ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

थारू समुदायले मनाउने गुरही पर्व सम्पन्न

१४ श्रावण २०८२, बुधबार
१४ श्रावण २०८२, बुधबार

‎बर्दिया, १४ साउन ।

थारू समुदायले आज आफ्ना मौलिक धार्मिक र सांस्कृतिक चाडमध्ये एक महत्वपूर्ण पर्व गुरही (गुरिया) विविध धार्मिक विधि सहित हर्षोल्लासका साथ मनाएका छन्।

गुरही पर्व विशेषगरी छोरीबेटीको रक्षा, स्नेह र समृद्धिको कामना गर्दै मनाइने परम्परागत चाड हो। यस अवसरमा थारू महिलाहरूले परम्परागत भेषभूषा र सांस्कृतिक गीतसंगीतका साथ पूजाआजा गर्दछन । सानी केटीहरूको नाममा माटो, कपडा वा बाँसबाट गुरही (गुड़िया) बनाएर सिँगारिन्छ, अनि ती गुरहीलाई घरको आँगन, गाउँको चोक वा तुलसी मञ्चमा राखी पूजा गरिन्छ।

बर्दिया, बाँके, कैलाली, कञ्चनपुर लगायत थारू बहुल जिल्लाहरूमा यो पर्व विशेष उत्साह र उमंगका साथ मनाइएको हो। स्थान–स्थानमा युवतीहरू नाचगानमा रमाइरहेका थिए भने बृद्धबृद्धा र पूजारीहरूले परम्परागत संस्कारअनुसार पूजा–अर्चना गरी चेलीबेटीको सुख, सुरक्षा र समृद्धिको कामना गरे।

बढैयाताल गाउँपालिका–५ का स्थानीय अगुवा राकेश थारूले भने, “गुरही पर्व हाम्रो संस्कृति र छोरीबेटीप्रतिको माया–स्नेहको प्रतीक हो। यो हाम्रो पुर्खाबाट चलिआएको परम्परा हो, जसलाई हामी आज पनि गर्वका साथ मनाइरहेका छौं।”

पर्वको अवसरमा गाउँमा सामूहिक भोज, रोचक खेलकुद कार्यक्रम, परम्परागत नाचगान र आपसी मेलमिलापका कार्यक्रमहरू पनि सम्पन्न भए।

संस्कृतिकर्मीहरूका अनुसार यस्तो मौलिक पर्वको निरन्तरता, संरक्षण र प्रवर्द्धनका लागि स्थानीय निकाय, समुदाय तथा विशेषगरी युवा पुस्ताको सक्रियता आवश्यक छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?