ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

खडेरीबिच पनि गुल्मीमा रोपाइँ प्रगति, ८६ प्रतिशत खेतमा धान रोपियो

१३ श्रावण २०८२, मंगलवार
१३ श्रावण २०८२, मंगलवार

गुल्मी, १३ साउन । 

बर्षायाम सुरु भएसँगै गुल्मीका किसानहरूलाई यति बेला खेत रोपाइँको चटारो सुरु भएको छ । साउन महिनामा पानी पर्न थालेपछि साउनको दोस्रो साता सकिन लाग्दा किसानहरू धमाधम खेत रोपाइँमा व्यस्त बनेका हुन् ।

यहाँका अधिकांश किसानहरू साउनको पहिलो सातासम्म खेतमा लगाएको मकै पाकेसँगै धान रोपाइँ गर्न थालेका हुन् । समयमा पानी नपरेपछि खडेरीका कारण मध्य साउनमा पनि तराईका फाँटहरू सुख्खै भए पनि गुल्मीमा भने त्यस्तो अवस्था नरहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

किसानहरू धमाधम खेतमा धान रोपाइँको काममा व्यस्त देखिन्छन् । साउन महिनाको दोस्रो सातासम्म आई पुग्दा जिल्लामा हालसम्म ८६ प्रतिशत खेतमा धान रोपाइँ भैसकेको छ ।

जिल्लामा ७ हजार ९ सय ८८ हेक्टर क्षेत्रफल मध्ये ६ हजार ७ सय ८९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी शिवप्रसाद बन्जाडेले जानकारी दिएका छन् ।

गत वर्षको तुलनामा यस पटक खेत रोपाइँको प्रतिशत बढेको छ । गत वर्ष यस अवधिसम्म आई पुग्दा ७५ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको थियो । समयमा पानी परेका कारण किसानहरूले यस पटक छोटो अवधिमा धेरै खेत रोप्ने अवसर पाएका हुन् ।

यस पटक धान रोपाइँ गर्ने प्रतिशत बढे पनि रोप्ने खेतको क्षेत्रफल भने घट्दै गएको बताइएको छ । जसका कारण धान उत्पादन हुने क्षेत्रफल मध्य यस वर्ष ९० प्रतिशत खेतमा मात्र धान रोपाइँ हुने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी बन्जाडेले बताए ।

खेतमा धान रोपाइँको क्षेत्रफल घट्नुको मुख्य कारण जनशक्तिको अभाव, बढ्दो बसाइसराइ, गोरुको अभाव, समयमा जोत्नका लागि ट्याक्टर नपाउने, खोलाको कटान, महँगो ज्याला लगायतका समस्या रहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले बताए ।

कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार गत वर्षको तुलनामा जिल्लामा यस वर्ष समयमा वर्षा सुरु भएसँगै किसानहरू धान रोपाइँमा व्यस्त भएका हुन् ।

यस पटक धान रोप्नको लागि केही छल्दी फाँटमा आकाशे पानीको भर परेर बस्नु परे पनि अन्यत्र ठाउँमा भने समयमै धान रोपाइँ भएको बताइएको छ ।

जिल्लामा धान उत्पादनको कुल क्षेत्र मध्य गत वर्ष चैते धान एक हजार २८६ र बर्षे धान २३ हजार १४० मेट्रिकटन उत्पादन भएको बताइएको छ । जिल्लामा धानका हंसराज, झोप्री, थापचिनी, पाखे, मार्सी, रातो मार्सी, जडन, झिनुवा लगायतका स्थानीय जात रहेका छन् ।

उन्नत जातहरूमा साँवा मन्सुली, खुमल १, खुमल ४, हिमाली हाइब्रिड, राम धान लगायत छन् ।   जिल्लामा बढिगाड फाँट, चौरासी फाँट, छल्दी, निस्ती, पनाहा, सुदी, खैरेनी, खज्र्याङ्ग शान्तिपुर, मजुवा लगायतका फाँटहरू धान उत्पादनको लागि मुख्य पकेट क्षेत्रहरू हुन ।

गुल्मीमा करिब पाँच सय हेक्टर क्षेत्रफलमा मात्र चैते धान रोपिने गरेको छ भने अरू बाँकी सबै खेतहरूमा बर्खे धान लगाउने गरिन्छ । गुल्मीमा धान बाली मकैपछिको दोस्रो प्रमुख बाली रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?