ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

डिंगरनगर सहकारीको अडिट रिपोर्ट : १२ करोड हिनामिना, २५ करोड अपचलन, ८५ करोड नीतिगत घोटाला

१५ श्रावण २०८२, बिहीबार
१५ श्रावण २०८२, बिहीबार

बुटवल, १५ साउन ।

रुपन्देहीको तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा १२ करोड हिनामिना र २५ करोड रुपियाँ अपचलन भएको पुष्टी भएको छ । सहकारीमा नीतिगत अपचलन भने करिव ८५ करोड भएको देखिएको छ ।

सहकारीमा अपचलन भएपछि यसको सत्यतथ्य पत्ता लगाउन ७ जना स्वतन्त्र लेखापरीक्षकहरु दुई साता भन्दा अगाडिदेखि खटिएका थिए । उनीहरुले बुधबार अन्तिम रिपोर्ट तयार गर्दै कार्यसमितिलाई बुझाएका छन् ।

कार्यसमितिले उक्त अडिट रिपोर्ट प्रदेश सहकारी रजिष्टार कार्यालयमा पठाएको छ । अव प्रदेश सहकारी रजिष्टार कार्यालयले अडिट रिपोर्टको अध्ययन गरेपछि थप कारवाही अगाडि बढ्ने भएको छ ।

अडिट रिपोर्ट तयार भएपनि सार्वजनिक भने गरिएको छ । तर स्रोतका अनुसार रिपोर्टमा १२ करोड हिनामिना, २५ करोड अपचलन र ८५ करोडको हाराहारीमा नीतिगत अपचलन भएको पुष्टी भएको छ । स्वतन्त्र लेखा परीक्षक मध्येका एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा भने–“ठूलो रकम हिनामिना र अपचलन भएको देखिएको छ, तर हामीले रिपोर्ट सार्वजनिक गर्न मिलेन, हामीले कार्यसमितिलाई जस्ताको तस्तै प्रतिवेदन बुझाएका छौं ।”

सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा क्षेत्री लामो समयदेखि फरार रहेकाले बचतकर्ताहरु अन्यौलमा परेका छन् । उनीहरुले आफूहरुको बचत फिर्ता गर्न माग गर्दै दिनहुँ प्रदर्शन गरिरहेका छन् ।

सहकारी अध्यक्ष तिवारीकी श्रीमती शारदा तिवारीले आफ्नै पहलमा करिब ७ करोड रुपैयाँ सहकारीमार्फत बचतकर्तालाई फिर्ता गराउने प्रस्ताव राखेपनि अन्तिममा त्यो भाँडिएको थियो । बुधबार सम्पन्न छलफलमा उनले आफ्नो तर्फबाट उक्त रकम जुटाउने र समन्वय समितिमार्फत वितरण गर्न तयार भएको बताएकी थिइन् । तर, शारदाको यो सहमति पछि उनका जेठाजु हरि तिवारीको असहमतिले सारा प्रक्रिया अवरुद्ध भएको समन्वय समितिका एक सदस्यले जानकारी दिएका छन् ।

“शारदाजीले सकारात्मक भूमिका खेल्दै रकम उपलब्ध गराउने वाचा गर्नुभएको थियो। तर अन्तिम निर्णयका लागि उनका जेठाजु हरि तिवारीको सहमति आवश्यक प¥यो। उहाँले समर्थन नगरेपछि सारा प्रक्रिया रोकियो,” समितिका एक सदस्यले भने । हरि तिवारी यसै संस्थाका सल्लाहकार पनि हुन् र पनि कार्यसमितिको मिटिङमा सहभागी हुन नमानेको सञ्चालकहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?