ट्रेंडिंग:

>> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

राजा भर्तृहरिको वैराग्य र वर्तमान समाज

१४ श्रावण २०८२, बुधबार
१४ श्रावण २०८२, बुधबार

संस्कृत भाषा विश्वका भाषाहरूमा सबैभन्दा प्राचीन र सुसंस्कृत मानिन्छ । हाम्रा पौरस्त्य जगत्का व्याकरण, साहित्य, तन्त्र, ज्योतिष, आयुर्वेद आदि विभिन्न विषयहरू संस्कृत भाषामैँ लेखिएका छन् ।

त्यसैले त यी विषयहरू जान्नका लागि संस्कृत भाषाको अनिवार्य रूपमा ज्ञान हुनु आवश्यक मानिन्छ । संस्कृत भाषामा लेखिएका यी विभिन्न विषयहरूमध्ये साहित्य विषय अति विशाल, अनुपम, रसिलो र महत्वपूर्ण छ । यसो हुनुमा यसमा प्रयोग भएका रीति, वक्रोक्ति, अलङ्कार, छन्द आदिको अनुपम प्रयोग हो । त्यसैले संस्कृत साहित्यमा प्रकट भएका ज्ञान, वैराग्य आदिका जुनसुकै प्रसङ्ग पनि अति सुरम्य र सुललित छन् ।

संस्कृत साहित्यको लोकप्रियतामा कालिदास, वामन, भर्तृहरि, मम्मट, भरत आदि विभिन्न आचार्यहरूको महत्वपूर्ण योगदान रहेको छ । यहाँ तिनै आचार्यहरूमध्ये कवि राजा भर्तृहरि जसले आफ्नो जीवनमा पाएको वैराग्य र वर्तमान समाजलाई छुन नसकेको वैराग्यका बारेमा केही चर्चा गर्न खोजिएको छ ।

राजा भर्तृहरिको समयका बारेमा खासै निष्कर्ष नभएतापनि धेरै विद्वान्हरूको मत साउनको समय वैक्रमाब्दको लगभग आठौँ शताब्दीतिर भन्ने मानिएको छ । उनी राजा मात्र नभएर संस्कृत साहित्य क्षेत्रका ठूला विद्वान् पनि थिए भन्ने कुरा त माथि पनि उल्लेख गरिसकियो । जीवनमा उनले लेखेको प्रसिद्ध पुस्तक भर्तृहरि शतकत्रयम् हो ।

यस पुस्तकमा उनले नीति, श्रृङ्गार र वैराग्यसम्बन्धि सय सयवटा श्लोकहरूको रचना गरेका छन् । नीतिमा चाहिँ सयभन्दा नौवटा बढी श्लोकहरू रहेका छन् । पहिलो खण्ड नीति शतकमा भएका नीति नियमका विषयहरू नैतिक शिक्षाको ह्रास भइरहेको वर्तमान समाजमा अत्यन्तै उपयोगी देखिन्छन् । जान्नपर्ने विषय केहीपनि नजानेका तर अरूका बलले घोकाइ र रटाइका माध्यमले कतै झुण्डिन पुगी भुइँ न भाँडामा भएका हामीहरूलाई यस नीति भागका माध्यमले गहिरो गरी उपदेश दिएका छन् ।

उनले भन्दछन् –“जब मैले अलिकतिमात्र जानेको थिएँ, त्यसबेला म मदोन्मत्त हात्ती जस्तो रहेको थिएँ । त्यतिखेर मैले आफुले जस्तो जानेको कोही छैन भन्दै टाउको हल्लाएर मात्र हिँड्थेँ । तर जब म विद्वान्हरूका सङ्गतले अलिअलि जान्ने भएँ त बल्ल म त मूर्ख पो रहेछु भन्ने जानेर ममा भएको त्यो तातो ग्याँस हट्न पुग्यो” ।

त्यस्तै उनले यहाँ सबैको औषधी रहेको तर मूर्खको संसारमा औषधी नै नरहेको विषयलाई पनि विभिन्न उपमाका माध्यमले स्पष्ट बनाएका छन् । विद्या, सत्सङ्ग, दान, सेवा, सत्यनिष्ठता आदिको महिमा गान गाउँदै दुर्जन व्यक्तिबाट सधैँ टाढा रहनुपर्ने नियमकाबारेमा उनले यस भागमा विशेष उल्लेख गरेका छन् ।

त्यस्तै भर्तृहरिको यस पुस्तकको दोस्रो खण्डमा उनले श्रृङ्गारिक विषयका बारेमा वर्णन गरेका छन् । उनले यसमा नायिकाहरूको अङ्ग प्रत्यङ्गका बारेमा चर्चा गर्दै उनीहरूका हाउभाउ आदिकाबारेमा विभिन्न उपमाका माध्यमले वर्णन गरेका छन् । गृहस्थाश्रममा रहँदा आफ्नी पत्नीप्रति प्रेमभाव राख्दै शास्त्रीय नीति नियमका आधारमा उनीबाट सधैँ सकारात्मक ऊर्जा प्राप्त गर्दै जीवन चलाउनकालागि पनि उनले यस खण्डमा साह्रै नै रमाइला श्लोकका माध्यमले नारीहरूको प्रशंसा गरेका छन् । उनीहरूसँगको संसर्गलाई स्वर्ग सँगै तुलना गरेका छन् ।

भर्तृहरिको पुस्तकको अन्तिम खण्ड वैराग्य शतकम् हो । उनले लेखेका नीति र श्रृङ्गार शतकम् भन्दा अलि भिन्न खालका विषय यस खण्डमा राखिएका छन् । नीति नियमका उत्साहित विषयका साथ सुरु गरेका उनले स्त्रीहरूको बेजोड प्रशंसा गर्न पनि भ्याए भने अन्तिममा उनै स्त्रीहरू केही होइनन्, आखिर यो भोगी जीवन भनेको नै रोगीमय दुःखी जीवन हो भन्ने खालले प्रस्तुत भएका छन् । उनलाई यस खालको वैराग्य चाहिँ उनकै महारानीकै कारणले आएको हो भन्ने मान्यता रहिआएको छ ।

जसको प्रसङ्ग यसरी रहेको छ –“कुनै एकजना ऋषिले तपस्याबाट प्राप्त अमर हुने फललाई आफ्ना लागि भन्दापनि प्रजापालक राजालाई उचित हुने ठानी राजा भर्तृहरिलाई ल्याएर दिन्छन् । भर्तृहरिले फेरि त्यो फल आफुलाई भन्दा आफ्नी परमप्रिया रानीलाई दिन्छन् । रानीले फेरि त्यो फल उनको परमप्रिय गुप्त प्रेमीलाई दिन्छिन् ।

गुप्तप्रेमीले फेरि त्यो अमर फल आफ्नी परमप्रिया रहेकी कुनै वेश्यालाई लगेर दिन्छ । वेश्याले फेरि त्यो फल आफूले खाएर यो सबैसँग बस्नपर्ने दुःखी जीवनलाई अमर बनाउनभन्दा प्रजापालक राजालाई खुवाई उनलाई अमर बनाउन उपयुक्त हुने ठानी राजालाई ल्याएर दिन्छिन् । राजा अचम्मित हुन्छन् । पुरा घटनाका बारेमा थाहा पाउँछन् । आफ्नी परमप्रिया महारानीबाट भएको धोकाबाट उनी स्तब्ध हुन्छन् । अनि यसरी काव्यको रचना गर्दछन् –

यां चिन्तयामि सततं मयि साविरक्ता
साऽप्यन्यमिच्छति जनं सजनोऽन्यसक्तः ।
अस्मत्कृते च परिशुष्यतिकाचिदन्या
धिक् तां च तं च मदनं च इमां च मां च ।।

अर्थात् म जसका बारेमा निरन्तर चिन्तित छु उनी मेरी महारानी मबाट विरक्त छिन् । मप्र ितउनको घृणाको भाव छ भने उनको प्रेम अन्य कुनै गुप्तप्रेमीमा छ । फेरि मेरी रानीको त्यो गुप्तप्रेमी उनलाई माया नगरेर अर्की वेश्या नारीप्रति आकर्षित छ । फेरि ती वेश्या नारीको प्रेम त्यो मानिस प्रति नभएर मप्रति छ । त्यसैले तां भनेकी ती मेरी रानीलाई, तं भनेको रानीको प्रेमीलाई, मदनं भनेको कामदेवलाई, इमां भनेको यी वेश्या नारीलाई रमां भनेको मलाई पनि धिक्कार छ ।

यसरी यस घटनाबाट अर्थात् आफ्नो जीवन नै उनैका लागि अर्पेका राजाले उनीबाट धोका पाउँदा वैराग्य उत्पन्न भई आफ्नो राजकाज त्याग गरी जङ्गल पस्दछन् । वर्तमान हाम्रो समाजपनि राजा भतृहरिलाई झुक्याए जस्तो झुक्याउनेहरूको ठूलै समूहले युक्त छ । विदेशतिर गएका श्रीमान्हरूलाई एवम् स्वदेशमैँपनि आफ्नो आधा अङ्ग मानेर खाइ नखाई पालेका श्रीमतीहरूले धोका दिएर श्रीमान्लाई घर न घाट बनाएका छन् । यति हुँदापनि श्रीमान्हरूमा भने भर्तृहरिमा जस्तै वैराग्य उत्पन्न हुन सकेको छैन ।

एकजना वेठिक भए अर्की राम्री छन् कि भन्दै पुनः उमेर अवस्था नै ख्याल नगरी मातापिताको सेवामा नलागी पुनः नारी सङ्ग्रहमा नै लागिरहेको छ । अथवा श्रीमतीले जतिसुकै धोका दिएपनि उसले देखेको नदेख्यै गरेर बसेको छ । नारीहरू पनि पुरुषहरूद्वारा झुक्काइएका छन् । विहे गरेर यसो गर्छु र उसो गर्छु भन्नेहरूका पत्नीहरू अघोषित सौताहरूको पीडामा रहनुपरेको छ ।

उत्तिखेरै श्रीमान् त्याग्ने, अनि कतै हिँड्ने, पुनः फेरि त्यही श्रीमानसँग आउने र पुनः उसलाई लुटेर पुनः अर्कोतिर लाग्ने खालले समाजका केही महिलाहरू लागेका छन् । पुरुषहरू पनि आफ्नी प्रियतमामा विश्वास नलागेर अनावश्यक रूपमा के के खोज्दै हिँडिरहेका छन् । यहाँ यस खालका घटनाहरूले त भर्तृहरिलाई जस्तो वैराग्य आउनुपथ्र्यो ।

तर त्यसो हुन सकेको छैन । किनकि वर्तमान समाज उही शारीरिक प्रेममा फसेको छ । शरीरमा तागत हुन्जेल सबै सबैका प्रिय छन् तर शरीरमा तागत सक्किएपछि परिवारका सामान्य अप्ठ्याराहरू पनि पहाड बनाउँदै नयाँ अवसरको खोजी गर्ने समाजको निर्माण भइरहेको छ । पत्नीले अनेकपटक लात्ताले हान्दा पनि वैराग्य आउन सकेको छैन ।

पतिको आफुप्रतिको धोकाका साथ अनुशासनविहीन कार्य गर्दा पनि ईश्वर प्रेम आउन सकेको छैन । आउँछ त केवल बदलाको भाव । त्यही बदलाको भावको आगाको ज्वालामा आफ्नो आयु दिन प्रतिदिन नष्ट भइरहँदापनि हामीलाई भने वैराग्यले छुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?