ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

काङ्ग्रेस बिपीको सिद्धान्त र विचारबाट टाढिँदै गएको हो ?

१३ श्रावण २०८२, मंगलवार
१३ श्रावण २०८२, मंगलवार

पृष्ठभूमि

यही साउन ६ गते नेपालको राजनीतिक इतिहासका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका संस्थापक नेता विशेश्वर प्रसाद (विपी) कोइरालाको ४३ औं स्मृती दिवस देशव्यापी रूपमा विविध कार्यक्रम आयोजना गरी मनाइयो । त्यसक्रममा वृक्षारोपण, शालिकमा माल्यार्पण, साहित्यीक आदी विविध कार्यक्रम आयोजना गरिए ।

यद्यपी विपीको विचार आजको मुलुकको परिवेशमा सान्दर्भिक छ या छैन ? भन्ने विषयमा भने कतै छलफल, विचार विमर्श वा प्रवचन कार्यक्रमको आयोजना गरिएन । मुलुकको वर्तमान परिवेशमा विपी विचारको सान्दर्भिकता छ वा छैन ? भन्ने विषयमा चर्चा गर्नु यो संक्षिप्त लेखको उद्देश्य हो ।

नेपाली काङ्ग्रेसको स्थापना २००६ सालमा भएको हो । यो पार्टी स्थापना भएको ७६ वर्ष पुगेछ । यसका संस्थापक प्रमुख नेता विपी कोइराला हुन् । यसका विचारक पनि उनै हुन् । यसको नीति, कार्यक्रम, सिद्धान्त वा विचारधाराका प्रतिपादक पनि विपी कोइराला नै हुन् । विपी पथमा विगत ७६ वर्षदेखि नेपाली काङ्ग्रेस सञ्चालित छ । नेपाली काङ्ग्रेसको सिद्धान्त प्रजातान्त्रीक समाजवादको स्थापना हो ।

राजनीतिक कार्यक्रम–प्रजातान्त्रीक शासन व्यवस्थाको स्थापना र आर्थिक कार्यक्रम–समाजवादको स्थापना हो । प्रजातान्त्रीक विधिबाट समाजवादको स्थापना यसको उद्देश्य वा सिद्धान्त हो । जनताको शासन व्यवस्था जनताद्वारा र जनताका लागि भन्ने प्रजातान्त्रीक राज्य व्यवस्था यसको उद्देश्य हो । समाजवादको रूपमा हरेक नेपालीको घर, एक हल गोरु, एउटा दुहुनो गाई र एक टुक्रा जमिनको व्यवस्था होस् भनि व्याख्या गरिएको पाइन्छ ।

राष्ट्रिय योजना आयोगको भित्तामा हलो जोत्ने किसानको तस्वीर झुण्डाएर योजना बनाउन विपी कोइरालाले निर्देशन दिएको महावाणीलाई समाजवादी कार्यक्रमको रूपमा व्याख्या गर्ने गरिन्छ । प्रजातान्त्रीक समाजवाद स्थापनाको प्रमुख सिद्धान्तको आधारमा नेपाली काङ्ग्रेसले विगत ७६ वर्षदेखि नेपाली जनतालाई आफूमा गोलबद्ध गर्दै आइरहेको छ ।

प्रजातान्त्रिक आन्दोलनमा काङ्ग्रेसको भूमिका
नेपाली काङ्ग्रेस स्थापनाकालदेखि एउटा जीवन्त वा सक्रिय राजिनीतिक दलका रूपमा नेपाली राजनीतिमा प्रतिष्ठित छ । २००६ सालमा यसको स्थापना १०४ वर्षे जहाँनीया राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनाको लागि भएको थियो । नेपाली काङ्ग्रेसको अगुवाइमा २००७ सालमा मुलुकमा जनक्रान्ति भयो र राणा शासनको अन्त्य पनि भयो । २००७ सालमा प्रजातन्त्रको स्थापना भएपनि सोही अनुरूप राज्य व्यवस्था मिलाउन कठिन भयो । शासन व्यवस्थाबाट राणाहरूलाई हटाउन ठूलो सङ्घर्ष गर्नुप¥यो ।

नेपालको इतिहासमा पहिलो बजेट व्यवस्था २००८ सालमा काङ्ग्रेसद्वारा नै गरिएको हो । तत्कालिन अर्थमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता सुवर्ण शम्सेरको नेतृत्वमा सो बजेट व्यवस्था भएको थियो । २००७ सालमा जनक्रान्ति भएपछि नेपाली काङ्ग्रेस अन्तरद्वन्द्वमा अल्झीयो । खासगरी विपी र मातृकाप्रसाद कोइराला दाजुभाई वीचको नेतृत्वको हानथाप र अन्तरद्वन्द्वले काङ्ग्रेसलाई कमजोर तुल्यायो । प्रजातान्त्रिक शासन व्यवस्थाको कार्यान्वयनमा अवरोध भयो । यस्तै अन्तरद्वन्द्व र सङ्घर्षवीच २०१४ सालमा नेपाली काङ्ग्रेसले आम निर्वाचनको माग गरी भद्र अवज्ञा आन्दोलन ग¥यो । फलस्वरूप २०१५ सालमा आम निर्वाचन भयो । विपी कोइरालाको अगुवाइमा नेपाली काङ्ग्रेस २०१५ सालको आम निर्वाचनमा होमियो र संसदमा दुई तिहाइ बहुमत प्राप्त गरी सरकार गठन ग¥यो ।

सरकारको नेतृत्व स्वयं विपी कोइरालाले गरे र प्रजातान्त्रीक समाजवादको मार्गमा देशलाई अघि बढाउने प्रयत्न गरे । जननिर्वाचित शासन व्यवस्थाका माध्यमबाट देशलाई विकासको मार्गमा अघि बढाउने काम भयो । समाजवादी कार्यक्रम अन्तर्गत जमिन्दारी प्रथाको अन्त्य गरी भूमिसुधार प्रणाली लागू गरियो । त्यसबेला देश पूर्ण रूपले कृषिमा निर्भर थियो र जमिन्दारी प्रथामा उत्पादन प्रणाली थियो । व्यक्तिहरूका स्वामित्वमा सयौं हजारौं विगाह जग्गा कब्जामा थिए । गरीब किसानहरू शोषित उत्पीडित थिए । जग्गामा मोहियानी हक र जसको जोत उसको पोत जस्ता क्रान्तिकारी कदम चालिए । फलस्वरूप शोषक सामन्त वर्गमा खैलाबैला मच्चियो ।

उनीहरू सरकारको विरुद्ध लागे । शोषित पीडित गरिब वर्गमा सरकार लोकप्रिय भएपनि शिक्षाको कमीले जनताको चेतनास्तर कमजोर भएकाले जमिन्दारहरू विरुद्ध जनताहरू विद्रोहमा उठ्न सकेनन् । शोषक सामन्त र जमिन्दारहरू सरकार विरुद्ध खनिए । फलस्वरूप विपी कोइरालाको लोकप्रियता र उचाइबाट अत्तालिएका शक्तिहरूले सरकार विरुद्ध षडयन्त्र गर्ने मौका पाए । फलस्वरूप डेढ वर्षको छोटो अवधिमै प्रभावकारी ढङ्गले काम गर्न नपाउँदै विपी कोइराला नेतृत्वको सरकार विघटन भयो । यसपछि कोइरालाले सत्ताप्रति मोह देखाएनन् । जनजागरणको राजनीति अँगाले । काङ्ग्रेसलाई सक्रिय राखे । २०१८ सालदेखि सशस्त्र क्रान्ति थाले ।

यद्यपी यसले अपेक्षित परिणाम दिएन । आन्दोलनकै क्रममा २०३६÷३७ सालमा बहुदलीय व्यवस्था अपनाउने की निर्दलीय व्यवस्था अपनाउने भनि जनमत सङ्ग्रह गर्न तत्कालिन पञ्चायती सरकारलाई बाध्य पारियो । यसमा बहुदल पक्ष पराजित भयो । निर्दलले जित्यो, जिताइयो । २०४२ सालमा पुनः काङ्ग्रेसले पञ्चायती व्यवस्था विरुद्ध सत्याग्रह आन्दोलन ग¥यो । रामराजाप्रसाद सिंहको दलको बमकाण्ड घटेपछि सत्याग्रह रोकियो । लगत्तै २०४६ सालमा नेपाली काङ्ग्रेसको अगुवाई र वाममोर्चाको सहभागीतामा जनआन्दोलनको घोषणा गरियो ।

यो आन्दोलनको सफलता पछि २०१७ सालमा खोसिएको संवैधानिक राजतन्त्रात्मक बहुदलीय प्रजातान्त्रिक शासन व्यवस्थाको पुनः स्थापना भयो । २०१७ सालमा बहुदलीय व्यवस्थाको अन्त्य गरी लागू गरिएको पञ्चायती व्यवस्थाको अन्त्य भयो । जनआन्दोलनको अगुवाई गरेको दल नेपाली काङ्ग्रेसले २०४८ सालको आम निर्वाचनमा बहुमत प्राप्त गरी एकमना सरकार निर्माण ग¥यो । यो सरकारले समाजवाद स्थापना गर्ने अवसर पाएको थियो तर त्यसो हुन सकेन । सरकार बनेको अल्प समयदेखि नै यो सरकार पनि अन्तरद्वन्द्वमा अल्झिन पुग्यो । परिणाम स्वरूप २०५१ सालमा मध्यावधि निर्वाचन घोषणा भयो ।

निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले सामान्य बहुमत प्राप्त ग¥यो र नेपाली राजनीतिक ईतिहासमा पहिलोपटक कम्युनिष्ट सरकार गठन ग¥यो । यो सरकारले पनि प्रभावकारी ढङ्गले समाजवाद स्थापनाको लागि काम गर्न सकेन । लगत्तै २०५२ साल फागुन १ गतेदेखि नेकपा माओवादीको सशस्त्र विद्रोह शुरु भयो । अनी मुलुक फेरी द्वन्द्व र अस्थिरताको दुस्चक्रमा अल्झियो । २०४६ सालको जनआन्दोलनपछि नेपाली काङ्ग्रेसले लक्ष्य अनुरूप काम गर्न नसकेकाले समाजवाद स्थापना गर्न प्राप्त अवसर चुकायो ।

साथै मुलुकलाई राजनीतिक स्थिरता प्रदान गर्न समेत चुक्यो । यही अवधिमा नेपाली काङ्ग्रेसका प्रमुख नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरीजाप्रसाद कोइरालावीच आपसी खिचातानी र द्वन्द्व चर्कियो । फलतः काङ्ग्रेसले आफ्नो नीति तथा कार्यक्रम लागू गर्न सकेन । २०६२/६३ सालमा भएको अर्को जनआन्दोलनको नेतृत्व पनि नेपाली काङ्ग्रेसले नै गर्ने अवसर मिल्यो । यसपछि भएको आम निर्वाचनमा नेकपा माओवादीले सामान्य बहुमत प्राप्त गरी सरकार गठन ग¥यो । यसपछि संविधान सभाद्वारा संविधान निर्माणको विषयमा एक दशक लामो अवधी वित्यो । २०७२ सालमा बल्लतल्ल लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा भयो, संविधान सभाबाट ।

२०६२/६३ पछि पनि नेपाली काङ्ग्रेस सत्ताको वरीपरि घुमिरहेको छ । तर उसको समाजवाद लागू गर्न अग्रसर हुन सकेको अनुभूती नागरिकले गर्न पाएका छैनन् । उसको समाजवाद के हो ? यस बारेमा काङ्ग्रेसले स्पष्ट व्याख्या गरेको पाइदैन । राजनीतिक सङ्घर्षमा नेपाली काङ्ग्रेसले विगत ७६ वर्ष देखि अगुवाई गरिरहेको इतिहास छ । २००७ सालदेखि २०८२ सालसम्म आइपुग्दा काङ्ग्रेसले धेरै राजनीतिक उतारचढाव व्यहोर्नु प¥यो । संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्था स्थापना पार्टीको स्थापनाकालको घोषित नीतिमा पनि फेरवदल भयो ।

देश लोकतान्त्रिक गणतन्त्रसम्म अघि बढी सक्यो । गणतन्त्रको स्थापना नेपाली काङ्ग्रेसको स्थापनाकालको राजनीतिक उद्देश्य थिएन तर समयको वहावले काङ्ग्रेसलाई स्थापनाकालको नीति विपरित गणतन्त्रसम्म पु¥यायो । यसका संस्थापक र विचारक विपी कोइराला जीवनको अन्तिम घडीसम्मै संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्था स्थापनाको अडानमा अडिग पाइन्छन् । राजा, राष्ट्रियता र राजनीति शिर्षकको शैलजा आचार्य र गणेशराज शर्माको संयोजन र सम्पादनमा प्रकाशित विपीको उत्तराद्र्धकालको अन्तरवार्तामा आधारित पुस्तकमा यो कुरा उल्लेख छ । मुलुकमा गणतन्त्र स्थापनाको आन्दोलनको नेतृत्व समेत विपी कोइरालाका राजनीतिक उत्तराधिकारी एवं भाई गिरीजाप्रसाद कोइरालाले गर्न पुगे । यसरी गत ७६ वर्षदेखि मुलुकमा प्रजातान्त्रिक राज्य व्यवस्था स्थापनाकोलागि नेपाली काङ्ग्रेसले अगुवा भूमिका खेल्दै आइरहेको छ ।

विपी विचारको अनुशीलन गरौं
यसरी मुलुकमा राजनीतिक क्रान्ति पूरा भएको छ । क्रान्तिकारी शक्तिहरू नेपाली काङ्ग्रेस र नेकपाका विभिन्न घटकले स्थापना गर्न चाहेको राजनीतिक प्रणाली बहाली भएको छ । अब मुलुक राजनीतिक स्थायित्वका माध्यमबाट आर्थिक क्रान्तिको दिशामा अग्रसर हुनु अत्यावश्यक भएको छ । नेपाली काङ्ग्रेसको अगुवाइमा मुलुकमा ठूल्ठूला राजनीतिक क्रान्ति सम्पन्न भए । प्रजातान्त्रिक÷लोकतान्त्रिक प्रणाली स्थापना गर्न काङ्ग्रेस सफल भयो तर समाजवाद स्थापनामा काङ्ग्रेस चुकेको छ ।

मुलुकको मुख्य राजनीतिक शक्ति नेपाली काङ्ग्रेस र सत्तामा पुगेका नेकपाका घटकहरू समाजवाद स्थापनामा चुकेपछि अहिले बैकल्पिक राजनीतिक दल स्थापना र सञ्चालनको होडबाजी चलेको छ, मुलुकमा । प्रमुख राजनीतिक दलहरूप्रति नागरिकहरूको आकर्षण घटिरहेको अवस्थामा बैकल्पिक शक्ति बन्न नयाँ दलहरू प्रयासरत देखिन्छन् । यो लोकतन्त्रको सुन्दरता हो । यद्यपी लामो र कठोर तपस्याबाट जनतामा स्थापित भएका प्रमुख दलहरू सच्चिदै मुलुकलाई निर्माणको युगमा अग्रसर गराउन अघि बढ्नु आवश्यक छ । नेपाली काङ्ग्रेस लगायतका प्रमुख दलहरू अब आर्थिक क्रान्तितर्फ देशलाई अघि बढाउन अग्रसर हुन जरुरी छ ।

काङ्ग्रेसले अब विपी कोइरालाको समाजवाद के हो ? मुलुकको वर्तमान परिवेशमा विपीको समाजवाद सान्दर्भिक छ या छैन ? जनतालाई स्पष्ट पार्न जरुरी भएको छ । विगत ७६ वर्षदेखिको इतिहासको समिक्षा गर्दै काङ्ग्रेसले अबको गन्तव्य तय गरी अगाडी बढ्नुपर्छ । विपी विचारको व्याख्या, विश्लेषण र समालोचना गरी अगाडी बढ्नुपर्छ । २०३९ सालमा विपीको देहावसानपछि काङ्ग्रेस बैचारिक दृष्टिले स्पष्ट नभएको र समयको वहावसँग ठोक्कीदै अघि बढिरहेको छ । यस्तो दिशाहिन र कामचलाउ अवस्थाबाट मुलुकको प्रमुख राजनीतिक दल गुज्रीनु राष्ट्रिय चिन्ताको विषय हो । यस्तो अस्पष्ट नीति बोकेर काङ्ग्रेसले अबको नयाँ पुस्तालाई सम्बोधन वा आकर्षित गर्न सक्दैन । अतः वीपि विचारको अनुशीलन गरी यसलाई समय सान्दर्भिक तुल्याएर काङ्ग्रेस अगाडी बढ्नुपर्छ ।

वीपी नेपालको राजनीतिका एक क्रान्तिकारी योद्धा, आदर्श नायक, विचारक र सङ्गठक हुन् । उनी गरिब वर्गको मुक्तिकालागि जनताको पक्षमा समर्पित थिए । यसैले उनलाई जननायक भनिएको हो । काङ्ग्रेस अहिले भुँईफुट्टा वर्गले घेरिएको छ । सुकीला मुकिलाले घेरिएको छ । अब काङ्ग्रेस वीपीकै शब्दमा पहेँला चश्मा लगाउने नवधनाढ्य वर्गबाट मुक्त हुनुपर्छ । काङ्ग्रेस शुद्धिकरणको मार्गमा अग्रसर हुनुपर्छ । मुलुकलाई निर्माणको युगमा पनि काङ्ग्रेसले नै कुदाउनु पर्छ । काङ्ग्रेसले आन्तरिक सुधार र शुद्धिकरणको मार्ग अँगाल्दै सच्चिएर आर्थिक क्रान्तिको नारा बोकेर अघि बढ्नु आजको अपरिहार्यता हो । काङ्ग्रेसलाई सच्चिने छुट छ, सक्किने छुट छैन । जनताले काङ्ग्रेसलाई सच्चिने अवसर अवश्य दिनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?