ट्रेंडिंग:

>> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण

धानको संकटपछि बाणगंगामा कोदोको विकल्प परीक्षण

१४ श्रावण २०८२, बुधबार
१४ श्रावण २०८२, बुधबार

जितपुर, १४ साउन ।

धान खेतीमा समस्या बढ्दै गएपछि कपिलवस्तुको बाणगंगा नगरपालिका–८, मधुवनमा धानको विकल्पको रूपमा कोदो खेतीको परीक्षण सुरु गरिएको छ । सुख्खा मौसम र अनियमित वर्षाका कारण खेतमा पानीको अभाव देखिन थालेपछि वैकल्पिक अन्नबालीको खोजी स्वरूप कोदो खेती परीक्षण थालिएको हो ।

कोदो खेतीको परीक्षणका लागि मधुवनमा २ कट्ठा क्षेत्रफलमा १०/१० मिटरको ब्लकमा ११ प्रजातिका कोदो रोपिएको छ । कोदोको उत्पादन क्षमता, वातावरणीय सहनशीलता र खेतीको लागि खेतलाई दुई भागमा विभाजन गरिएको छ ।

एक भागमा प्राङ्गारिक मल (गँड्यौला रहेको गोठेको मल) प्रयोग गरिएको छ भने अर्को भागमा रासायनिक मल (युरिया) हालिएको छ । यस प्रयोगबाट कोदो बालीमा मलको प्रभाव मूल्याङ्कन गरिनेछ, जसले भविष्यमा मलको विकल्पसमेत तय गर्न मद्दत गर्ने कृषि अनुसन्धानविद् डा. मुकुन्द भट्टराईले बताए ।

भट्टराईका अनुसार कोदो सुख्खा र अलि–अलि पानी भएको अवस्थामा समेत उत्पादन गर्न सक्ने भएकाले जलवायु परिवर्तनका कारण असहज बन्दै गएको धान खेतीको उपयुक्त विकल्प बन्न सक्ने उनको भनाइ छ ।

“केही दिन मात्र पानी नपरे पनि धान सुक्न थालेको देखिन्छ, तर त्यसै समयभित्र कोदो भने हरियालीसाथ बढिरहेको देखिन्छ,” डा. भट्टराईले भने । उनका अनुसार कोदोका केही प्रजातिहरू सामान्य वर्षाले पनि सन्तोषजनक उत्पादन दिन सक्ने क्षमता राख्ने उनले बताए ।

परीक्षण कार्यक्रम कृषि आनुवंशिक स्रोत केन्द्र, खुमलटार ललितपुरको समन्वयमा तथा विश्व खाद्य सुरक्षाको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो ।

यसअघि नेपालगन्जमा सफल परीक्षण गरिसकेका डा. भट्टराईले कपिलवस्तुमा समेत कोदो खेतीले सकारात्मक नतिजा दिने जनाए ।उनले कोदो उत्पादनले स्थानीय खाद्य सुरक्षामा उल्लेखनीय योगदान दिन सक्ने भन्दै ग्रामीण जीवनशैलीमा आधारित कृषि प्रणालीलाई बल दिने बताए ।

सस्तो, पोसिलो र सजिलो उत्पादनका हिसाबले कोदो खेती ग्रामीण क्षेत्रका लागि उपयुक्त बाली बन्न सक्ने उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?