ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

बर्दिया पर्यटन योजना २०२५: सपना कि छल ?

१४ श्रावण २०८२, बुधबार
१४ श्रावण २०८२, बुधबार

कपिलवस्तु, १४ साउन ।

पर्यटन प्रवद्र्धन गर्न भन्दै लुम्बिनी प्रदेश सरकारले “घुम्न जाऔं बर्दिया–२०२५” कार्यक्रम ल्यायो । २०८१ साल पुस ४ गते देशका ७ वटै प्रदेशका पर्यटन मन्त्री र सचिव बोलाएर बर्दियाको ठाकुरद्वारामा भव्य कार्यक्रम आयोजना गरियो ।

प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दिया निकुञ्ज र यस क्षेत्रका पर्यटन, होटल व्यवसायी संगै समुदायको आयआर्जनमा ठूलो परिवर्तन आउने दाबी गर्दै कार्यक्रम उद्घाटन गरे । प्रदेश पर्यटन मन्त्रालयको पर्यटन विकास परिषद मार्फत संचालित अभियानलाई स्थानीय ठाकुरबाबा नगरपालिकाले समेत सहकार्यको हात बढायो ।

तर अहिले आएर लुम्बिनी प्रदेश सरकारले आफुहरुलाई चुतिया बनाएको बर्दियाका होटल तथा पर्यटन व्यवसीहरुले आरोप लगाउन थालेका छन् । “घुम्न जाऔं बर्दिया–२०२५” कार्यक्रम सुरु भएको ८ महिना वितिसक्दा समेत सरकार छेउँछाउँमा पनि नदेखिएको उनीहरु बताउँछन् ।

आन्तरिक तथा बाह्य पर्यटक ल्याउन अभियानको रुपमा चित्रण गरिएको उक्त कार्यक्रम पूर्ण रुपमा असफल बनेको होटल व्यवसायीहरुको दाबी छ । होटल संघ नेपाल बर्दियाका अध्यक्ष मोहन चौधरीले लुम्बिनी पर्यटन विकास परिषद र लुम्बिनी प्रदेश सरकारले बर्दियाको नाम बेचेको तर काम नगरेको आरोप लगाउँछन् ।

पर्यटन विकास परिषदका निर्देशक रामु जोशीले पटक–बर्दियाको नाम बेचेको तर परिषदले देखिने एउटा कुनै काम भने नगरेको बताए । “बर्दिया राष्ट्रिय निकुञ्ज, यहाँको बाघ, बन्जन्तुहरु, चराहरु र यहाँको पर्यापर्यटन विश्वभरी प्रख्यात छ, यसको नाम बेच्न जोशीलाई सजिलो भएर कार्यक्रम ल्याएजस्तो गरेको हो”– हानका अध्यक्ष चौधरीले भने । ठाकुरद्वारामा रहेका ३४ बढी होटल तथा रिसोर्टहरुले ठूलो समस्याहरु खेप्दा समेत सरकारले बेकुफ बनाउन बाहेक केही नगरेको उनको आरोप छ । “पर्यटन विकास परिषदले नाम भिजिट बर्दिया राखेको तर काम डिलिट बर्दिया गरेको उनी बताउँछन् ।

बर्दिया निकुञ्ज वरपर रहेका होमस्टे संचालकहरुले समेत “घुम्न जाऔं बर्दिया–२०२५” कार्यक्रम सुनेको तर यसबारे कुनै कार्यक्रम वा गतिविधिमा सहभागी नभएको बताउँछन् । पर्यटन विकास परिषदले बर्दियाका कुनै पनि होमस्टेमा कुनै आयआर्जन, सुधार वा सहयोगको कार्यक्रम नगरेको डल्ला होमस्टे संचालक समिति अध्यक्ष परशुराम चौधरी बताउँछन् ।

“बर्दियामा पर्यटक बढे बल्ला होमस्टे चल्छ, आयआर्जन बढ्छ, झुठा आश्वासनले पेट भोको हुने मात्र हो ।” सरकार र त्यसका निकायहरुको यस्तै गतिविधिले पर्यटन व्यवसायमा नकारात्मक असर परिरहेको होमस्टे संचालकहरु बताउछन् । निकुञ्ज संग जोडिएका ४ वटा गाउँमा ६५ घरमा घरबास(होमस्टे) संचालित छ ।

लुम्बिनीको सूचना केन्द्रमै छैन इन्टरनेट 

त्यसो त बर्दिया मात्र होइन लुम्बिनी क्षेत्र पनि पर्यटन विकास परिषदले आफ्नै कारणले पर्यटक बढेको दाबी छ । प्रदेश सरकारको अधिपत्य देखाउन त्यहा परिषदले एउटा सूचना केन्द्र समेत राखेको छ ।

विश्वभरका पर्यटकहरु आउने लुम्बिनीमा प्रदेश सरकारको निकायले राखेको सूचना केन्द्रमा भने इन्टरनेट छैन । परिषदले फागुन देखि संचालनमा ल्याएको उक्त सूचना केन्द्रमा आवश्यक पर्ने प्रचार सामाग्री, ब्रोउसर, म्याप छैन भने आवश्यक पर्ने फर्निचर समेत छैन ।

लुम्बिनी अखण्ड शान्तिदिपको पूर्वपट्टी रहेको माथिल्लो तल्लामा रहेको भवनमा गर्मीले बसिनसक्नु हुदा पर्यटक पस्न मान्दैनन् । अरु त अरु परिषदका निर्देशक जोशी लुम्बिनी आउदा समेत त्यहा पस्दैनन् । परिषदले राम्रो संग काम गर्न नसक्दा लुम्बिनी विकास कोषले दिने भनेको एक कर्मचारी समेत दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?