Butwal Today

एलडीसी ग्र्याजुएसनसम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा प्रस्तुत

१४ श्रावण २०८२, बुधबार
अ+
अ-

काठमाडौं, १४ साउन ।

नेपालले अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडीसी ग्र्याजुएसन) गर्ने प्रक्रासम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा प्रस्तुत गरिएको छ।

बुधबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले उक्त प्रतिवेदन सभा समक्ष पेश गरिन्।

समितिले यसअघि तयार पारेको ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ औपचारिक रूपमा प्रस्तुत गरिएको हो। प्रतिवेदनमार्फत एलडीसी ग्र्याजुएसनपछि नेपाललाई विभिन्न क्षेत्रमा सकारात्मक लाभ हुने विश्वास व्यक्त गरिएको छ।

सभापति पन्तले एलडीसीबाट विकासशील राष्ट्रमा स्तरोन्नतिपछि नेपालको अन्तर्राष्ट्रिय छविमा सुधार आउने, राष्ट्रको साख र विश्वसनीयता बढ्ने, साथै नेपाललाई उदीयमान अर्थतन्त्रका रूपमा विश्वले चिन्न थाल्ने विश्वास व्यक्त गरिन्।

प्रतिवेदनमा विदेशी लगानीकर्ताको विश्वास बढ्ने, नेपालको कूटनीतिक प्रभाव अन्तर्राष्ट्रिय मञ्चमा बलियो बन्ने, र आर्थिक क्षेत्रमा पनि प्रत्यक्ष लाभ देखिने उल्लेख छ। पूँजी बजारमा सहज पहुँच, वैदेशिक लगानीमा वृद्धि, तथा विविध वित्तीय विकल्पहरू उपलब्ध हुने अपेक्षा समितिको छ।

साथै, व्यापार वार्तामा नेपालको हैसियत सुदृढ हुने, स्वदेशी उद्योगहरू प्रतिस्पर्धी बन्ने वातावरण तयार हुने, र समृद्धिको दिशातर्फ अगाडि बढ्न नयाँ अवसरहरू सिर्जना हुने सम्भावना प्रतिवेदनमा देखाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?