ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने
विश्व बाघ दिवस

बाघ–मानव द्वन्द्व घटाउन पहल होस

१३ श्रावण २०८२, मंगलवार
१३ श्रावण २०८२, मंगलवार

बाघको बासस्थान अतिक्रमण भैरहेको बेला आज विश्व बाघ दिवस मनाईदैछ । ‘बाघ संरक्षणमा अब विश्वको ध्यान’ भन्ने नाराका साथ विश्व बाघ दिवस मनाईरहँदा पछिल्लोसमय बाघको बासस्थान अतिक्रमणमा परिरहेको छ ।

यसले बाघ संरक्षणमामात्रै होइन, सयौं जीवजन्तुको संरक्षणमा समेत चुनौति थपेको छ । नेपालमा केही बर्ष अघिसम्म बाघको संख्यामा कमी आएपनि पछिल्लोसमय भने बाघको संख्यामा बृद्धि भएको देखिएको छ । जसका कारण बाघ र मानवबीच द्वन्द्व बढिरहेको छ ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले हरेक बर्ष जुलाई २९ का दिन यो दिवस मनाउने घोषणा गरे अनुसार यो दिवस मनाउन थालिएको हो । बाघ दिवसको अवसरमा बाघको संरक्षण गर्न बासस्थानको संरक्षण, बाघको संख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि र केही देशमा बाघको संख्या बढ्दै गर्दा उत्पन्न चुनौतिको विषयमा मुद्दा उठान गर्ने गरिएको छ ।

खुसीको कुरा के छ भने यो दिवस मनाउँदै गर्दा नेपालमा बाघको संख्यामा बृद्धि भएको छ । तर चुनौति पनि थपिएको कुरालाई नजरअन्दाज गरिनुहुँदैन । निकुञ्ज र घना जंगल क्षेत्र वरिपरी बसोबास गर्ने मानव समुदाय बाघको शिकार हुन बाध्य भएका छन् । आँगनमा खेलीरहेका बालबालिका बाघको शिकार भएका छन् । गोठमा थुनेका बाख्रा सुरक्षित छैनन् ।

बाघको संख्या बढ्दा त्यसले प्रकृति सन्तुलनमा सहयोग पु¥याएपनि मानव जीवनमाथि भैरहेको आक्रमणले भने चुनौति थपेको छ । केही महिना अघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बाघको संख्या बढेकोमा खुसी मनाउने भन्दा मानव जीवनमाथि पु¥याउने क्षतिप्रति सचेत बन्नुपर्ने वताएका थिए । निश्चित रूपमा नेपालमा बाघको संख्या बढिरहेको छ ।

यही रूपमा बढ्ने हो भने मानवका लागि खतरा देखिएकोले संरक्षणमा चुनौति पनि थपिने अवस्था आएको छ । खासगरी नेपालमा पछिल्लो वर्षहरूमा बाघको संख्या बढेसँगै मानिसको ज्यान जाने घटना पनि बढिरहेका छन् ।

बाघ संरक्षणमा नेपालले उच्चतम सफलता हासिल गरेको छ तर बाघ बढेसंगै बाघ र मानववीच द्वन्द्व बढ्ने अवस्था देखिएकोले अवका दिनमा बाघ संरक्षणलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा ध्यान दिनु जरूरी छ ।

अब बाघको संरक्षणसंगै सुरक्षित बासस्थानको व्यवस्थापन गर्नुपर्ने खाँचो देखिएको छ । अर्कोतर्फ जोखिमपूर्ण क्षेत्रको पहिचान गरी स्थानीय बासिन्दाको जीविकोपार्जन र सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने खाँचो छ । अब बाघको संख्या बढाउने हो र त्यसले गर्ने मानवीय आक्रमणलाई घटाउने हो भने बाघको बासस्थानलाई अझै सुरक्षित बनाउनेतर्फ पहल गर्नु जरुरी छ ।

खासगरी निकुञ्जवर्ती क्षेत्रमा बाघले मानिसमाथि आक्रमण गर्नेक्रम बढेको छ । पहिले बाघ नदेखिने स्थानमा पनि अहिले बाघ देखिन थालेका छन् । सामुदायिक वन क्षेत्रमा जंगल बढेकोले बाघ देखिन थालेका छन् । जंगलमा घाँस दाउरा गर्न जाने अवस्था अहिले छैन् । धेरै महिला जंगलमा घाँस दाउरा गर्न जाँदा बाघको निसानामा परेको अवस्था छ । यो चिन्ताको कुरा हो ।

एकातिर बाघको संरक्षण गर्नुपनि छ, अर्कोतिर बाघले गर्ने मानवीय क्षतिलाई रोक्नुपनि छ । यो बीचको अवस्थामा बाघ संरक्षणको मुद्दालाई कसरी अघि बढाउने भन्ने सवाल पेचीलो भएर आएको छ । त्यसकारण बाघको संख्या बढाउने कुरामा विवाद छैन तर तीनलाई संरक्षित क्षेत्रमा राखेर बाघ र मानवबीचको द्वन्द्व कम गर्नेतर्फ नेपाल सरकारको ध्यान जाओस् ।

अव नेपालले जसरी बाघको संख्या बृद्धिमा ठूलो भूमिका निर्वाह गरेको छ, आगामी दिनमा संरक्षणमा अर्को चुनौति पनि थपिएकोले बाघ संरक्षण भन्दा पनि चुनौतिको सामना कसरी गर्ने भन्ने सवालमा ध्यान दिनु जरूरी छ । खासगरी नेपालको सन्दर्भमा बाघको बासस्थान सुरक्षित गर्ने विषयमा अव ढिलाई नहोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?