ट्रेंडिंग:

>> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै

डिङ्गरनगर दूरगामी सहकारीः अध्यक्ष लुकेको आशंकामा शेयर सदस्यहरुद्वारा २६ घण्टादेखि दिदीको घरमा धर्ना, पक्राउ गर्न प्रहरीकै आलटाल

१२ श्रावण २०८२, सोमबार
१२ श्रावण २०८२, सोमबार
  • डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारीका अध्यक्ष घनश्याम तिवारी लुकेको आशंकामा शेयरधनीहरूले ड्राइभरटोलस्थित दिदीको घरमा रातभर धर्ना दिए।
  • पीडितहरूले तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणमाथि सहकारी सञ्चालकलाई संरक्षण गरेको आरोप लगाए।
  • तिवारीकी श्रीमती सोही घरमा देखिएपछि अध्यक्ष पनि त्यहीँ लुकेका हुनसक्ने आशंका गरिएको छ।

बुटवल, १२ साउन ।

रुपन्देहीको तिलोत्तमास्थित डिङ्गरनगर दुरगामी बहुउद्देश्यीय सहकारीका अध्यक्ष घनश्याम तिवारी लुकेको आशंकामा ड्राईभरटोलस्थित उनको दिदीको घरमा शेयरधनीहरुले रातभर धर्ना दिएका छन् ।

सञ्चालक समितिका सदस्यहरुसहित शेयरधनी बचतकर्ताहरुले तिवारीकी दिदी माया भट्टराईको घरमा राति ११ बजेदेखि सुरु गरेको धर्ना अहिलेसम्म चलिरहेको छ ।

अध्यक्ष तिवारीकी श्रीमती शारदा तिवारी आइतबार सो घरमा आएको र अध्यक्ष तवारी पनि सोही घरमा लुकेर बसेको आशंकामा उनीहरुले धर्ना दिएका हुन् । धर्नामा सहभागी शेयरधनी रमा जिसीले आफूहरुको बचतको सुरक्षा हुनुपर्ने र बचत फिर्ता पाउनुपर्ने मुख्य माग रहेको भन्दै लुकेर समस्याको समाधान नहुने बताइन् । “भागेर समस्याको समाधान हुँदैन, छानविनको दायरामा आउनुपर्छ, ठगी गर्नेमाथि कारवाही हुनुपर्छ, हाम्रो मुख्य माग बचत फिर्ताको हो”–उनले भनिन् ।

अर्की शेयर सदस्य वसुन्धरा जिसीले पनि अध्यक्ष र श्रीमती आफ्नो दिदीको घरमा लुकेर बसेको आशंकाले आफूहरुले धर्ना दिइरहेको बताइन् । धर्नाका क्रममा सोमबार बिहान तिलोत्तमा वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्री, टोल विकास संस्थाका अध्यक्ष तथा ड्राइभरटोल प्रहरी चौकीको टोली समेत पुगेको समेत पुगेको थियो । अहिले भने इलाका प्रहरी कार्यालय बुटवलको टोली धर्नास्थलमा पुगेको छ ।

उक्त सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापालाई एक साताअघि नै रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । तर उनीहरुलाई पक्राउ गर्न प्रहरीले पनि आलटाल गरिरहेको र राजनीतिक संरक्षणको आडमा लुकेर बसेको आरोप पीडित बचतकर्ताहरुले लगाएका छन् ।

यता, सहकारीमा भएको हिनामिनाको विषयलाई लिएर सञ्चालकहरू नै विभाजित छन् । फरार रहेका सहकारीका अध्यक्ष तिवारी र सचिव थापाका परिवारले सहकारीबाट अपचलन भएको रकममा सहकारीका सबै सञ्चालक जिम्मेवार हुने जिकिर गरेका छन् ।

यही विवादका कारण बचतकर्तालाई उनीहरूको बचत फिर्ता गर्नका लागि बनेको सहमति अन्तिम समयमा भाँडिएको थियो । त्यसपछि सहकारीका अध्यक्ष तिवारी र सचिव थापा माइन्युट च्यातेर फरार भएका हुन् । अन्य सञ्चालकहरू भने सहकारीमा भएको हिनामिनाको विषयमा अध्यक्ष र सचिव जिम्मेवार हुने बताउँदै आएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्रबहादुर रानाले भने अध्यक्ष र सचिव अझैसम्म फेला नपरेको बताए । “फेला पर्ने बित्तिकै पक्राउ गरेर अनुसन्धान अगाडि बढाउँछौं”–उनले भने ।

१ अर्ब अपचलन

उक्त सहकारीको अन्तिम लेखा परीक्षण अहिलेसम्म सार्वजनिक गरिएको छैन । तर, प्रारम्भिक जानकारीअनुसार सहकारीका सञ्चालकले अपचलन गरेको रकम १ अर्बभन्दा बढी छ । “अहिलेसम्म अध्यक्ष र सचिव हामीले चलाएको २÷४ करोड त हो भनेर ढुक्कले बसेका थिए,” आफ्नो नाम उल्लेख नगर्ने सहकारीको लेखापरीक्षणमा संलग्न एक सदस्य भन्छन्, “१ अर्बभन्दा बढी अपचलन हुने देखिएपछि बल्ल फरारका आफन्त पनि आत्तिएका छन् । भोलि मुद्दा चल्दा १ अर्बभन्दा बढीको बिगो मागदाबी हुन्छ ।”

सहकारीको सफ्टवेयरमा १३ हजारपटकसम्म अंक तथा अक्षर ‘डिलिट’ गरेको भेटिएको छ । त्यसैगरी, ऋण नलगेका सहकारीका बचतकर्ताको नाममा ऋण देखाइएको छ भने सहकारी तथा बैंकको सफ्टवेयर ‘अफ आवर’ मा पनि चलेको पाइएको छ ।

सहकारीका ५८५ ऋणीमध्ये करिब ५० जनालाई धितोबिना नै ऋण प्रवाह गरिएको छ । धितो राखेर ऋण दिएको भनिएकाको धितो मूल्यांकन गरिएको छैन । र, धितो नाम मात्रको छ । सहकारीका सचिव रामबहादुर थापाको मात्र ८७ पटक ऋण जारी गरेको पाइएको छ ।

त्यसैगरी, करिब ४३ करोड सेवा शुल्कबिना ऋण प्रवाह गरिएको पाइएको छ । त्यस्तै, ऋण नलिएका ऋणीहरूको महिनाको मसान्तसम्म ऋण देखाइएको पाइएको छ भने अर्को महिनाको ४÷५ गते ऋण चुक्ता गरेर शून्य बनाइएको पाइएको छ ।

सहकारीका व्यवस्थापक वसन्त पराजुलीले सहकारीका अध्यक्ष तिवारी र सचिव थापाको निर्देशनमा काम गरेको बयान प्रहरीलाई दिएका छन् । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार पराजुलीले आफूले २ देखि ३ करोड चलाएको र बाँकी रकमका विषयमा जबर्जस्ती तमसुक गर्न लगाएको बयान दिएका छन् ।

सहकारीका अध्यक्ष, उपाध्यक्ष सचिवसहित कोषाध्यक्षले आफूलाई जबर्जस्ती बाँकी रकममा तमसुक गराएको उनले प्रहरीसँग बताएका छन् । पराजुलीले आफू आफ्नी श्रीमती, छोराछोरी तथा अन्य बचतकर्ताको नाममा प्रवाह भएको रकम २०८२ असार मसान्तमा तिर्नेगरी ५ जेठ २०८२ मा तमसुक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?