ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

बदलिँदो समाज, बिचलित वैवाहिक सम्बन्ध

सानातिना असमझदारीले समेत श्रीमान् र श्रीमतीबिचको सम्बन्धमा फाटो परेको पनि देखिएको अदालतका कर्मचारीहरू बताउँछन् ।
१२ श्रावण २०८२, सोमबार
१२ श्रावण २०८२, सोमबार
  • रिब्दीकोटका एक युवकले विवाह भएको एक महिनामै अदालतमा सम्बन्ध विच्छेदको उजुरी दिए ।

  • रामपुर नगरकी एक महिलाले स्वतन्त्र जीवनयापनको चाहनाले वैवाहिक सम्बन्ध अन्त्य गरिन् ।

  • रम्भा गाउँपालिकाकी महिलाले ५ वर्षको वैवाहिक जीवन अन्त्य गरी नयाँ सुरुवात गरिन् ।

  • प्रविधि, शिक्षा र सचेतनाको विकासले सम्बन्ध विच्छेदका मुद्दा बढ्दै ।

 

पाल्पा,  १२ साउन । 
रिब्दीकोट गाउँपालिका कुसुम खोलाका थापा क्षेत्री थर भएका एक युवक रुपन्देहीको सियारी गाउँपालिकाको श्रेष्ठ थर भएकी युवतीसँग गत असारमा विवाह बन्धनमा बाँधिए ।

तिनै थापा थरका युवा कानुन व्यवसायीको साथमा सम्बन्ध विच्छेदको उजुरीका साथ जिल्ला अदालतमा भेटिए । श्रीमान् श्रीमती दुवैको सहमतिमा सम्बन्धलाई कानुनी रूपमा टुङ्ग्याउनका लागि आएको उनले बताए ।

रामपुर नगरकी ३२ वर्षीया ब्राह्मण समुदायको महिलाले पनि स्वतन्त्र रूपमा जीवन यापन गर्ने उद्देश्यले नै जोडेको नाता सदाका लागि तोडिएको फैसला हातमा देखाउँदै भनिन् समय धेरै फेरियो पहिले जस्तो पितृसत्तात्मक शासन व्यवस्था चल्दैन ।

नारी स्वतन्त्र हुन पनि चाहन्छन् । विगत के कस्तो भन्दा पनि भविष्य अब उज्यालो बनाउने हो । घर व्यवहार देखि बाल बच्चा हुर्काउने जिम्मेवारी पुरुषको पनि हो ।

कानुनले समान अधिकार दिएका कारण विगतको आफ्नो भोगाईका कारण आफू स्वतन्त्र भएको उनले बताइन् ।

रम्भा गाउँपालिका घर बताउने जनजाति समुदायकी २८ वर्षीया महिलाले ५ वर्ष अगाडि गाउँ नजिकको युवासँग लगन गाँठो कसेको बताउँदै जीवनको मोडमा यस्तो अवस्था आउला भन्ने कल्पना नै थिएन ।

तर परिस्थितिले गर्दा सोचेको र कल्पना गरेको जस्तो भएन गत वर्षको जेठ २० गते एउटा वैवाहिक जीवन समाप्त भएको बताइन् । समाजको परिवेश अत्यन्तै सानो र साँघुरो रहेछ ।

यसले गर्दा एउटा वैवाहिक जीवनको अन्त्य गरेर नयाँ जीवनको सुरुवात गरेको उनले बताइन् ।  व्यापार होस वा कुनै व्यवसाय नै किन नहोस् महिलाले सञ्चालन गर्न अझ पनि कठिन रहेछ । त्यसमा पनि अहिले नयाँ पुस्तामा पढाई लेखाइका कारण जागिर खाने क्रम बढेको छ ।

जागिरको सवालमा घर टाढा रहँदा घर परिवारको मनमा शङ्काको सुइँ बढी नै घुम्दो रहेछ ।

त्यसले गर्दा कहिले पनि नफुस्कने गरी बाँधिएको लगन गाँठो फुस्कने रहेछ । त्यही पीडा बाट आफू प्रताडित भएका कारण गाँठो फुक्यो एउटा घरबार तोडियो उनले भनिन् ।

पछिल्लो समयमा सामाजिक रूपमा आएको र भएको चेतनाको विकास, शिक्षामा भएको परिवर्तन सूचना र प्रविधिको पहुँचको कारण जिल्ला अदालतमा दिनहुँ जसो सम्बन्ध विच्छेदका मुद्दा आउने गरेको कानुन व्यवसायीहरू बताउँछन् ।

सहरी क्षेत्रको तुलनामा ग्रामीण बस्ती बाट महिलाहरू सम्बन्ध विच्छेदका मुद्दा लिएर आउने गरेका छन् । सहरी क्षेत्रमा विशेष गरी सदरमुकाममा बसोबास गर्ने मध्यम वर्गको तुलनामा उच्च वर्ग अत्यन्तै न्यून रहेको छ ।

सामाजिक प्रतिष्ठामा आँच आउन सक्ने भएका कारण उच्च वर्गका परिवार बाट यस्ता समस्या आउँदैनन् । जताबाट पनि आर्थिक व्यवस्थापनमा जोडिने ।

आर्थिक पक्ष बलियो परिवारमा विखण्डन अत्यन्त कम हुने अदालतका श्रेतेदार केशव पराजुली बताउँछन् । सामान्य रूपमा हेर्दा सामान्य कुरामा असहमति हुँदा सम्बन्ध नै तोड्ने किसिमले श्रीमानको साथमा श्रीमती पनि आउने र श्रीमतीले निवेदन दिने गर्दछन् ।

अदालतमा पनि कानुनी भन्दा व्यवहारिक रूपमा दुवैलाई राखेर छलफल गराएर फुटेको सम्बन्धलाई मिलाउने गरी पनि पठाएको उनी बताउँछन् ।

सानो कुराले गर्दा पनि परिवारमा विग्रह आउँछ । एकले अर्कोलाई वास्तविक रूपमा चिन्न नसक्दा जोडेको नाता तोडिने अवस्थामा आउने उनी बताउँछन् ।

विशेष गरी नयाँ पुस्ता स्वदेशमा भन्दा विदेशमा बढी छन् । घरमा विवाहित श्रीमती हुन्छन् । श्रीमान् विदेशमा भएका श्रीमतीलाई हेर्ने र देख्ने दृष्टिकोण पनि फरक हुन्छ महिलाहरू मध्य केही यौन आवेगलाई नियन्त्रणमा लिन नसक्दा पनि परिवारमा विखण्डन नै आउने गरेको कानुन व्यवसायीहरू बताउँछन् ।

जिल्ला अदालतका श्रेस्तेदार केशव पराजुलीका अनुसार आर्थिक वर्ष ०७९ /०८० अवधिमा ४८३, ०८०/०८१ मा ४ सय २८ र ०८१/०८२ को अवधिमा ४ सय ८५ वटा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएकोमा ३ सय ७६ वटा मुद्दा किनारा लागिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?