ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

डिंगरनगर दूरगामी सहकारीः अध्यक्ष र सचिवकी श्रीमतीलाई भित्रै थुनेर बचतकर्ताको लगातार प्रदर्शन

१४ श्रावण २०८२, बुधबार
१४ श्रावण २०८२, बुधबार

बुटवल, १४ साउन ।

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्री बचतकर्ताको करोडौं अपचलन गरी फरार भएपछि प्रहरीले दुवैजनाका श्रीमतीलाई नियन्त्रणमा लिएर छलफल गराएको छ ।

बुधबार अपरान्हदेखि बचतकर्ता र अध्यक्ष तिवारीकी श्रीमती शारदा तिवारी र सचिवको श्रीमती गीतादेवी पन्थीबीच छलफल भएपनि कुनै सहमति नभएपछि पीडित बचतकर्ताले सहकारीको कार्यालयबाट उनीहरुलाई रातभर निस्कन दिएनन् ।

छलफलमा अध्यक्ष तिवारीकी पत्नी शारदाले अपचलन र हिनामिना भएको रकमको जिम्मेवारी अध्यक्ष र सचिव मात्र नभई सिंगो सञ्चालक समितिले लिनुपर्ने तर्क गरेकी थिइन् । बचतकर्ताहरुले उनको तर्क अस्वीकार गर्दै तिवारीलाई यथाशीघ्र उपस्थित गराउनुपर्ने अन्यथा सम्पति र जायजेथा बिक्री गरेर बचत फिर्ता गर्नुपर्ने माग गरेका थिए ।

बचत फिर्ताको सुनिश्चित नहुँदासम्म घर घेराउ आन्दोलन जारी रहने बचतकर्ता बसन्त शर्माले बताए । छलफलमा सहकारीका उपाध्यक्ष बलराम न्यौपाने, कोषाध्यक्ष सुरेन्द्र बज्राचार्य, सह–कोषाध्यक्ष केशरी पाण्डेले आफूहरु बचतकर्ताको रकम छिटो फिर्ता हुनुपर्ने र त्यसका लागि फरार अध्यक्ष र सचिवलाई छिटो सम्पर्कमा ल्याउन प्रहरी प्रशासनसँग माग गरे ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी गणेश सापकोटाले फरार अध्यक्ष र सचिवको खोजी जारी रहेको र छिटै पक्राउ पर्ने दाबी गरे ।

मंगलबार अपरान्हदेखि सुरु भएको सहकारी कार्यालय घेराउ कार्यक्रम अहिले पनि जारी छ । अध्यक्ष र सचिवकी श्रीमतीलाई बचतकर्ताले कार्यालयबाट निस्कन दिएका छैनन् भने प्रहरीले बाहिरबाट सुरक्षा दिइरहेको छ । पीडितहरुले अध्यक्ष र सचिवलाई तत्काल झिकाउन माग गर्दै बचत फिर्ता नभएसम्म आन्दोलन नरोक्ने बताएका छन् ।

असार १७ देखि फरार दुवैजनाविरुद्ध रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । तर, प्रहरी उनीहरूको खोजीमा गम्भीर नभएको भन्दै बचतकर्ता आक्रोशित छन् ।

राजनीतिक संरक्षणको आरोप

तिवारी र थापा दुबै स्थानीय नेपाली कांग्रेसका सक्रिय नेता हुन् । पीडितहरूले उनीहरूलाई कांग्रेसले संरक्षण गरेको आरोप लगाएका छन् । सञ्चालक समिति र विभिन्न उपसमितिमा बसेकाहरु अधिकांश कांग्रेस निकटकै छन् । गृहमन्त्रालय पनि कांग्रेस नेतृत्वमा रहेकाले राज्य संयन्त्र पनि निष्क्रिय भएको बचतकर्ताको आरोप छ ।

सहकारीका व्यवस्थापक वसन्त पराजुलीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनले बयानमा सहकारी अध्यक्ष र सचिवको निर्देशनमा काम गरेको, जबर्जस्ती बाँकी रकमको तमसुक गराइएको र आफूले करिब २ देखि ३ करोड रुपैयाँ चलाएको स्वीकार गरेका छन् । तर, कार्यालयमा नै उनले करिब ९ करोड रकम अपचलन गरेको तमसुक नै भेटिएको छ ।

पराजुलीका अनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव, र कोषाध्यक्ष चारैजनाले बाँकी रकमको जिम्मा जबर्जस्ती आफूलाई थोपरेका थिए । उनले ५ जेठ २०८२ मा आफ्नो, श्रीमती, छोराछोरी र अन्य व्यक्तिको नाममा प्रवाह भएको रकम असार मसान्तसम्म तिर्ने गरी तमसुक गरेका थिए । तर, त्यो सँगै उनले श्रीमतीसँग नक्कली सम्बन्धविच्छेदको निवेदन अदालतमा दिएको विषय बाहिर आएपछि सदस्यहरु थप सशंकित भएका हुन् ।

लेखापरीक्षणमा भेटिए गम्भीर त्रुटि

करोडौ रकम व्यक्तिगत तजविजमा लगानी गरिएको सहकारीमा अहिलेसम्म लेखापरीक्षणको अन्तिम प्रतिवेदन सार्वजनिक भइसकेको छैन, तर प्रारम्भिक तथ्यांकअनुसार १ अर्बभन्दा बढी रकम अपचलन भएको आशंका गरिएको छ । सहकारीको मूल रकम करिब ४० करोडको आसपास भएपनि यो बीचमा ठूलो रकम खातामा आउनेजाने गरेको देखिएको आन्तरिक लेखापरीक्षणमा भेटिएको छ ।

‘सहकारीको सफ्टवेयरमा १३ हजार पटकसम्म ‘डिलिट’ गरिएको छ । बैंक तथा सहकारीको सफ्टवेयर ‘अफ आवर’ मा चलाइएको भेटिएको छ । ऋण नलिएका व्यक्तिको नाममा ऋण देखाइएको छ भने करिब ५० जनालाई विनाधितो ऋण प्रवाह गरिएको छ । धितो राखिएका खातामा पनि मूल्यांकन नभएको, नाम मात्रको धितो देखाइएको छ’ लेखापरीक्षणमा सहभागी एक सदस्यले भने ।

सचिव रामबहादुर थापाले मात्रै ८७ पटक ऋण प्रवाह गरेको पाइएको छ । करिब ४३ करोड रूपैयाँ बराबरको ऋण सेवा शुल्कबिना प्रवाह गरिएको छ । ऋण नलिएका व्यक्तिहरूको नाममा ऋण देखाई महिनाको अन्त्यमा देखिएको ऋण अर्को महिनाको पहिलो साता ‘शुन्य’ बनाइएको छ ।

‘ऋणका कुनै फाइलमा प्रकृया पूरा गरिएको छैन, १० लाखभन्दा माथिको फाइलमा इन्जिनियरिङ भेलुएयसन गर्ने भनिएको छ तर यहाँ कुनै इन्जिनियरले टेकेका छैनन्’ ती सदस्यले भने ।

सहकारीका सल्लाहकार रहेर अहिले पीडित सदस्यहरुको तर्फबाट अगुवाई गरेका बेलप्रसाद शर्माले कृते सदस्यहरु बनाएर लगानी गरेको, लगानी गरेर ६ महिनापछि सदस्य बनाएको जस्ता संचालक तथा व्यवस्थापकबाट हदैसम्मको अपचलन गरिएको भेटिएको बताए ।

‘आजभोलिमा आन्तरिक परीक्षण भएर प्रदेशमा जान्छहोला, ठ्याक्कै कति अपचलन भयो भन्ने खुल्छहोला तर हिजो मात्रै ६४ लाखको धितो मूल्यांकन भएर १ करोड १४ लाख लगानी गरेको फाइल भेटियो, यस्ता त कति होलान्’ उनले भने–‘बचतकर्ता पनि धेरै स्थानीय र अध्यक्षसहित संचालकहरु नै स्थानीय भएकाले भागेर जान नसक्ने तर यसबाट समाधान गर्न समय लाग्ने देखिएको छ ।’

सञ्चालकबीच पनि दोषको खेल

सहकारीभित्र अपचलनको विषयमा सञ्चालकबीच पनि गहिरो विवाद छ । फरार अध्यक्ष र सचिवका परिवारका अनुसार सम्पूर्ण सञ्चालक पनि जिम्मेवार छन् । तर अन्य सञ्चालक भने सबै हिनामिनाको दोष अध्यक्ष र सचिवमा थोपरेर आफू पन्छिन खोजिरहेका छन् । अन्तिम समयमा पीडित र सञ्चालकबीच सहमति भएर रकम फिर्ताको प्रयास भएको थियो तर अध्यक्ष र सचिवले सहमतिको माइन्युट नै च्यातेपछि सहमति भंग भएको र त्यसपछि उनीहरू फरार भएका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्रबहादुर रानाले फरार अध्यक्ष र सचिव अझै फेला नपरेको जनाए ।

‘उनीहरूलाई खोजी कार्य तीव्र पारिएको छ, फेला पार्नेबित्तिकै पक्राउ गरी अनुसन्धान अघि बढाइन्छ’ डीएसपी रानाले भने ।

तिलोत्तमाको डिङ्गरनगरमा अवस्थित बहुउद्देश्यीय सहकारी संस्थाको नाममा भएको अपचलन अहिले जिल्ला नै होइन, प्रदेशभरको गम्भीर प्रकरण बनेको छ । पीडितहरू न्यायको पर्खाइमा छन्, दोषीहरू राजनीतिक आडमा लुकेका छन्, प्रहरीको भूमिकामाथि प्रश्न छन् । अब जिम्मेवार संस्थाले पारदर्शिता देखाएर दोषीमाथि कडा कारबाही गरेर सहकारीप्रतिको विश्वास गुम्न दिन नहुने सहकारीका अभियन्ताको भनाइ छ ।

पहिले सहकारी डिभिजन कार्यालय रुपन्देहीमा दर्ता भएको यो सहकारी संघीय संरचनापछि क्षेत्र बढाएर प्रदेशमातहत गएको हो । रुपन्देही अन्र्तगत हुँदा यसको काम बढी पारदर्शीता भएपनि प्रदेशमा गएपछि बढी शंकास्पद हुँदै गएको यहाँका सदस्यहरुको भनाइ छ । हरेक वर्ष लेखा परीक्षण गर्ने लेखापरीक्षक, यसको प्रगति प्रतिवेदन हेर्ने नियामक निकाय र यसको सिंगो संचालक समितिलाई नै कारबाहीको दायरामा ल्याउनुपर्ने सदस्य माधवकुमार पौडेल बताउँछन् ।

‘अडिट त हरेक वर्ष भएको छ, रिपोर्ट पनि आएको छ यस्तो गम्भीर विषयमा जोडिएका सबैमाथि गम्भीर छानबिन गरी कारबाही गरिनुपर्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?