© २०२३
लमही ,१५ साउन ।
दाङको तुलसीपुर–१७ का शशीधर पौडेलले आफूले पालेको कुकुर ‘रमी’ को मृत्यु पश्चात परम्परागत शैलीमा ९ दिनसम्म किरिया बसेका छन्। साउन ६ गते हराएको रमी केही दिनपछि मृत अवस्थामा भेटिएको थियो। पौडेलका अनुसार रमीको मृत्यु अस्वाभाविक देखिएकाले कसैले मारेको शंका गरेका छन ।
रमीलाई पौडेलले सन्तानसरह माया गर्थे। उनीहरू मोटरसाइकलमा सँगै यात्रा गर्थे, घर हेर्ने, परिवारको हेरचाह गर्ने व्यवहारले रमी परिवारकै सदस्यझैँ थियो।
नवौँ दिन पौडेलले आफन्तलाई बोलाएर श्रद्धाञ्जली सभा आयोजना गरे र गाउँका सबै कुकुरलाई भोजन गराए। यस माध्यमबाट जात वा प्रजातिले होइन, भावनाले सम्बन्ध बन्छ र जनावरप्रतिको माया र आत्मीयता कति गहिरो हुन सक्छ भन्ने सन्देश दिएको छ।