Butwal Today

शेयर बजार लगातार दोहोरो अङ्कले ओरालो, दुई दिनमै झन्डै ८० अङ्कको गिरावट

१५ श्रावण २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, साउन १५ ।

नेपाली शेयर बजारमा गिरावटको क्रम आज पनि जारी रह्यो।

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक आज ३१ दशमलव ५० अङ्कले घटेर २ हजार ९ सय २२ दशमलव ६३ विन्दुमा झरेको छ। यससँगै बजारले दुई दिनमै झन्डै ८० अङ्कको गिरावट व्यहोरेको छ। हिजो नेप्से ४७ अङ्कले घटेको थियो।

आजको कारोबारमा फाइनान्स समूह बाहेक अन्य सबै उपसमूहका सूचकहरू रातो निशानमा रहे। तीमध्ये व्यापार समूहको सूचक सर्वाधिक प्रभावित देखिएको छ, जुन करिब साढे २ प्रतिशतले घट्यो।

कम्पनीगत पक्षमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा ७ प्रतिशतभन्दा बढी गिरावट आयो। यता समग्र बजार ओरालो लागेको दिन ट्रेड टावर र नेपाल फाइनान्स कम्पनीका शेयर मूल्य भने १० प्रतिशतले उकालो लागेका छन्।

बजार परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ। हिजो १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने आज ३१८ वटा कम्पनीका ३ करोड ६८ लाख कित्ता शेयर किनबेच भई १५ अर्ब ९८ करोड रुपैयाँको कारोबारमा सीमित रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?