© २०२३
लमही, १२ साउन।
दाङको राजपुर गाउँपालिका–३, खरदरियामा सर्पको टोकाइबाट एक व्यक्तिको मृत्यु भएको छ।
स्थानीय ५५ वर्षीय शालिकराम यादवलाई सोमबार बिहान करिब ५ बजे घरभित्र योग अभ्यास गरिरहेका बेला विषालु सर्पले टोकेको पारिवारिक स्रोतले जनाएको छ। टोकेको सर्प कोब्रा प्रजातिको भएको अनुमान गरिएको छ।
सर्पको टोकाइ लगत्तै यादवलाई गढवास्थित सर्प दंश उपचार केन्द्रमा लगिएको थियो। तर अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएको थियो। उपचारको क्रममा घोराहीमै उनको मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
हालैका दिनमा दाङ जिल्लामा सर्पदंशका घटना बढ्दै गएका छन्। दैनिकजसो सर्पको टोकाइबाट मानिसहरू घाइते हुने र केहीको ज्यान समेत जाने गरेको छ ।