Butwal Today

सिन्धुलीबाट बेपत्ता १६ जनाको लोकेसन शुक्रबार राति रामेछापमा देखियो

१२ श्रावण २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

सिन्धुलीको गोलान्जोर गाउँपालिका–६ बागेश्वरबाट बिहीबारदेखि सम्पर्कविहीन भएका एकै परिवारका १६ जनाको लोकेसन शुक्रबार राति रामेछापमा देखिएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले भने, “शुक्रबार राति १० बजेर ९ मिनेटसम्म लोकेसन रामेछापमा देखियो तर त्यसपछि मोबाइल नेटवर्क बन्द भएको छ र सीम समेत चलेको छैन।”

बेपत्ता परिवारको घरमा बस्तुभाउहरू राखिएका छन्। गाउँलेहरूले बिहीबारदेखि उनीहरूलाई देखेका छैनन् ।

हायु थरका यी परिवारलाई स्थानीय सरकारले लोपउन्मुख जातिको रूपमा मासिक प्रतिव्यक्ति ४ हजार रुपैयाँ भत्ता दिँदै आएको थियो। उनीहरूले तीन महिनाको १६ जनाको एक लाख ९२ हजार रुपैयाँ भत्ता लिएका थिए।

घर एकान्त स्थानमा रहेको र सुँगुर काटेर खाएको पनि भेटिएको छ। वडा अध्यक्ष रविन श्रेष्ठले बताए अनुसार, घरबाट अर्को घर पुग्न कम्तिमा १५ मिनेट लाग्छ। उनीहरूले भैँसी गाउँकै अर्को घर नजिकै बाँधेका थिए र हरेक दिन घाँस पानी गर्न लैजान्थे।

तर, बिहीबारदेखि भैँसीलाई घाँस हाल्न नगएपछि गाउँलेहरूले सोमबार बिहान घर पुगेर ढोका खुला तर मानिस नदेखिएको देखेपछि खोजी सुरु गरेका छन्।

बेपत्ता भएका परिवारमा उर्मिला हायु, उनका ६ छोरा, ५ छोरी, २ ज्वाइँ र नातिनातिनाहरू छन्।