ट्रेंडिंग:

>> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन

ट्राफिकको आँकडाले बोल्छ — सचेतना बिना सुरक्षा सम्भव छैन

१२ श्रावण २०८२, सोमबार
१२ श्रावण २०८२, सोमबार

भैरहवा, १२ साउन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०८१/०८२ मा ५० हजार बढी कारबाहीबाट ६ करोड बढी राजस्व असुल गरेको जनाएको छ ।

भैरहवामा वार्षिक प्रगति सार्वजनिक गर्दै ट्राफिक प्रहरी प्रमुख रञ्जु केसीले गएको वर्षमा ५० हजार ४४१ कारबाही गरिएको जानकारी दिइन ।

सो कारबाहीबाट ६ करोड ८ लाख ४९ हजार १२ रुपैयाँ राजस्व असुल भएको उनले बताइन । यो मध्ये तीव्र गतिमा सवारी चलाउने ६ हजार ११४ जना सवारी चालकबाट ३१ लाख ५५ हजार रुपैयाँ जम्मा भएको उनले बताइन ।

यसै गरी चार पाङग्रे ठुला सवारी साधन लक्षित संयुक्त चेकजाँचमा ३२ वटा सवारी साधन नियन्त्रणमा लिएर १५ लाख ४२ हजार ६९५ रुपैयाँ राजस्व दाखिला गराएको केसीले बताइन ।

रुपन्देही जिल्लामा पछिल्लो समय सवारी दुर्घटनाको सङ्ख्या भयावह रूपमा बढिरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार, दुर्घटनामध्ये सबैभन्दा बढी मोटरसाइकल र स्कुटरसँग सम्बन्धित रहेको पाइएको छ । यसले गर्दा जिल्लामा सवारी सुरक्षा र जनचेतनाको विषयमा गम्भीर प्रश्न उठेको छ ।

के भन्छ तथ्याङ्क
आर्थिक वर्ष २०८१/०८२ को तथ्याङ्क केलाउदा रुपन्देहीमा कुल ८ सय २ वटा दुर्घटनामा १ हजार १६२ सवारी साधन संलग्न रहेका छन् । यस मध्ये सबै भन्दा बढी मोटरसाइकल र स्कुटीहरू ७९५ वटा रहेको केसीले बताइन ।

त्यसपछि जिप, कार १२० वटा, शारीरिक श्रमले चल्ने साइकल जस्ता साधनहरू ६७ वटा, ट्रक, टैंकर ४५, बस ३८, टेम्पो ३६, टिप्पर २८, टे«क्टर २३, माईक्रो ७, १ वटा डोजर र २ वटा अन्य सवारी साधन रहेको केसीले जानकारी दिइन ।

यी दुर्घटनामा परि २३ महिला र ९८ जना पुरुष गरी १२१ जनाको मृत्यु भएको छ भने ३१९ जना महिला र ९१३ जना पुरुष गरी १ हजार २३१ जना घाइते भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ ।

ट्राफिक प्रहरीका अनुसार, मोटरसाइकल दुर्घटनाका मुख्य कारणहरूमा तीव्र गति, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनु, ट्राफिक नियमको उल्लङ्घन, हेलमेट नलगाउनु र सडकको खराब अवस्था रहेका छन् ।

विशेष गरी युवा वर्गमा हेलमेट नलगाई तीव्र गतिमा मोटरसाइकल चलाउने प्रवृत्ति बढी देखिएको छ, जसले गर्दा दुर्घटनाको जोखिम अझ बढेको छ । यस समस्यालाई न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरीले विभिन्न पहलहरू गरिरहेको जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रन्जु केसीले नियमित रूपमा सचेतना कार्यक्रम, मापसे चेकजाँच र तीव्र गति नियन्त्रणका लागि अभियान चलाएको बताइन ।

यद्यपि, नागरिकहरूमा स्वयं सचेतना नआएसम्म दुर्घटना पूर्ण रूपमा नियन्त्रणमा ल्याउन चुनौती रहेको ट्राफिक प्रहरी प्रमुखको भनाइ छ ।

उनले दुर्घटना न्यूनीकरणको प्रयास स्वरूप विद्यार्थी लक्षित, पैदल यात्रु लक्षित, चालक लक्षित गरी विभिन्न सचेतनामूलक कार्यक्रमहरू गरिरहेको बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?