दुई सातामा भेरी अस्पतालमा सुत्केरी हुनेको संख्या ७० प्रतिशतले बढेको छ।

सीमित स्रोत र पूर्वाधारबीच अस्पताल सेवाग्राहीहरूको जीवनरक्षा गर्न रातदिन संघर्षरत छ। यो अवस्था स्वास्थ्य नीतिका चुनौती मात्र होइन, आमाबुबा बन्ने तयारीमा रहेका धेरैका लागि जोखिमपूर्ण परिस्थितिको संकेत पनि हो। यस्तै अवस्था रहिरहे लुम्बिनी प्रदेश — जहाँ सबैभन्दा बढी मातृ मृत्युदर देखिएको छ — मा अवस्था अझ भयावह बन्न सक्छ।

गत जेठमा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार, प्रदेशगत रूपमा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ मृत्युदर देखिएको उल्लेख गरिएको थियो। त्यसमा पनि बाँके जिल्लामा सबैभन्दा बढी मातृ मृत्युदर रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?