ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

सल्यानबाट ३ लाख २५ हजार बिरुवा निर्यात, २ करोडभन्दा बढी आम्दानी

१६ श्रावण २०८२, शुक्रबार
१६ श्रावण २०८२, शुक्रबार
  • एकै सिजनमा सल्यान जिल्लाबाट ३ लाख ९३ हजार बिरुवा बिक्री ।

  • ३ लाख २५ हजार ५५० बिरुवा अन्य जिल्लामा निर्यात ।

  • बिरुवा बिक्रीबाट किसानहरूले २ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।

सल्यान, १६ साउन ।

सल्यानका किसानले एकै सिजनमा झन्डै चार लाख फलफूलका बिरुवा उत्पादन गरेर बिक्री गरेका छन् । जसमध्ये सल्यानले तीन लाख २५ हजार बढी बिरुवा अन्य जिल्लामा निर्यात गरेको छ । बिरुवा बिक्रीबाट किसानहरूले मनग्ये आम्दानी समेत गर्दै आएका छन् ।

कृषि विकास कार्यालय सल्यानका अनुसार यस वर्षको सिजनको गत असार मसान्त सम्ममा मात्रै सुन्तला, कागती, ओखर र किवीका गरी तीन लाख ९३ हजार बिरुवा बिक्री गरेका छन् । बिरुवा बिक्रीबाट किसानको हातमा दुई करोड रुपैयाँभन्दा बढी रकम हात परेको छ ।

जिल्लाको बागचौर नगरपालिकाका–९ डाँगीगाउँका युवा कृषक निरज डिसीले गोल्डेन कृषि तथा पशुपक्षी फर्म दर्ता गरी व्यावसायिक नर्सरी सञ्चालन गर्दै आएका छन् । २६ वर्षीय निरजले एक सिजनमा मात्रै ३५ लाख बराबरको कारोबार गरेका छन् ।

उनले भने, ‘यो सिजनमा मात्रै ३५ लाखको कारोबार भयो । १० लाख जति खर्च भयो होला बाँकी २५ लाख चोखो आम्दानी हो ।’ टिमुर, कागती र सुन्तलाको नर्सरी सञ्चालन गर्दै आएका उनले कृषिलाई सम्मानित र मर्यादित पेसाका रूपमा लिन सके आर्थिक रूपमा सम्पन्न बन्न सकिने बताए ।

डाँगीगाउँकै २८ वर्षीय प्रदिपकुमार डाँगीले पनि एकै सिजनमा ४५ लाख बराबरको बिरुवा बिक्री गरेका छन् । सबै खर्च कटाए २२ लाख आम्दानी भएको प्रदीपको भनाइ छ । उनले भने, ‘गत वर्ष सबै खर्च कटाएर १३ लाख आम्दानी भएको थियो । यस वर्ष लागत बढी लाग्यो झन्डै १८ लाख बराबरको खर्च लाग्यो होला तर पनि २२ लाख आम्दानी भयो ।’

व्यावसायिक रूपमा नर्सरी सञ्चालन गरिरहेका करिब २५ जना किसानले उत्पादन गरेका बिरुवा जिल्ला र जिल्लाबाहिर बिक्री भएको कृषि विकास कार्यालयले जनाएको छ ।

५७ हजार चार सय ५० बिरुवा जिल्लामा खपत भएका छन् भने बाँकी तीन लाख २५ हजार पाँच सय ५० बिरुवा जिल्लाबाहिर निकासी भएको कार्यालयका सूचना अधिकारी ईश्वरीनारायण घर्तीले जानकारी दिए ।

सल्यानबाट जाजरकोट, कालीकोट, दैलेख, बाजुरा, अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, कास्कीलगायतका जिल्लामा विभिन्न प्रजातिका बिरुवा जाने गर्छन् । सबैभन्दा धेरै सुन्तलाका बिरुवाको माग हुने गरेको छ ।

जिल्लाभित्र ३४ लाख ३५ हजार तीन सय रुपैयाँ बराबर र जिल्लाबाहिर एक करोड ९४ लाख ६६ हजार सात सय रुपैयाँ बराबरका बिरुवा निकासी भएको सूचना अधिकारी घर्तीले जानकारी दिए । यसमध्ये करिब दुई लाखभन्दा बढी बिरुवा सुन्तलाका रहेका छन् ।

प्लास्टिक टनेल निर्माण, सिँचाइ पोखरी निर्माणलगायतका सहयोग नर्सरी व्यवसायीहरूलाई विभिन्न निकायहरूबाट हुँदै आएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले यस वर्ष पनि सुन्तला जातका फलफूल जोन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

जसका लागि अनुदान उपलब्ध गराउने कार्यका लागि सुचीकृत हुन आह्वान गरेको छ । बागचौर नगरपालिकाको ३, ७, ८, ९ र १० नं वडा तथा छत्रेश्वरी गाउँपालिकाको वडा नं. १, २ र ५, कुमाख गाउँपालिकाको ३ र ७ नं. वडा र सिद्धकुमाख गाउँपालिकाको ३, ४ र ५ नं. वडामा सुन्तला जात फलफूल जोन कार्यक्रम सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?