ट्रेंडिंग:

>> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य

वीरेन्द्रनगरमा तीन सय बढी सिसि क्यामेरा जडान गरिँदै

१६ श्रावण २०८२, शुक्रबार
१६ श्रावण २०८२, शुक्रबार

सुर्खेत,१६ साउन ।

वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रमा तीन सय बढी सिसि क्यामरा जडान गर्न लागेको छ ।

नगरपालिकाले नगरका विभिन्न क्षेत्रका ३ सय ५५ स्थानमा सीसी क्यामेरा जडानको प्रक्रिया थालेको छ । यसको लागि वीरेन्द्रनगर नगरपालिका, नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबीच त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको नगर प्रमुख मोहन माया ढकालले जानकारी दिइन् ।

त्रिपक्षीय सम्झौता अनुसार पहिलो चरणमा ६ महिनाभित्र १ सय ५ स्थानमा सीसी क्यामेरा जडान गरी सञ्चालनमा ल्याइनेछ । दोस्रो चरणमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै थप २ सय ५० स्थानमा आवश्यकताका आधारमा यसै वर्षभित्र सीसी क्यामेरा जडान गरिनेछ ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा बढ्दो जनसंख्याका कारण आपराधिक घटनाहरू दिनप्रतिदिन बढ्दै गएका छन् । त्यसैले वीरेन्द्रनगर नगरपालिकाले सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका क्षेत्रहरूमा सीसी क्यामेरा जडानको प्रक्रिया सुरु गरे सँगै अपराध नियन्त्रण र शान्ति सुरक्षाका क्षेत्रमा प्रहरीलाई काम गर्न सहज हुने विश्वास गरिएको छ ।

त्रिपक्षीय समझदारी अनुसार टेलिकमले अप्टिकल फाइबर सहितको सीसी क्यामेरा र वाइफाइ हटस्पट जडान गर्नुपर्नेछ । यसरी जडान भएका क्यामेरालाई २४ सै घण्टा सञ्चालनमा ल्याउन टेलिकमले अप्टिकल फाइबर सहितको सेवा दिनुपर्नेछ ।

टेलिकमले हाललाई वीरेन्द्रनगर नगरपालिकाको प्रांगण र वडा नं. ६ र ८ स्थित घण्टा घरको प्रांगण वरिपरिका दुई स्थानमा वाइफाइ हटस्पट बनाउन इन्टरनेट जडान गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ । त्यस्तै, नगरका विभिन्न क्षेत्रमा जडान हुने सीसी क्यामेरा सञ्चालन तथा व्यवस्थापन नेपाल टेलिकमले आफ्नै फाइबरमार्फत गर्नेछ भने जिल्लाप्रहरी कार्यालय सुर्खेतले २४ सै घण्टा निगरानी गर्नेछ ।

नगरपालिकाले सञ्चालन, व्यवस्थापन तथा आवश्यक मर्मत सम्भार गर्ने छ । नगरपालिकाले चालु आर्थिक वर्षमा नगर क्षेत्रमा सीसी क्यामेरा जडानका लागि ११ लाख ६९ हजार बजेट व्यवस्थापन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?