© २०२३
बर्दिया, १५ श्रावण ।
बर्दियाको राजापुर क्षेत्रमा रासायनिक मलको चरम अभाव पाइएको छ । धान रोपाइँको मुख्य सिजनमा मल नपाउँदा किसानहरू अत्यन्त चिन्तित र निराश भएका छन् । पर्याप्त वर्षा नभएपछि मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरूले मल नपाएपछि तनाव र चिन्तित बनेका छन् ।
राजापुर नगरपालिकाका स्थानीय कृषक अजय चौधरीका अनुसार, “धान खेतमा जमिसकेको छ तर मल नपाउँदा बाली सुक्न थालिसक्यो । कृषि कार्यालय र सहकारीमा धाउँदा पनि मल छैन भन्ने जवाफ मात्र पाइन्छ ।”
राजापुर नगरपालिका भित्र रहेका कृषि सहकारीहरूमा युरिया, डीएपी, र पोटास मलको अत्यन्तै अभाव रहेको देखिन्छ । कतिपय किसानहरू कालोबजारीका बिच महँगो मूल्यमा निजी स्रोतबाट मल खरिद गर्न बाध्य छन् । राजापुर नगरपालिकाका कृषि शाखाका अनुसार मल आपूर्ति केन्द्रबाट माग गरिए पनि ढुवानीमा ढिलाइ भइरहेको छ ।
रामकुमारी थारु “मलको माग अनुसार आपूर्ति हुन नसक्दा समस्या देखिएको बताइन । मल अभावकै कारण यस वर्षको धान उत्पादनमा प्रतिकूल असर पर्ने किसानहरूको चिन्ता छ । समयमा मल उपलब्ध नभए उत्पादन घट्ने र वर्षभरिको खाद्य सुरक्षामै असर पर्ने स्थानीय कृषि कृषक रामकुमारीले बताइन ।
कृषकहरू सरकारले तत्काल आपूर्ति प्रणालीलाई चुस्त बनाइ मलको सहज आपूर्ति सुनिश्चित गर्न आग्रह गरिरहेका छन् । मलको चरम अभाव समाधान गर्न प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराए पनि कुनै चासो देखिएको छैन ।
अन्नको भण्डार भनेर चिनिने बर्दिया र त्यसमा सबै भन्दा धान बढी उत्पादन हुने राजापुर क्षेत्रमा धान उत्पादनमा कमी भएपछि समस्या पनृ सक्ने देखिन्छ ।