ट्रेंडिंग:

>> दर्शक नजाँदा खल्लो बन्दै तिलोत्तमा महोत्सव >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

स्वकीय र सल्लाहकारहरूको रजगज 

१२ श्रावण २०८२, सोमबार
१२ श्रावण २०८२, सोमबार

पछिल्लो समय प्रधानमन्त्री र मन्त्रीका काम कारबाहीलाई लिएर सामाजिक सञ्जालदेखि आम सञ्चारका माध्यममा खरो टिका टिप्पणी हुन थालेका छन् ।

यस प्रकारका टिका टिप्पणीले सरकारलाई सुधारको मौका दिन्छन् तर कतिपय टीकाटिप्पणी औचित्यहीन र दिग्भ्रमित गराउने खालको हुँदा तिनले आम जनमानसमा भ्रम सिर्जना गराउने चुनौती देखिएको छ ।

पछिल्लो पटक मापदण्ड विपरीत प्रधानमन्त्री र मन्त्रीहरूले स्वकीय सचिवहरूको नियुक्ति गरेको भन्दै त्यही विषयलाई लिएर प्रधानमन्त्री र मन्त्रीहरूमाथि टिप्पणी भइरहेको छ ।

निश्चित रूपमा आफूसँग पद र पावर भयो भन्दैमा राज्य कोषको दोहन गर्नु राम्रो होइन । मन्त्रीहरूले कार्यविधिभन्दा बाहिर गएर स्वकीय सचिवहरूको नियुक्ति गरेको र त्यसबाट राज्य कोषको दोहन बढेको भन्दै आलोचना भइरहेको छ ।

निश्चित रूपमा सत्तामा पुग्ने वित्तिकै प्रधानमन्त्री र मन्त्रीहरूले आफ्ना नजिकका ब्यक्तिलाई स्वकीय सचिवमा नियुक्त गर्ने र सरकारी तलब भत्ता खुवाएर राज्य कोषको दोहन गर्नेक्रम चल्दै आएको छ । यद्यपि यो अहिलेको रोग होइन, बर्षौदेखि यही परम्परा चल्दै आएको छ । हो अहिले त्यो बढेको अवस्था होला ।

स्वकीय र सल्लाहकारको नियुक्ति जनताका लागि स्वाभाविक लाग्नै छोडेको छ । राज्य कोषको दोहन गर्ने यस प्रकारका कामले सरकारको गतिशिलतामाथि पनि प्रश्न उत्पन्न हुँदै आएको छ । प्रधानमन्त्री र मन्त्रीहरू सल्लाहकारको झुण्डबाट उम्किन नसक्दा पटकपटक विवादित पनि बन्दै आएको पनि देखिएको छ ।

पछिल्लो समय त पालिका प्रमुख, विभागीय प्रमुख, योजना आयोगका पदाधिकारी लगायतले पनि सल्लाहकार नियुक्त गरेर महालेखालाई हरेक बर्ष बेरुजुको फाईल तन्काउन बाध्य पारिरहेका छन् । मन्त्रीहरू, मुख्यसचिव, सचिव, अन्य उच्चपदस्थ कर्मचारी र विज्ञहरू प्रधानमन्त्रीका सारथी हुन् ।

उनीहरूले सम्बन्धित मन्त्रालयमा बसेर विभिन्न अल्पकालीन र दीर्घकालीन नीति तर्जुमा गर्नेमात्र होइन, प्रधानमन्त्रीलाई नीतिगत र अन्य विषयमा विभिन्न सुझाव र सल्लाह पनि दिन्छन् ।

उनीहरू नै मुख्यरूपमा प्रधानमन्त्रीका सहयोगी र सल्लाहकार हुन् । तर, सत्तासीनहरूलाई विभिन्न विषयमा सल्लाह दिने यस्तो संयन्त्र विवादित किन बन्छ ? सोचनीय सवाल छ ।

किन स्वकीय र सल्लाहकारहरूमाथि राज्य कोषको दोहन गरिरहेको भन्ने आरोप लाग्छ ? यसको जवाफ अव खोज्नुपर्ने भएको छ । उनीहरू बोझमात्रै हुन कि, आवश्यक परेको बेलामा राम्रो सुझाव र सल्लाह दिने सल्लाहकार पनि ? अव सरकारले यो बिषयमा फरक ढंगले समीक्षा गर्नु जरुरी छ ।

जथाभावी स्वकीय र सल्लाहकारको नियुक्ति गरेर राज्यकोष दोहन गर्ने प्रवृत्ति अव अन्त्य गर्नैपर्दछ । त्यसका लागि सरकार मानसिक रूपमा तयार हुनु जरुरी छ ।

नेपाल सरकार मन्त्रिपरिषद कार्यविधिमा प्रधानमन्त्री र मन्त्रीहरूले सल्लाहकार राख्न पाउने व्यवस्था छ । २०६८ साल भदौ २९ गते बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको स्वकीय सचिवालयमा ३४, उपप्रधानमन्त्रीलाई ८ र मन्त्रीहरूलाई ७ जना स्वकीय सचिव राख्न दिने व्यवस्था गरेको छ ।

अहिले त्यो बिधि मिचिएको छ र त्यसभन्दा धेरै स्वकीय नियुक्त गरेर सरकारलाई भद्दा वनाउने काम भएको छ । यसरी सल्लाहकार नियुक्त गर्दा नियम विपरीत ठूलो संख्यामा जम्बो टिम बनाउने प्रवृत्ति बढ्दै गएको कारण पदकै मानमर्दन हुने अवस्था आएको छ ।

सल्लाहकारको यो झुण्ड नेपालको सन्दर्भमा वास्तवमै अनुचित छ । यसले राज्यको खर्च बढाउने काम मात्रै गरेको छ भन्दा अत्युक्ति हुँदैन ।

यस प्रकारको सल्लाहकार र स्वकीय सचिवालयमा नियुक्ति पाउनेमध्ये धेरैको ‘जागिर पकाउने’ बाहेक खासै काम भएको नदेखिएको विगतमा गठन भएको प्रशासन सुधार सुझाव कार्यदलले औल्याएको थियो ।

एक बर्ष अघि प्रधानमन्त्रीले आफ्नो सचिवालयलाई मितव्ययी बनाउने घोषणा गर्नुभएको थियो । प्रधानमन्त्रीको त्यो भनाई अहिले व्यवहारमा देखिएन् ।

अवपनि सुधार नगर्ने हो भने जनतामा बढिरहेको बितृष्णाको ज्वारभाटा थाम्न गाह्रो हुने निश्चित छ । तसर्थ सुधार प्रधानमन्त्री र मन्त्रीहरूबाटै होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?