ट्रेंडिंग:

>> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ? >> हिमाली जिल्लामा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो >> उपमेयर राई राजीनामा दिने तयारीमा, बाँके क्षेत्र नं. २ बाट चुनाव लड्ने >> बालेनले सम्बोधन गर्ने ‘परिवर्तन उद्घोष सभा’ जनकपुरधाममा सुरु >> पूर्णबहादुर खड्का प्रतिनिधिसभा चुनाव नलड्ने >> रास्वपाबाट धादिङ–१ मा आशिका तामाङ उम्मेदवार >> स्पेनमा रेल दुर्घटना : मृत्यु हुनेको संख्या ३९ पुग्यो >> सुनचाँदीको भाउमा फेरि कीर्तिमान, सुन तोलाको २ लाख ८२ हजार >> प्रचण्डका पूर्व स्वकीयले पाए टिकट, ज्वाला र बस्नेत बाहिरिए >> कपिलवस्तु सामुदायिक अस्पतालका नवनिर्वाचित पदाधिकारीद्वारा शपथ ग्रहण >> कांग्रेसले आज उम्मेदवारको टुंगो लगाउने >> युवा तथा खेलकुदमन्त्री गुप्ताले दिए राजीनामा >> लुम्बिनीमा पर्यटक सूचना केन्द्र >> देशले काँध खोजिरह्यो, युवा बाटो खोजिरहे ! >> नेपालमा जैविक खेतीको सम्भावना र चुनौती >> निर्वाचन आचारसंहिता कार्यान्वयन: सरकारी नियुक्ति, सरुवा र बढुवा आजदेखि बन्द >> ग्याँस सिलिन्डर दुर्घटना र सावधानी  >> अलपत्र सडक योजनामा १८ करोड बजेट सुनिश्चित >> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने
आज खीर दिवस

दूधको उत्पादन बढाउन प्रोत्साहन गर 

१५ श्रावण २०८२, बिहीबार
१५ श्रावण २०८२, बिहीबार

नेपाली समाजमा साउन १५ को विशिष्ट महत्त्व छ । आदि परम्परादेखि नै घर घरमा चेलीबेटी बोलाउने र साउन १५ को दिन खीर खाने प्रचलन अहिले पनि कायमै छ । हरेक वर्ष साउन १ गतेदेखि नै नेपालीहरूको चाडपर्व सुरु हुन्छ ।

त्यसमा साउन १५ को दिनलाई खीर खाने दिनको रूपमा नेपालीहरूमा परम्परा बनिसकेको छ । खास गरी पहाडमा जहाँ घर घरमा दूध उत्पादन हुन्छ, ती स्थानमा खीर खाने मौलिक परम्परा छ । तराईमा पनि यो दिनलाई विशेष पर्वको रूपमा मनाउने प्रचलन सुरु हुँदै छ ।

खीर दिवस मनाई रहँदा खीरका लागि चाहिने दूध उत्पादन गर्ने कृषकलाई भने प्रोत्साहन छैन । त्यसो त राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ गतेको दिनलाई खीर खाने दिन अर्थात् खीर दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

त्यसयता सरकारी स्तरबाट हरेक वर्ष साउन १५ गते खीर दिवस मनाउने औपचारितका पूरा हुँदै आएको छ । अर्थात खीर दिवस साउन १५ गते मनाउने गरिएको छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ गते खीर खाने नेपाल परम्परा प्राचीन कालदेखिको परम्परा हो ।

तर, पछिल्लो समय खीरको महत्त्व घटदै गएको हो कि भन्ने आभाष हुन थालेको छ । संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण खाना एवं खाजाको रूपमा प्रयोग हुँदै आएको छ ।

पहिलेदेखि नै नेपाली समाजमा बर्षामा खेतीपाती गरेर थाकेका कृषकहरू खीर खाएर थकाई मार्ने र मनोरञ्जन गर्ने परम्परा रहेको थियो । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको भनाई पनि छ ।

दूधमा मरमसला लगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । खीरको बिषय जीवजन्तुसंग पनि जोडिएको छ । साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि खीर खान पाईन्छ ।

त्यही भएर साउन १५ गतेलाई खीर दिवसको रूपमा मनाउने प्रचलन सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिको भनाई छ । अर्कोतर्फ साउनदेखि चाडपर्व सुरु हुने र साउन १५ गतेकै दिन चेलीबेटीलाई घरमा बोलाएर खीर खुवाउने परम्परा चलेको हो तर अहिले खीर परम्परा पहाडमा चलिरहेपनि सहरमा भने प्रायः लोप भैसकेको अवस्था छ । युवा पुस्ता खीर भन्दा पनि तयारी खाजा र खानातर्फ बढी आकर्षित भएका छन ।

साउन भगवान् शिवको महिना पनि हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाउने परम्परा रहेको छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रीहरूको मत छ ।

ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् ।

दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने चिकित्सकहरूको भनाई छ । पछिल्लोसमय पहाडबाट बढ्दो बसाईसराईका कारण गाउँघरमा गाई भैँसी पाल्ने चलन कम हुँदै गएको छ ।

विगतका समयमा प्रत्येक घरमा गाईभैँसी पालेर दूध, दही, मोही, नौनी खाने चलन अहिले हराउँदै गएकाले वर्षको एक दिनमात्र भएपनि परम्परा धान्ने र अरूलाई देखाउनकै लागि भएपनि खीर खानुपर्ने बाध्यता छ ।

यही बाध्यतालाई अव जीवन्त बनाउनु आवश्यक छ । किसानले उत्पादन गर्ने दूधकै कारण खीर दिवस मनाउन पाईएको कुरा ह्दयंगम गरौं । तसर्थ दूधको उत्पादन बढाउन सरकारले दूध उत्पादक किसानलाई प्रोत्साहित गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?