दाङ, १२ साउन ।
घोराही उपमहानगरपालिकाको न्यायीक समितिले ८८ प्रतिशत विवाद मिलापत्र गराउन सफल भएको छ ।
न्यायीक समितिले अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरी आएको २७ विवाद र गत आर्थिक वर्ष २०८१–०८२ मा दर्ता भएको १ सय ८ विवाद मध्ये ८८ प्रतिशत अर्थात १ सय १९ विवाद फछ्र्याैट गरेको छ ।
न्यायीक समिति संयोजक एवम् उपप्रमुख हुमा डिसीले गत साउनदेखि असार मसान्तसम्म सम्पादित कार्यप्रगति बारे जानकारी दिदै न्यायीक समितिमा दर्ता भएका उजुरीको न्यायीक ईजलासमम दुवै पक्षलाई राखेर छानबिन तथा छलफल गरि उल्लेख विवाद निरुपण गरिएको बताइन ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १ र २ अनुसार देवानी प्रकृतिका मुद्दा उपर न्यायीक इजलासमार्फत न्याय निरुपण गर्ने क्रममा दफा १ अनुसार ३२ वटा, दफा २ अनुसारका ४२ वटा, अन्य उजुरी तथा निवेदन गरि ३४ वटा र आर्थिक वर्ष २०८०–०८१ बाट जिम्मेवारी सरी आएका २७ वटा विवाद गरि १ सय ३५ विवाद मध्ये १ सय १९ विवादको न्यायीक इजलासमार्फत मिलापत्र गरिएको र १६ वटा निवेदन प्रकृयामा रहेको न्यायीक समिति संयोजक डिसीले जानकारी दिइन् ।
उनका अनुसार, दफा १ अनुसारका २५ वटा, दफा २ अनुसारका ४० वटा, अन्य उजुरी तथा निवेदनका २८ वटा एवम् अघिल्लो वर्षको जिम्मेवारी सरी आएको २६ वटा विवादको मिलापत्र भएको छ । अब १६ वटा विवाद मिलापत्र गर्न बाँकी रहेको उनले बताइन् ।
न्यायीक समितिमा दफा १ अन्तरगत नाबालक छोराछोरी वा पति पत्नीलाई खान लाउन वा शिक्षा दीक्षा नदिएको १६ विवादमध्ये १५ वटा, ज्याला मजदुरी नदिएको विवाद मध्ये ३ वटा, धार्मिक, सामाजिक स्थलको प्रयोग गरणन नदिएको ४ विवाद मध्ये ३ वटा, आलीधुर, पानी बाँधको बाँडफाँड तथा उपयोग सम्बन्धि ३ विवाद मध्ये १ वटा, ज्येष्ठ नागरिक हेरचाहको १ विवाद परेकोमा फछ्र्याैट भएको छ ।
यसैगरी, घरबहाल सुविधा सम्बन्धि २ विवाद दर्ता भएकोमा दुवै मिलापत्र भएको तथा घर, जग्गा सार्वजनिक बाटोमा पानी झारेको एउटा विवाद मिलापत्र हुन बाँकी छ ।
यसैगरी, दफा २ अनुसार सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्काेले मिची वा घुसाई खाएको ३६ विवाद दर्ता भएकोमा ३४ वटा मिलापत्र भएको छ ।
पतिपत्नी बिचको सम्बन्ध बिच्छेद ३ वटा दर्ता भई सबै मिलापत्र भएको, अंगभंग बाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिट २ वटा उजुरी परेकोमा सबै फछ्र्याैट भएको न्यायीक समिति संयोजक डिसीले बताइन । ध्वनि प्रदुषण गरी वा फोहोरमैला फ्याकी छिमेकीलाई असर पारेको १ विवाद दर्ता भएकोमा फछ्र्याैट भएको छ ।
यसैगरी लेनदेन, घरायसी झै झगडा, अंश, ऐलानी जग्गा विवादसमेतमा परेका ३४ विवाद मध्ये २८ वटा फछ्र्याैट भएको र ६ वटा प्रकृयामा रहेको तथा अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरी आएको २७ विवादमध्ये २६ विवाद फछ्र्याैट भएको तथा १ वटा विवाद मिलापत्र गर्न बाँकी रहेको छ ।
नगरप्रमुख चौधरीले कानूनी साक्षरतासँगै नागरिकलाई सहज रुपमा न्याय दिएर न्यायीक समितिले राम्रो काम गरिरहेको बताउनुभयो । घुम्ती न्यायीक शिविरमार्फत पनि पछिल्लो समय न्यायीक समितिले काम गर्दै लगेकोे हुँदा न्याय निरुपणको काम सहज भएको उनले बताइन् ।
वडा तहमा कानुनी साक्षरता अभियान गरिएको, वडामा मेलमिलाप समिति गठन गरिएको न्यायीक समिति संयोजक डिसीले जानकारी दिइन । सामाजिक विषयसँग जोडिएका समस्याहरु न्यायीक समितिमा उजुरी परेका हुँदा कानुनी साक्षरतासँग जिम्मेवार नागरिक बनाउन पालिकाले ध्यान दिएको बताइन् ।