ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

बाँकेका किसान सुकेको ब्याडमै रोपाइँ गर्न बाध्य

१३ श्रावण २०८२, मंगलवार
१३ श्रावण २०८२, मंगलवार
  • बाँकेका किसानहरू सुक्खा ब्याडमै धान रोप्न बाध्य भएका छन् ।
  • सिक्टा सिँचाइ आयोजनाबाट अपेक्षित पानी आपूर्ति नभएको किसानहरूको गुनासो ।
  • जानकी गाउँपालिका सबैभन्दा कम वर्षा हुने क्षेत्र भएकाले सधैँ ढिलो रोपाइँ हुने क्षेत्र हो ।

बाँके, १३ साउन । 

किसानहरू धानको ब्याड सुकेको अवस्थामा रोप्न थालेका छन् । लामो समय सम्म पानी नपर्दा बाँकेका सुकेको ब्याडबाट उनीहरूले धान रोप्न बाध्य भएको गाउँपालिका वडा नम्बर ४ की रिता शर्माले बताइन ।

उनले भनिन्–‘के गर्ने जेठ महिनामा निकै कम पानी परेको थियो हेर्दा हेर्दै श्रावण महिना पनि आधा हुन आँटिसक्यो तर रोपाइँको लागि पर्याप्त मात्रामा पानी परेको छैन ।

पहिला जेनतेन रोपेको धान पनि सुक्न थालेको छ, २ देखि ३ दिन लगाएर एक कट्ठा खेतमा पानी लगाउँदा सम्म ब्याड सुकिसकेको हुन्छ पहिलै ब्याड तयार नगरे खेतको पानी सुक्छ जसको कारणले सुकेकै ब्याडको बीउ रोप्न बाध्य भएको उनले बताए ।

नहरमा पानी आउँछ तर पहिला अगाडि खेत भएको किसानहरूले लगाउँछन् उता पानी पुगेपछि मात्र यताका किसानहरूको पालो पाउने भएकोले ब्याड सुक्ने अवस्थामा रहेको उनले बताए ।

नहरमा कहिले कसो मात्र पानी आउने गरेको हुन्छ, जसमा धेरै वर्ष पहिला बनेको नहर भएको कारणले पानी धेरैजसो खेर गएको हुन्छ । पानी खेर गए पनि पर्याप्त मात्रामा पानी नहरमा नआएको जानकारी गाउँपालिका वडा नम्बर ४ कै किसान हुसैन खाँले बताए ।

उनले भने, बाँकेको सबैजसो क्षेत्रमा पानी पर्छ तर यस क्षेत्रमा धेरै उद्योग भएको कारणले पनि पानी कम पर्ने गरेको जानकारहरूले बताउने गरेका छन् ।

पहिला रोपेको ब्याड सुक्ने अवस्था सम्म पुगिसकेको थियो तर सिमसिमे पानी आउन थालेपछि पहिला रोपेको धान जाग्छ कि भन्ने केही आशा पलाएको छ तर सुकेको अवस्थामा आइसकेको ब्याड जाग्छ कि जाग्दैन भन्ने आशा नरहेको किसान खाँले बताए ।

जानकी गाउँपालिकामा बाँकेको सबैभन्दा कम पानी पर्ने भएकोले यो क्षेत्रमा जिल्लाकै सबै भन्दा पछि रोपाइँ सकिने गरेको हुन्छ । गत वर्ष र पहिलाका वर्षहरूमा वर्षा राम्रो भएको कारणले पछि रोपाई गरे पनि उत्पादन राम्रै हुने गरेको थियो तर यो वर्ष उत्पादनमा निकै कमी आउन सक्ने उनले बताए ।

बाँकेको गौरव कै आयोजनामा रहेको सिक्टा नहर भए पनि नहरमा राम्रो सँग पानी आएको छैन । त्यही सिक्टा नहरले राम्रोसँग पानी वितरण गरेको भए अहिले सम्म रोपाइँ सकिसकेको किसान खाँले दाबी गरे ।

बाँकेमा अझै २० प्रतिशत धान रोपाइँ गर्न बाँकी रहेको छ । बाँकेको ६ पालिका माध्य जानकी गाउँपालिका र रैनापुर गाउँपालिकामा रोपाइँ गर्न बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?