© २०२३
सुर्खेत,१३ साउन ।
वीरेन्द्रनगर नगरपालिका ५ का वडाध्यक्ष लोकबहादुर शाहीको मृत्यु भएको छ । फोक्सोमा समस्या रहेका शाहीको निमोनियाका कारण ज्यान गएको हो ।
काठमाडौँस्थित वीर अस्पतालमा उपचार गराएर एम्बुलेन्सबाट आफ्नो घर सुर्खेत फर्किने क्रममा आज दिउँसो भेरीगंगा नगरपालिकाको हर्रे आई पुग्दा बाटोमै वडाध्यक्ष शाहीको मृत्यु भएको हो । विगत एक वर्षदेखि फोक्सोमा क्यान्सर लागेर पीडित बनेका शाही निमोनियाबाट ग्रसित थिए ।
मृतक शाहीको भोलि (बुधवार) बिहान ९ बजे तिर भेरी सुर्खेत स्थित नदीमा शाहीको दाह संस्कार गरिने जनाइएको छ । शाही नेकपा एमालेबाट २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । शाहीको निधनबाट अपूरणीय क्षति पुगेको नेकपा एमाले सुर्खेतले जनाएको छ ।