© २०२३
दाङ,१५ साउन ।
दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर -७ मोतिपुर ओरालोनिर ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ट्याक्टरमा सवार तुलसीपुर उपमहानगरपालिका–१७ का अन्दाजी १५ वर्षिय सविन भण्डारी र सोहि ठाउँका अन्दाजी १७ वर्षका मनोज रोका मगरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए ।
दुर्घटनामा परी गम्भिर घाइते भएका दुवै जनालाई राप्ती प्रादेशिक अस्पतालमा डाक्टरले मृत घोषणा गरेका हुन् । तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा १ त ३४७८ नम्बरको खाली ट्याक्टर आज बिहान ११ बजेतिर मोतिपुर ओरालोमा आफै अनियन्त्रित भएर पल्टीएको हो ।
ट्याक्टर चालक तुलसीपुर–१७ मानपुरका २६ वर्षिय सुरेश चौधरी, १५ वर्षका धन बहादुर चौधरी र तुलसीपुर–१८ बजौरी बस्ने बर्ष २६ का प्रकाश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।।