© २०२३
बितेका कालको गर्दछु माया म मरे नेपालको…..
स्वर्गीय कवि तथा गीतकार लेखनाथ ज्ञवालीका यी शब्द रचनाहरूले अटल देशभक्तिको पाठ पढाएका छन् । एउटा देशभक्त नागरिकको अगाडि उभिएका विभिन्न चुनौतिहरूमध्ये निर्वाध राष्ट्र पे्रम पनि प्रमुख चुनौति हो । यो चुनौतिपूर्ण समस्या समाधान गर्न नागरिकहरू आफै चरित्रवान् बनेर रोलमोडल वन्न सक्नुपर्छ भन्ने यस गीतको आशय हो ।
चरित्रको संकट अति गम्भीर संकट हो । एउटा व्यक्तिको अगाडि उभिएको चरित्रले ऊ व्यक्ति आफैलाई मात्र कहाँ हो र उसको परिवार, समाज, देश र यहाँसम्म कि विश्वलाई नै प्रभाव पर्दछ । चरित्र गि¥यो भने मान्छेले जे पनि गर्छ । जस्तासुकै नित्य पतित कुकर्म गर्न पनि ऊ सधैं उद्यत रहन्छ । चरित्रको पतन भएको नरपशु लोभी हो, पापी हो, झोले हो, गुण्डा हो, चोर हो, डाँका हो, तस्कर हो, हली हो, कपटी हो, त्यसैले दुर्जन हो । यस्तै दुर्जनहरूको बोलवाला बढेर वाक्क दिक्क बनेपछि कवि ज्ञवालीको प्रताडित मनबाट यो उदगार व्यक्त भएका हो ।
वतमार्नलाई गौरवका साथ विताउनका लागि हामीले विगत अर्थात भुतकाललाई सम्झनु पर्छ । हाम्रो गौरवपूर्ण इतिहासतिर फर्केर हेर्नुपर्छ । हाम्रो इतिहास सच्चरित्रताको इतिहास हो । वीरता, सूरता, क्षमाशीलता, धैर्यता, सहनशीलताका साथै सिर्जनशीलता र देशलाई आवश्यक परेको वेला देशका वैरीहरू सिध्याउन र देशको अंस्तित्व रक्षाका निम्ति आफू समेत सिद्धिन पछि नपर्ने प्रेरणादायी प्रसङ्गले छताछुल्ल भरिएको विगत हो हाम्रो सत्कर्म र सत्कर्मीका ज्वलन्त्त प्रमाण ।
विगतको हाम्रो गौरवशाली इतिहासलाई अहिलेका असत्कर्मीहरूका असत्कर्महरूले देशलाई वर्वाद पारे । नत्र यो हाम्रो देश आज हरेक पक्ष र हरेक क्षेत्रमा रोलमोडल वनेर विश्वलाई चकित पार्न सक्थ्यो के गर्नु पापीहरूले देश विगारे । यति राम्रो देशलाई लोभी, अधर्मी, दुष्ट दुर्जनहरूले कहिले उठ्न नसक्ने गरी थिलोथिलो बनाए । त्यसैले अब हामी चुप रहनुहुन्न । उठ्नुपर्छ, जाग्नुपर्छ ।
चारैतिर हत्या, लुट, बलात्कार, तस्करी, भष्टाचार, मानव वेचविखन जस्ता अपराधहरूलाई संरक्षण दिने दुष्ट शासकहरूका विरुद्ध स्वरमा स्वर मिलाएर उठ्नु पर्छ र भन्नुपर्छ नेतातन्त्र मुर्दावाद, भ्रष्टचारीतन्त्र मुर्दावाद, लूटतन्त्र मुर्दावाद, घुसखोरतन्त्र मुर्दावाद, मानव वेचविखनतन्त्र मुर्दावाद । देशका जनता चुसेर विदेश विदेशमा पैसा ओसार्नेतन्त्र मुर्दावाद, झोले संस्कार मुर्दावाद, झोले संस्कृति मुर्दावाद । एसम्यान प्रवृत्ति मुर्दावाद, देशलाई माया गर्नेहरू यिनै नारामा आवद्ध हुनुपर्छ ।
आजहाम्रो नेपाली समाजमा नानाभाँतिका कलह, कलुष, झैं झगडा, हत्या, हिंसा, बलात्कार, लूट, गुण्डा गर्दी, डकैती, फिरौंती, दण्डहीनता, चरित्रहिनता, उच्श्रृंखलता, साइवर अपराध जस्ता कलकंहरू दिन दुगुणा रात चौगुणाको दरले बढदै गैरहेका छन् । वितेका कालहरू अर्थात देशको विगत इतिहास यस्तो लथालिंग प्रवृत्तिबाट टाढै थियो । अहिले त्यस्ता दिनहरू छैनन् । हामीसंगं त्यस्ता गौरव गर्न लायक स्वर्णीम इतिहासका दिनहरू विदेशी डलर र भारुमा विकेका भाडाका अपराधी जत्थाहरू र उनका झोलेहरूले भ्याए । सर्वनास बनाए ।
देशमा सामाजिक सन्तुलन गुमेको अवस्था छ । शान्ति सुरक्षालाइै सुद्दढ पार्ने प्रयासहरू राजनीतिक हस्तक्षेपले गर्दा व्यर्थ हुँदैछन् । लामो समय र साधन खर्च गरेर धेरै दुःख खेपी खेपी पुलिसले अपराध पत्ता लगाउँछ र अपराधीलाई क¥यापच्याप पारेर जनसमक्ष प्रस्तुत गर्छ तर त्यसको भोलिपल्टै नेताको, मन्त्रीको, प्रधानमन्त्रीको एक कल फोनको आदेशमा उसलाई कानुनी कठघरामा ल्याउने आधारका फाईलहरू एकाएक बन्द हुन्छन् ।
त्यसैले सत्ता र शक्तिका माथिल्लो तहमा बसेकाहरूको सेटिङ र आदेश तथा निर्देशन मान्दा पछि झन अपराधका घटनाहरू व्यापक हुन थालेका छन् । दिनकादिन नयाँ नयाँ अपराधहरूले आफूलाई विस्मृत वनाएका छन् । यी अपराधहरूका कारण के हुन् ? यिनलाई कसरी निस्तेज पार्न सकिन्छ ? देशमा फैलिएको उच्श्रृंखलता, असंयम, अविवेक आदिका विषालु गोमन सर्पहरूले फणा फैलाउँदै जुन टाउका उठाइरहेको छन् । ती टाउका टाउकामा बेतबाँसका लौराहरूले हिर्काएर कसरी नियन्त्रण गर्न सकिन्छ ? अहिले सबैले सोच्ने वेला आएको छ ।
झोलेहरू हाम्रा आर्दशबादका नेता होइनन् । किरा हुन् किरा बाहिरबाट पैठारी भएका किरा नेपाललाई धुजाधुजा पार्ने धमिरा हुन । उनीहरूमा न संस्कार छ न साँस्कृतिक चेतना छ, न सम्मान छ । न नीति, नियम, रीतिरिवाज, पद्धति छ । केवल सत्तामा जाने, जसरी भएपनि सत्तामा जाने , सत्तामा टिकिरहने नीति र आफूले राम्रो काम गर्दै नगर्ने यस्ता प्रवृत्तिले विगारेको देशलाई सपार्न, यस्ता घातक प्रवृत्तिले आघात देशको समस्यालाई समाधान गर्न अव सामूहिक मानवीय प्रयास हुनैपर्दछ ।
हामीले इमान्दार प्रयत्न गर्नैपर्दछ । तब मात्र वितेका कालको अर्थात हाम्रो देशको सुनौलो इतिहासको गौरबशाली दिनहरूको सम्झना अर्थात प्रेरणादायी हुने छ । लेखनाथ ज्ञवालीको गीति कविताको अन्तर्य मैले यही बुझें । अर्को प्रसङ्गमा लेखनाथ ज्ञवाली भन्छन्– टेक्न पुगे यही जुनीमा हामीले काँडा टेकौंला, पूर्वमा घुम्ने ताराको ज्योति उज्यालो देखौंला ।
आज विकसित देशका मान्छेहरू चन्द्र सतहहरूमा पुगेर नयाँ नयाँ खोज अनुसन्धान गरिरहेका छन् । उनीहरूको लक्ष्य निष्ठाका साथ आफूमा रहेको जिम्मेवारी पूरा गरेर त्यसभन्दा अझै उत्कृष्ट लक्ष्य प्राप्त गर्न निरन्तर लागिरहनु हो । निष्ठा, सक्रियता र समर्पणका साथ अगाडी बढ्दा तेर्सिएका समस्याहरू समाधान हुँदै जान्छन र नित्य निरन्तर, नूतन नविनतम, नविनता हासिल हुँदै जान्छ ।
जनताका विकासप्रतिका चाहना र आकांक्षालाई पूरा गर्न उनीहरूले गरेको मेहेनत प्रशंसा गर्न लायक छ । हामीले पनि त्यस्तै विकास गर्ने हो । अग्रगामी सोच राखेर काम गर्दा आफू हिँडने मार्गमा अवरोध वन्ने काँडाहरूलाई पन्छाउदै र कुल्चदै हिड्ने हो, छाती पिटेर हिडिन्छ । अहिलेको प्रसङ्गमा हामी हिम्मतका साथ अगाडि वढने हो । अघि वढ्दै जाने हो । तस्मात चरैबेति । कुव्यवस्थाको विरोधमा दण्डहीनताको विरोधमा, अराजकताको विरोधमा, शक्तिको दुरूपयोगको विरोधमा, जनतामाथि लादिएको महंगीको विरोधमा, प्रशासकीय अन्यायको विरोधमा आफनो सव्रिmयता अब हामीले पनि देखाउदै जाने हो ।
तब मात्र पश्चिमी साम्राज्यवादी हस्तक्षेपकारीको र देशभित्र उनका दलाल शासकहरूको संयुक्त दमन अत्याचारबाट मुक्ति दिलाउन पूर्वमा घुम्ने उज्यालो ताराको चम्किलो प्रकासको आशा कुनै दिन देख्न पाउनेछौं ।
कवि ज्ञवालीले संकेत गरेको पूर्वमा घुम्ने तारा जसको अर्थ हुन्छ– देशीय सामान्तबाद, दलालपूँजीवाद प्रवृत्तिका चाकडीबाज झोलेहरू, भारतीय एकाधिकारबादी, पूँजीवादी, विस्तारवाद र साम्राज्यवादीहरूको नेपाली शोषित पीडित जनतामाथि भैरहेको संयुक्त हमलाको जानकारी दिलाउने ज्ञानज्योति ।
सैद्धान्तिक चेतमा जनचेतना जनताका जनवादी अधिकारहरूको उद्बोधन । कविले भने तमसोमा ज्योतिर्गमय । अन्धकारतिर नजाउ उज्यालो तर्फ पाइलाचाल । संसार शिक्षा, प्रविधि, विज्ञान, कला, आविष्कार, उद्योग, वाणिज्य, अर्थ, व्यवसाय हरेक क्षेत्रमा अप्रत्यासित प्रगतिको बाटोमा लम्किरहेको छ ।
हाम्रा स्कूलका बालबालिकाहरू तुईन तर्दातर्दैै वीचैमा डोरी चुँडेर महाकाली, भेरी र कर्णालीका भेलहरूमा बगिरहेका छन । तुइन चढेर स्वास्थ्य चौकिमा सुत्केरी हुन जान लागेका प्रसुती ब्यथाले च्यापेका महिलाहरू यसैगरी तुईनमा झुण्डिएर नदी पार गर्दागदैं हात बाउँडिएर बीचैमा खस्दा पेटमा बच्चासितका कति ताराहरू खोलामा अस्ताएको घटनाहरू दिनकादिन दोहोरिने गर्छन् । तर त्यहाँ पुल बन्दैन, बरु अग्लाअग्ला भ्यू टावर बन्छन् । जनतालाई सहुलियत हुने पुल बन्दैनन् । सृष्टिको सबैभन्दा उत्कृष्ट रचना मानिस हो ।
मानिस मध्येपनि अझैं नारीहरू हुन् । हाम्रो नेताहरूले यो कुरा बुझन सकेनन् । त्यसैले तुइनलाई विस्थापित गरी पुल हाल्नुको सट्टा भ्यू टावर उनीहरूको लागि श्रेयष्कर लाग्यो । कमिसनका खेल र भ्रष्टाचारका काण्डहरू सत्तामा बसेकाहरूले सिर्जना गर्छन् । झोलेहरू हाँमा हाँ मिलाई थपडी वजाउने गर्छन् भने हुने यस्तै हो । अब यसलाई चिर्नुपर्छ ।
देशलाई अन्धकारतिर धकेल्ने प्रवृत्ति विरुद्ध एकताबद्ध हुनु जरुरी छ । नराम्रा हरेक कृत्यहरू प्रति आँखा चिम्लेर बोलीमा लोली मिलाउने झोलेहरूका दुष्कर्मका विरुद्ध जनता जाग्नैपर्छ । स्वर्गीय जनकवि लेखनाथ ज्ञवालीले आफना हरेक रचनामा यही सन्देश छोडेर गएका छन् । त्यो सन्देश हामीले भुल्नु हुदैन । स्वर्गीय जनकविप्रति हार्दिक श्रद्धाञ्जली ।