© २०२३
बर्दिया १२ श्रावण ।
बर्दियामा लागु औषध सहित एक युवक पक्राउ परेका छन् । मधुवन नगरपालिका वडा नम्बर ८ लालिबजारबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित प्रहरी पक्राउ गरेको हो ।
लागू औषध ब्राउन सुगर जस्तो देखिने ५ सय ९० मिलिग्राम सहित युवालाई पक्रा वपगरिएको हो । पक्राउ पर्नेमा कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले नेपालगन्जबाट कैलालीतर्फ जाँदै गरेका भे.६ प ६२२८ नम्बरको स्कुटरमा सवार उनलाई चेक जाँच गर्दा उक्त पदार्थ सहित पक्राउ गरेको हो ।