ट्रेंडिंग:

>> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए

नागपञ्चमीः हेराई–बुझाइ

१३ श्रावण २०८२, मंगलवार
१३ श्रावण २०८२, मंगलवार

बुटवल, १३ साउन ।

‘दूध चढाएर पूजा गर्ने चलन छ’ 


जमुना गिरी (तिलोत्तमा, रुपन्देही)

हाम्रा बुवाहरूले नागको पूजा गर्ने छुट्टै स्थानमा शुद्ध भएर दूधको धार दिएर पूजा गर्ने चलन छ ।  विशेष गरी यो दिनमा कपासको सर्पको चित्र बनाएर मासको आँखा, जौलाई जिउ भरी लगाएर सर्प बनाएर गाईको गोबरमा दूध चढाएर घरको मूल ढोकामा टाँस्ने गरेको सम्झना छ । गाईको दूधमा खिर बनाएर हामीले प्रसादको रूपमा खाने चलन छ ।

‘घरमा शुभ होस् भनेर नागको चित्र’ 


मुमकला खनाल (धुर्कोट गापा, गुल्मी)

नाग देवताले घर परिवारको रक्षा गर्छन् भन्ने परापूर्व कालको चलन चल्तीले घरको दैलोमाथि नागको फोटो टाँस्ने गरिन्छ । नाग दूध खान आउँछन् । दूध चढाइन्छ । धार दिइन्छ । मैले सानै उमेरदेखि घरमा नाग टाँस्ने गरेको देखेकी हुँ । घरको शुभको लागि यस्तो चलन गरिएको जस्तो लाग्छ । त्यो चलन अहिले म ८० वर्षकी हुँदा पनि चलेको छ । सबै कुरा धर्ममा अडिएको छ ।

 

‘आजभोलि आस्था हराउँदै गयो’


श्यामलाल अर्याल (ईस्मा गापा, गुल्मी)
नाग पञ्चमीको चलन नेपालको हिन्दु समाजमा अत्यन्त प्राचीन र महत्त्वपूर्ण परम्परा हो । यस दिन घरका ढोकामा, मूल ढोका, भित्तामा अथवा पूजा कोठामा नागको चित्र टाँसी पूजा गरिन्छ ।

दूध, अक्षता, दुबो, फूल, दही, चामल, घ्यू आदि अर्पण गरेर नाग देवताको आराधना गर्नाले घरमा विषालु सर्प आउँदैनन् भन्ने जनविश्वास छ ।

कतिपयले नागको मन्दिर वा पोखरीमा पनि पूजा गर्ने चलन छ । पहिले/पहिले आफैले घरमा निकै मिहिनेत गरेर धेरै दिन लगाएर नाग बनाएपछि दिनभर गाउँ भरी टाँस्दै हिँड्ने गरिन्थ्यो ।

नागलाई प्रकृति, जल स्रोत, भूमि संरक्षणको प्रतीकको रूपमा पनि लिइने चलन छ । पहिले नाग टाँस्नका लागि घरघरमा कति बेला ब्राह्रमण आउँछन् भनेर पर्खेर बस्ने चलन थियो । तर आजभोलि बिस्तारै आस्था हराउँदै गएको देख्छु ।

 ‘नागको इनार, कुवा पनि पूजा’ 


डिलबहादुर बर्मा  (बर्दघाट, नवलपरासी)

यो श्रद्धा र विश्वासको पर्व हो जुन हिन्दु धर्म मान्नेहरूले मनाउँछन् । धार्मिक मान्यता अनुसार जुन घरमा नागको फोटो टाँसिन्छ त्यो घरमा चट्याङ नपर्ने, आगो नलाग्ने र सर्पले त्यो घरका मानिसलाई डस्दैन भन्ने विश्वास समेत गरिन्छ ।

उक्त दिन हलो नजोत्ने वा घरको जग राख्नु हुँदैन भन्ने मान्यता समेत रहेको छ । नाग पञ्चमीमा अष्टकुली नागको फोटो टाँस्ने र सर्पको वासस्थान हुने स्थानहरू जस्तै इनार कुवामा समेत पूजा गर्ने चलन छ । किंवदन्ती अनुसार नागको पूजा गर्नेलाई सर्पले डस्दैन भन्ने मान्यता समेत रहेको छ ।

‘नाग पञ्चमी प्रकृति पूजाको सङ्केत’


उत्तरकुमार पराजुली (संस्कृति अध्येता)

हामी मानिसहरू प्रकृति पुजक भएकै कारण पृथ्वीमा भएका जीवजन्तुहरूको पूजाआजा गर्ने गर्दछौँ । डर लाग्ने सर्पलाई मानिसहरूले नाग पञ्चमीको दिन नागको चित्रमा दूध, दही, अक्षता, फूल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँसेर पूजा गर्ने चलन परापुर्वकालदेखि छ ।

विशेष गरी नेपाल, भारत, श्रीलङ्का जस्ता गर्मी बढी हुने मुलुकहरु जहाँ धेरै सर्पहरू देखा पर्दछन् त्यहाँ नागको पूजा गर्ने गरिन्छ ।
जैविक विविधता सन्तुलन गर्न पनि हामीले विभिन्न प्रजातिका किरा पठ्याङ्ग्राहरूको पूजाआजा गर्ने चलन छ ।

त्यस मध्ये नागको पूजा पनि एक हो । सर्प डरलाग्दो भए पनि हामी मानिसहरूले नजिस्काउँदा, नचलाउँदा र डर नदेखाउँदा यसले हानी गर्दैन । गर्मी समयमा शीतलता खोज्दै बाहिर निस्कन्छ । विशेष गरी नाग पञ्चमीमा घरको मूल ढोकामा नागको फोटो टाँस्दा घरमा भएका बालबच्चाहरूलाई यसले डस्न सक्छ, कहिँकतै देखिएमा नचलाउने भन्ने सङ्केत हो ।

‘नागको पूजा किन गरिन्छ थाहा छैन’  


बबि थापा (बर्दघाट, नवलपरासी)

धार्मिक महत्त्व छ भन्ने बुढापाकाहरूबाट सुनेर थाहा छ । तर नाग पञ्चमीमा नागकै पूजा किन गरिन्छ भन्ने थाहा छैन । हामी पनि पूजा गरेर मुलढोकामा नागको फोटो टाँस्छौँ तर किन टाँसिन्छ भन्ने कुरा चैँ थाहा छैन ।

यस दिन नागको पूजा गर्नुपर्छ भन्ने सुनेको देखेको र देखासिकी गर्दै धार्मिक महत्त्व होला भनेरै निरन्तरता दिँदै आएका छौँ । सायद नागलाई पनि भगवानको रूप (नागदेवता) मा हेर्ने गरिन्छ त्यसैले होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?