ट्रेंडिंग:

>> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह
१५ बुँदे लुम्बिनी घोषणा पत्रसहित अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न

लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्र बनाउने घोषणा

१३ श्रावण २०८२, मंगलवार
१३ श्रावण २०८२, मंगलवार

लुम्बिनी ।

दीगो विकासका लागि बौद्ध शिक्षा र कुटनीति विषयक लुम्बिनीमा जारी दुई अन्तर्राष्ट्रिय गोष्ठी १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र साउथ एसिया फाउन्डेसन, भारतीय राजदुतावासको सहकार्यमा भएको गोष्ठीमा नेपाल र भारतका कुटनीतिज्ञ, विश्वविद्यालयका पदाधिकारी तथा बौद्ध विद्वानहरुको सहभागिता रहेको थियो ।

गोष्ठीले बौद्ध दर्शनमा आधारित रही विश्वव्यापी शान्ति कुटनीति विस्तारमा जोड दिएको छ । लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्रका रुपमा विकास गर्ने घोषणा गोष्ठीमार्फत गरिएको छ । विश्वका सङ्घर्षग्रस्त संवेदनशील क्षेत्रहरूमा संवाद र समस्या समाधानका लागि बौद्ध वातावरणीय कूटनीतिक केन्द्रहरू स्थापना गर्नुपर्ने गोष्ठीबाट निष्कर्ष निकालिएको छ ।

प्रकृतिप्रति करुणा र अन्तरनिर्भरता सम्बन्धी बुद्धका शिक्षामा आधारित पर्यावरणीय शान्तिको प्रवद्र्धन गर्ने, कूटनीतिज्ञहरूका लागि माइन्डफुलनेस आधारित तालिम कार्यक्रम सुरु गर्नुवर्ने घोषणा गोष्ठीबाट गरिएको छ । जसको माध्यमबाट द्वन्द्व समाधान र ध्यान अभ्यासमा केन्द्रित हुन सकिने विज्ञहरुको धारणा छ ।

त्यस्तै बौद्ध मूल्य र नैतिक सिद्धान्तहरूसँग मेल खाने कूटनीतिक आचरणको मापदण्ड तय गर्ने विश्वव्यापी मान्यता प्राप्त बौद्ध नैतिक सम्बन्ध विकास गर्ने, नेपाल तथा भारतका बौद्ध तीर्थस्थलहरुमा एकीकृत शान्ति पर्यटनलाई प्रवद्र्धन गरी आपसी समझदारी र सांस्कृतिक सौहार्दता बढाउनुपर्ने निष्कर्ष विज्ञहरुले निकालेका छन् ।

बौद्ध दर्शन, शान्ति शिक्षा र दिगो विकासका लागि युवा सहभागितामा अन्तर्राष्ट्रिय बौद्ध शान्ति संस्थाहरु निर्माण, बौद्ध चिन्तनबाट प्रेरित भएर द्वन्द्वको पूर्वानुमान, गलत सूचना पहिचान, तथा ध्यान निर्देशित गर्ने उपकरणहरूसहित नैतिक कृत्रिम बौद्धिकता (एआई) प्रणालीहरूको विकासलाई प्रवद्र्धन गर्नुपर्ने जोड गोष्ठीबाट दिइएको छ ।

ग्लोबल पीस इन्डेक्सको नमुनामा आधारित ‘लुम्बिनी शान्ति सूचकांक’ स्थापना गरी बौद्ध मूल्यहरूमा आधारित शान्ति सूचकहरूको मूल्याङ्कन गर्नुपर्ने निष्कर्ष निकालिएको छ । विश्वविद्यालयहरू र सरकारी निकायहरूसँग सहकार्यमा बौद्ध भिक्षु थिङ्क ट्याङ्कहरू गठन गरी वैश्विक संकटमा दार्शनिक तथा नैतिक मार्गदर्शन प्रदान गर्ने घोषणा गोष्ठीले गरेको छ ।

‘लुम्बिनी अन्तर्राष्ट्रिय डिप्लोम्याटिक रिट्रिट’ हरेक वर्ष गर्ने, अन्तर्राष्ट्रिय कानून र द्वन्द्व समाधानका लागि बौद्ध कानूनी दर्शनको अध्ययन र प्रयोग प्रवद्र्धन गर्ने घोषणा गरिएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई र दक्षिण एसियाली शान्ति अनुसन्धान तथा दिगो विकास केन्द्रको सहकार्यमा लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्रको रूपमा विकास गर्ने, लुम्बिनी बौद्ध विश्वविद्यालयलाई कूटनीति, शान्ति स्थापना, र दिगो विकासको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कूटनीतिक, शैक्षिक संस्थाहरूसँग सहकार्य गरी एक उत्कृष्ट केन्द्रको रूपमा विकास गर्ने घोषणा गरिएको छ ।

गोष्ठीमा बुद्ध शिक्षा र विश्व कुटनीति, करुणा र द्वन्द्व समाधान, बौद्ध सिन्द्धान्तमा आधारित दीगो विकास, सहकार्य र शान्ति निर्माण विषयमा गोष्ठी भएको थियो । गोष्ठीमा कुटनीतिक एवं पूर्वराजदुत प्रा.डा. लोकराज बराल, भारतका पूर्व राजदूत डा. अमरेन्द्र खटुवा, पूर्व राजदूत रुचि घनश्याम, पूर्व राजदूत टंक कार्की लगायतका विज्ञहरुले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा ५८ जना विद्वानहरुले एजेण्डमा रहेर छलफल गरेका थिए ।

दुई दिनसम्म चलेको गोष्ठीमा पूर्व राजदूत, विश्वविद्यालयका उपकुलपतिहरु, बौद्ध विद्वान तथा अनुसन्धानकर्ताहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले आगामी वर्षहरुमा पनि गोष्ठीलाई निरन्तरता दिने जनाउदै सेमिनार सम्पन्न गरेका थिए । लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन डा. माणिकरत्न शाक्यले घोषणा पत्र सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?