© २०२३
१५ साउन, काठमाडौं ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ता कृषि क्षेत्रमा संलग्न नहुँदा देशको कृषि प्रणालीमा समस्या देखिन थालेको बताएका छन्।
राष्ट्रिय युवा संघ नेपालद्वारा काठमाडौंमा सुरु गरिएको एक महिने रक्तदान अभियानको उद्घाटन कार्यक्रममा बोल्दै पोखरेलले पछिल्लो समय युवाहरू कृषि कर्ममा रुचि नदेखाई विदेश जाने प्रवृत्ति बढ्दै गएको उल्लेख गरे।
महासचिव पोखरेलले युवालाई कृषि कर्ममा लगाउन सके धेरैले स्वदेशमै रोजगारी पाउने बताए । नेपालमा जनसंख्याको ठूलो हिस्सालाई रोजगारी प्रदान गर्न सक्ने क्षेत्र कृषि नै रहेको भन्दै यसले नेपालको ७० प्रतिशत जनतालाई कृषि कर्ममा जोड्न सक्ने बताए ।
उनले कृषि क्षेत्रको विकासलाई समृद्ध राष्ट्र निर्माणको आधार मानेका छन्। औद्योगिक, पर्यटन, सामाजिक र सेवा क्षेत्रको विकासका लागि पनि कृषि क्षेत्रको रूपान्तरण आवश्यक रहेको पोखरेलको भनाइ छ।
प्रविधिमा जति नै फड्को मारे पनि जबसम्म खाद्यान्नको उत्पादन हुँदैन, तबसम्म जनताको जीवन सहज नहुने पोखरेलले स्पष्ट पारेका छन ।
उनले मधेस प्रदेश सुख्खाग्रस्त बनेको भन्दै सरकारले विभिन्न योजनासहित काम गरिरहेको बताए ।