Butwal Today

कर्णालीमा महिला हत्याविरुद्ध विरोध ¥याली

१३ श्रावण २०८२, मंगलवार
अ+
अ-

सुर्खेत, १३ साउन ।

कर्णाली प्रदेश र देशभरि बढ्दै गइरहेका महिला हिंसा र हत्या घटनाको विरोधमा सुर्खेतमा मानवअधिकारकर्मीहरूले विरोध ¥याली आयोजना गरेका छन्। उनीहरूले कालो कपडा लगाएर र टाउकोमा कालो पट्टी बाँधेर ¥यालीमा सहभागिता जनाएका थिए।

मंगलबार वीरेन्द्रनगरमा गरिएको विरोध ¥यालीमा सहभागीहरूले स्थानीय सरकार, प्रदेश सरकार र प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। यस पत्रमा पछिल्ला महिला हिंसाका घटनाहरूको उल्लेख गर्दै दोषीमाथि कडा कारबाही, पीडित परिवारको संरक्षण र महिला सुरक्षाका लागि दीर्घकालीन नीति बनाउने माग राखिएको छ।

मानवअधिकारकर्मीहरूका अनुसार नेपाल सरकारको संविधान, कानुन र नीति–नियमले महिलाको अधिकार सुनिश्चित गरेको भए पनि व्यवहारमा महिलाहरू अझै असुरक्षित छन्।

ध्यानाकर्षण पत्रमा हत्याका घटनाहरूको निष्पक्ष छानबिन, दोषीलाई कडा कारबाही, पीडितका परिवारलाई मनोसामाजिक सहायता र संरक्षण, महिला उद्धार र पुनःस्थापना कार्यक्रम, मानसिक समस्याबाट पीडित महिलाको उपचार र निगरानी प्रणाली, दीर्घकालीन रणनीति र कानुनको प्रभावकारी कार्यान्वयन लगायतका मागहरू राखिएका छन्।

यस ¥यालीमा महिला मानवअधिकार रक्षक सञ्जाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नवज्योति केन्द्र, दलित महिला संघ, नेपाल अपाङ्ग महिला संघ, सिमान्तकृत महिलाका लागि महिला संस्था (वाम), सुन्दर नेपाल, मानवअधिकारका लागि महिला, एकल महिला समूह, आवाज, संकल्प लगायत १४ संघसंस्थाले ऐक्यवद्धता जनाएका छन्।

गत साउन ११ गते सुर्खेतको वीरेन्द्रनगर–१३ मा नेपाली सेनाबाट अवकाश प्राप्त दानसिंह ठाडाले आफ्नी श्रीमती रविना थापाको दाउराले हत्या गरेका थिए। मृगौलामा मस्त निद्रामा रहेकी उनकी श्रीमतीको हत्या गरी उनले आफैं प्रहरीलाई खबर गरेका थिए।

त्यसअघि असार १७ गते रुकुम पश्चिममा चन्द्रबहादुर बुढाथोकीले श्रीमती देविकाको खुकुरी प्रहार गरी हत्या गरेका थिए भने वैशाख २१ मा भेरीगंगा–१२ का मादर्शन खत्रीले श्रीमती प्रेमा ओलीलाई ढुङ्गाले प्रहार गरी हत्या गरेका थिए।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला तीन वर्षमा २४ जना महिलाले आफ्नै श्रीमानको हातबाट ज्यान गुमाएका छन्।