ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

एक कर्मचारीको भरमा चलिरहेको पशु सेवा केन्द्र

१५ श्रावण २०८२, बिहीबार
१५ श्रावण २०८२, बिहीबार
  • सुनवल नगरपालिका–२, रजहवास्थित पशु सेवा केन्द्रमा आवश्यक जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । 

  • हाल केन्द्रमा ना.प्रा.स. चौथो तहका कर्मचारी धनराज मगर एक्लै कार्यरत छन् ।

  • केन्द्रको भवन निर्माण २ वर्षअघि सम्पन्न भए पनि आवश्यक कर्मचारी नहुँदा सेवा प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन ।

 

नवलपरासी, १५ साउन ।

जिल्लाको सुनवल नगरपालिका–२ रजहवा स्थित पशु सेवाका लागि पशु सेवा केन्द्रमा जनशक्ति अभावले समस्या भएको छ ।

उचित जनशक्तिको व्यवस्थापन नहुँदा सेवा दिन कठिन भएको केन्द्रले जनाएको छ । केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको दुई वर्षपछि केन्द्र सञ्चालनमा आएको थियो ।

नगरपालिकाले कर्मचारी तथा पशु चिकित्सालाई आवश्यक सर्जिकल र औषधिको व्यवस्थापन गरी केन्द्रको औपचारिक उद्घाटन गरी सञ्चालनमा ल्याएको भए पनि एक जना नाप्रास चौथो तहको कर्मचारीको भरमा केन्द्र सञ्चालनमा छ ।

यसका लागि वडा कार्यालय मार्फत जानकारी गराउँदै आएको भए पनि अहिलेसम्म जनशक्ति व्यवस्थापन भएको छैन ।  सो केन्द्रमा अहिले ना.प्रा.स. चौथो तहका कर्मचारी धनराज मगर एक जना मात्र कार्यरत छन् ।

उनका अनुसार दैनिक जसो १० देखि १५ जना किसानहरू सेवा लिन आउने गर्छन् । गोबर र दूधको परीक्षण गरिन्छ । निःशुल्क रेबिज भ्याक्सिन, पशुलाई टनिक, ज्वरोको औषधि लगायतका सेवा प्रदान गरिँदै आएको उनले सुनाए ।

‘जटिल प्रकारका समस्या आएमा पशु सेवा शाखामा फोन गरेर पशु प्राविधिक बोलाउन परेको छ । अधिकृत, चिकित्सक स्तरको कर्मचारी आवश्यक देखिन्छ । एक्लो हुँदा धेरै समस्या भइरहेको उनले गुनासो गरे ।

यसबारे जनप्रतिनिधिहरूले पहल गरिदिन प¥यो । प्रचार प्रसारको पनि समस्या छ, उनले भने–‘यसबारे प्रचार प्रसारमा पहल गरिदिँदा राम्रो हुन्छ । पूर्वाधार पर्याप्त छ,’ उनले थपे, तर जनशक्ति थपियो भने सेवा गुणस्तर बढ्ने र धेरै भन्दा धेरै किसानले यहीँबाट सेवा पाउने छन् ।’

स्थानीयवासीले पटक–पटक केन्द्र सञ्चालनका लागि नगरपालिकासँग माग गर्दै आएका थिए । तर भवनको निर्माण कार्य सम्पन्न भएपछि उक्त केन्द्र सञ्चालन गर्न दुई वर्ष लागेको थियो ।

चौतर्फी दबाबले गत मङ्सिर ८ गते नगरप्रमुख विमला अर्यालले उक्त केन्द्रको सञ्चालन गर्न तयार भएकी थिइन् । उनले सो केन्द्र उद्घाटन गर्दै केन्द्रले यहाँका पशु पालक किसानलाई राहत पुग्ने बताएकी थिइन् । नगरपालिका भए पनि कृषिलाई प्राथमिकतामै राखेर काम हुँदै आएको बताउँदै उनी भनेकी थिइन् ।

स्थानीय किसानहरूले नगरपालिका नेतृत्वको सो केन्द्रप्रति उदासीन हुँदा भवन बनेको दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको सो वडाध्यक्ष बिरबल चौधरीले बताए ।

साबिक स्वाठी गाविसमा भएको उक्त केन्द्रलाई हालको नगरपालिका नेतृत्वले उपेक्षा मै राखेका कारण सञ्चालनमा ल्याउन नखोजिएको आरोप समेत स्थानीयवासीले लगाउँदै आएका छन् ।

अहिले जनशक्ति नथप्दा सेवा प्रवाहमा समस्या भइरहेको आरोप लगाउँदै आएका छन् । जनताको गुनासो नगरपालिकामा राख्दै आएको सो वडाका वडाध्यक्ष राजेन्द्र यादवले बताएका थिए ।

‘नगरपालिका प्राविधिक सेवा भन्दा प्रशासनिक सेवाप्रति उद्धत देखिएको छ,’ उनले भने–‘अहिले हालै मात्र वडा वडाबाट सेवा दिँदै आएका १० जना करार सेवाका प्राविधिकको म्याद नथप्ने भनेर नगरपालिकाले छल गर्दै सूचना जारी गरेको सुनिएको छ ।

तर १८ जना जनप्रतिनिधिले सो निर्णय विरुद्ध हस्ताक्षर गरी नगर प्रशासनलाई करार सेवाका प्राविधिकलाई निरन्तरता दिन माग गर्दै उजुरी दर्ता गराएका छन् ।’ यता जनशक्तिको विषयमा औपचारिक रूपमा नगरलाई जानकारी नआएको सुनवल नगरपालिकाकी नगरप्रमुख विमला अर्यालले बताइन् ।

बाहिर त्यसरी कुरा गरेको भए पनि औपचारिक रूपमा एजेन्डा बनाएर वडाध्यक्षले यो विषय नल्याएको उनको भनाइ छ । शाखासँग समन्वय गरेर जनशक्तिको सक्दो छिटो व्यवस्थापन गर्ने नगर प्रमुख अर्यालले बताइन् ।  साबिक स्वाठी गाविसमा अधिकांश कृषकहरूको बसोबास भएको वडा हो । पशुपालन र कृषिमा नै ती वडाका बासिन्दाहरूको जनजीवन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?